
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पुर्ण बहादुर खड्का जिल्ला अदालत सिन्धुलीबाट रु.१०००० धरौटीमा रिहा हुनु भएको छ । यही २०८२ माघ १६ गते सिन्धुली जिल्लाको दुधौलीबाट संसदीय निर्वाचन बहिष्कारको पर्चा वितरण गर्दै गर्दा फासिवादी कठपुतली सरकारका प्रहरीद्वारा गिरफ्तार गरेको थियो ।
राज्य विरुद्ध कसुरको झुट्ठा मुद्दामा बन्धक बनाएका खड्कालाई आज साझ ५ वजे आफ्नो परिवार तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्लाको रोहवरमा फासिवादी कठपुतली सरकार जिल्ला प्रहरी कार्यलय सिन्धुलीले रिहा गरेको छ ।
उहाँकाे रिहाइकाे माग गर्दै चरणबद्द आन्दाेलन केन्द्रीय संघर्ष समितिले गरेकाे थियाे भने । गिरफ्तारीकाे चाैतर्फि विराेध समेत भएकाे थियाे ।