राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्ष गर्ने काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको छ । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा २०८२ चैत्र १७ देखि १९ सम्म दाङ्को घोराहीमा सम्पन्न भएको बैठकले गरेका निर्णयहरुलाई प्रेस वक्तव्य तथा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको छ । पार्टीका प्रवक्ता सुदर्शनको हस्तक्षरमा जारी प्रेस वक्तव्यमा भनिएको छ,“१ विभिन्न ऐतिहासिक जनआन्दोलन, महान जनयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने वीर–विराङ्गनाहरूप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूको स्मरण र घाइते तथा अपाङ्ग योद्धाहरूप्रति सम्मान प्रकट गर्दै बैठकको सुरुवात गरियो…
Read More
कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

कठपुतली सरकारले फाँसीवादी शैली देखायो : प्रवक्ता सुदर्शन

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्रीको प्रक्रिया नपु¥याइ गरिएको गिरफ्तारी सरकारको फाँसीवादी शैली भएको बताएको छ । पार्टीका प्रवक्ता सुदर्शनले २०८२ चैत्र १६ गते वक्तव्य जारी गर्दै सो बताएका हुन् । वक्तव्यमा गौरी बहादुर कार्की आयोगले भाद्र २३ गतेको घटनालाई मात्र जोड दिई तयार पारिएको प्रतिवेदनका आधारमा पक्राउ गरिएको बताइएको छ । साथै जनताका विभिन्न तह, तप्का र पेशागत हक तथा अधिकारको प्रतिनिधित्व गर्ने जनवर्गीय सङ्गठन, जनजाति सङ्गठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने ध्येयका साथ चेतावनी दिने लगायतका कठपुतली सरकारका आदेशहरूप्रति पार्टीको…
Read More
जनसरोकारका ४ वटा माग तत्काल सम्बोधन गर्न संयाेजक सिपी गजुरेलकाे जोडदार माग

जनसरोकारका ४ वटा माग तत्काल सम्बोधन गर्न संयाेजक सिपी गजुरेलकाे जोडदार माग

सीपी गजुरेल काठमाडौँ : संयुक्त संघर्ष समितिले एक वक्तव्य जारी गरी निर्वाचन बहिस्कार आन्दोलनमा सहयोग गर्ने जनसमुदाय र सहभागीप्रति धन्यवाद ज्ञापन गरेको छ । समितिका संयोजक सीपी गजुरेलले जारी गरेको प्रेस वक्तव्यमा सरकारसँग चारवटा माग अगाडि सारिएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’को बैठक २०८२ फागुन २७ गते संयोजक कमरेड सीपी गजुरेलको अध्यक्षतामा बसेको थियो । सो बैठकले गरेका निर्णयहरु प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरिएको हो । बैठकले ‘केन्द्रीय संयुक्त संघर्ष समितिुले सञ्चालन गरेको बहिष्कार आन्दोलनको समीक्षा गर्दै बहिष्कार आन्दोलनमा सहयोग गर्ने र…
Read More
‘निर्वाचन बहिस्कारले संसदीय व्यवस्था थप नाङ्गियो’

‘निर्वाचन बहिस्कारले संसदीय व्यवस्था थप नाङ्गियो’

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन २४ देखि २६ सम्म बसेको स्थायी समितिको बैठक सम्पन्न भएको छ । पार्टीका महासचिव गौरवको अध्यक्षतामा सम्पन्न भएको बैठकले गरेका निर्णयलाई एक प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गरिएको छ । पार्टीका प्रवक्ता सुदर्शनको हस्ताक्षरमा जारी विज्ञप्तिमा पार्टीले गरेको संसदीय निर्वाचन बहिस्कार समान्यतः सफल भएको निष्कर्ष निकालेको छ । वक्तव्यमा निर्वाचन बहिस्कार कार्यक्रम तथा कथित निर्वाचनका सम्बन्धमा ४ वटा बुँदामा पार्टीको धारणा सार्वजनिक गरिएको छ । जस अनुसारः “क) सामान्यतः बहिष्कारको कार्यनीति दलाल संसदीय राज्यव्यवस्थालाई कमजोर बनाउन, जनसमुदायको क्रान्तिकारी भावना र क्रान्तिकारी चेतना बचाउन, पार्टीलाई ज्वारभाटाका विरुद्ध जानका लागि अभ्यस्त बनाउन, पार्टीको स्वतन्त्र पहिचान स्थापित गर्न,…
Read More
प्रचण्ड लक्षित प्रवक्ता सुदर्शनले भने-‘गुलामी गरेर बचिन्न, मर्न तयार भएर मात्रै बाँच्न सकिन्छ’

प्रचण्ड लक्षित प्रवक्ता सुदर्शनले भने-‘गुलामी गरेर बचिन्न, मर्न तयार भएर मात्रै बाँच्न सकिन्छ’

काठमाडौँ : बिहीबार काभ्रेको अनेकोटमा आयोजित २८ औं साँस्कृतिक प्रतिरोध दिवसलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनले प्रचण्डले हालै रास्वपाको अभिभावक बन्ने भनेर दिएको अभिव्यक्तिमाथि टिप्पणी गर्दै उहाँले प्रचण्डको त्यस्तो भाष्यलाई रास्वपाको गुलामी अर्थात् प्रकारान्तरले साम्राज्यवादी शक्तिहरुको अझ बढी गुलामी हुन जाने बताउनु भयो । दशवर्षको जनयुद्धमार्फत् पुरानो राज्यसत्ता बदलेर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने घोषित लक्ष्य उद्देश्य छाडेर पुरानै सत्तामा जानु प्रचण्डको सबैभन्दा ठूलो कमजोरी भएको चर्चा गर्दै प्रवक्ता सुदर्शनले जेनजी विद्रोहको बेला सेनाको हिरासतमा बस्दा जनमुक्ति सेना र हतियारको झल्झली सम्झना आएको हुन सक्ने पनि टिप्पणी गर्नुभयो । सेना…
Read More
क्राकपा नेता रवि पाण्डेय ५ दिनपछि हिरासत रिहा

