क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको बैठक सम्पन्न

राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्ष गर्ने

image

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको छ ।

पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा २०८२ चैत्र १७ देखि १९ सम्म दाङ्को घोराहीमा सम्पन्न भएको बैठकले गरेका निर्णयहरुलाई प्रेस वक्तव्य तथा पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको छ ।

पार्टीका प्रवक्ता सुदर्शनको हस्तक्षरमा जारी प्रेस वक्तव्यमा भनिएको छ,
“१ विभिन्न ऐतिहासिक जनआन्दोलन, महान जनयुद्ध र राष्ट्रिय मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने वीर–विराङ्गनाहरूप्रति हार्दिक श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूको स्मरण र घाइते तथा अपाङ्ग योद्धाहरूप्रति सम्मान प्रकट गर्दै बैठकको सुरुवात गरियो ।
२ महासचिव कमरेड सीपी गजुरेलद्वारा बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरियो र उक्त प्रतिवेदन माथि छलफल गरी त्यसलाई पारित गरिएको छ, जस अनुसार :

ख) राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै कठपुतली सुशीला सरकारको नेतृत्वमा आयोजित फागुन २१को निर्वाचनले फासीवाद उन्मुख बालेन्द्र सरकार निर्वाचित गरेको छ । दशकौं लामो साम्राज्यवादी पूर्वाभ्यास, जेन–जेड “विद्रोह”, गौरी बहादुर कार्की नेतृत्वको छानवीन आयोग र साम–दाम–दण्ड–भेदको बलमा गराइएको चुनाव मार्फत् नेपालमा अमेरिकी साम्राज्यवादले बलियो पकड बनाएको छ । यस पूर्व नेपालमा दलाल तथा नोकरशाही पुँजीवाद मार्फत् साम्राज्यवादको उपस्थिति रहेकोमा हाल साम्राज्यवाद सिधै हस्तक्षेप गर्न आइपुगेको छ । यहाँ आएर राष्ट्रिय स्वाधीनताको समस्या प्रबल बन्न गएको छ । यस सन्दर्भमा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि देशभक्त, वामपन्थी, क्रान्तिकारी जनवादी र क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह र व्यक्तित्वहरु एकजुट हुन आवश्यक छ ।

ग) हाम्रो पार्टीद्वारा गरिएको निर्वाचन बहिष्कार कतिपय कमीकमजोरीका बावजुद सामान्यतः सफल रहेको छ, जस अनुसार :
अ) कठपुतली सुशीला सरकारको साम–दाम–दण्ड–भेदका बावजुद मतदानमा जनताको सहभागिता निकै कम हुनु, आ) सातओटा मतदान केन्द्रका जनताले स्वतस्फूर्त बहिष्कार गरी मतपेटिका खाली पठाइदिनु,  इ) पार्टीले आफ्नो स्वतन्त्र र क्रान्तिकारी पहिचान कायम गर्नु, ई)  नेता तथा कार्यकर्ता र जनताको क्रान्तिकारी भावना, मनोबल र चेतनालाई ज्वारभाटाका विरुद्ध खडागरी झन धारिलो बनाउनु, उ) विभिन्न प्रचार–प्रसार, भण्डाफोर र जुझारु कार्यक्रम मार्फत् नयाँ जनवाद–वैज्ञानिक समाजवादको विकल्पलाई स्थापित गर्नु र विभिन्न क्रान्तिकारी घटकहरुसित मिलेर संयुक्त बहिष्कार आन्दोलन गर्नु यसका मापक रहेका छन् ।

३ पार्टीले राष्ट्रिय स्वाधीनताको मुद्दालाई प्रमुख बनाएर आगामी कार्यक्रम तय गरेको छ ।

४ पार्टीले यो बैठकबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ, जुन यसैसाथ संलग्न गरिएको छ ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?