क्राकपा नेता रवि पाण्डेय ५ दिनपछि हिरासत रिहा

नवलपरासीमा मतदान घट्योनवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा नवलपरासी जिल्ला सेक्रेटरी रवि पाण्डेय पाँच दिनको हिरासत पछि रिहा भएका छन् । संयुक्त संघर्ष समिति नवलपरासीको संयोजक समेत रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक हिरा बहादुर थापाको नेतृत्वमा ईलाका प्रहरी कार्यालय बर्दघाट सहितको टोलीले पसलबाट अपहरणको शैलीमा गिरफ्तार गरिएको थियो । फागुन १८ गते साँझ ६:३० बजे बर्दघाट न.पा. वडा नम्बर ४, शान्तिनगर स्थित आफ्नै पसलबाट तरकारी बेचिरहेका उनलाई उनका छोराछोरी, पसलमा आएका दर्जन बढी ग्राहक र स्थानीय बासिन्दाको भिडबाट प्रहरीले बीच बिना पक्राउ पुर्जी गिरफ्तार गरिएपछि स्थानीयले बिरोध समेत जनाएका थिए । सो क्रममा…
Read More
निर्वाचन बहिष्कारमा सहयाेग गर्ने सबैमा प्रवक्ता सुदर्शनद्वारा धन्यवाद व्यक्त।

निर्वाचन बहिष्कारमा सहयाेग गर्ने सबैमा प्रवक्ता सुदर्शनद्वारा धन्यवाद व्यक्त।

प्रवक्ताः हेमन्त प्रकाश ओली 'सुदर्शन' काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई हार्दिक अभिवादन तथा धन्यवाद व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८२ फागुन २२ मा एक प्रेस वक्तव्य जारी गर्दै निर्वाचन बहिष्कारका विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने नेता तथा कार्यकर्ता र सहयोग गर्ने जनसमुदायलाई अभिवादन तथा धन्यवाद व्यक्त गर्नु भएको हो । वक्तव्य यस प्रकार छ – “हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा अघि बढाइएको संसदीय निर्वाचन बहिष्कार कार्यक्रम सामान्यतः सफल भएको छ । यो बहिष्कार कार्यक्रममा कठपुतली सरकारको व्यापक दमनका बावजुद बहिष्कारका विभिन्न…
Read More
प्रहरी लगाएर बहिष्कारका पोस्टरहरू उप्काएर फालियो : सचिव सुमन

प्रहरी लगाएर बहिष्कारका पोस्टरहरू उप्काएर फालियो : सचिव सुमन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मोरङ जिल्लाका विभिन्न बजार ,सडक चोकहरुमा बहिष्कारका पोस्टरहरु टाँसेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला सचिव सुमन पराजुलीको बताए अनुसार 'बहिष्कार सम्बन्धी पोस्टरहरुलाई प्रहरी लगाएर सुशिला कार्कीको सरकारले उप्काएर फालेको छ ।'
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापले गर्याे सबैकाे उम्मेदवारी फिर्ता लिन पत्राचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी रामेछापले गर्याे सबैकाे उम्मेदवारी फिर्ता लिन पत्राचार

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछापले फागुन २१ को संसदीय निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै पत्राचार गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी लाङघालीद्वारा हस्ताक्षेरित पत्रमा उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । उम्मेदवारी फिर्ता सम्बन्धी अपेक्षा पत्र शिर्षक दिएर लेखिएको पत्रको व्यहोरामा उल्लेख गरिएको छ, ” वर्तमान विश्व(भूराजनीतिक शक्ति सन्तुलनको प्रभाव, आन्तरिक राजनीतिक अस्थिरता, नवउदारवादी तथा नवउपनिवेशवादी हस्तक्षेप, कुशासन तथा जनअधिकारहरु निरन्तर कुण्ठित हुनुका कारण हाम्रो देश गम्भीर राष्ट्रिय संकटको भूमरीमा फस्दै गएको छ । जसका कारण राष्ट्रको स्वाधीनता, जनताको जनवादी अधिकार तथा मूल्य( मान्यता र भविष्य नै जोखिममा पार्दै गएको यथार्थ हामी सबैका…
Read More
बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाऔ ! : सुदर्शन

बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाऔ ! : सुदर्शन

काठमाडौं : कान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले निर्वाचन बहिष्कार कार्यक्रमलाई सशक्त रुपमा अधि बढाउन आह्वान गर्नु भएको छ । कान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा केन्द्रीय सदस्य तथा प्यूठान इञ्चार्ज टिकाराम पौडेल र वैकल्पिक केन्द्रीय सदस्य तथा प्यूठान सचिज वीरबहादुर पुन र सल्यान जिल्ला समितिका सचिवालय सदस्य गिरिधल बस्नेतलाई २०८२ फागुन १३ गते सुशीला कार्की नेतृत्वको सरकारले गिरफ्तार गरेको सन्दर्भमा प्रेस वक्तव्य जारी गर्दै सुदर्शनले सो आह्वान गर्नु भएको हो । २०८२ फागुन १४ गते प्रवक्ता सुदर्शनले जारी गरेको प्रेस वक्तव्य यस प्रकार छ – “फासिष्ट कठपुतली सरकारको प्रहरीले हिजो दिउसो प्यूठानको बिजुवारबाट कान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा केन्द्रीय सदस्य तथा प्यूठान…
Read More