राजनीति

क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज विकल्पलाई आज ३८ दिनपछि रिहा भएको छ । उनलाइ काठमाडौँ जिल्ला अदालतले २४ दिनपछि २० हजार धरौटिमा थुनामुक्त गरे लगत्तै प्रहरी प्रसासनले अदालत परिसरबाटै षड्यन्त्रमूलक ढंगले गिरफ्तार गरेको थियो । उक्त संगठनका संयाेजक हरिश भट्टले प्रेस विज्ञप्ति जारी गर्दै बिनासर्त रिहाइकाे माग गरेका थिए ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । पार्टीका अध्यक्ष किरणले आज एक प्रेस वक्तव्यमार्फत् यसको सार्वजनिक जानकारी गराउनु भएको छ । वक्तव्यमा भनिएको छ, “वैदेशिक रोजगारको विषयमा उहाँंलाई जोडेर पत्रकार सम्मेलन र विभिन्न मिडियामा समाचार आएपछि पार्टीले त्यसको छानबीन गरी सत्यतथ्य सार्वजनिक गरिने छ भनी प्रेस वक्तव्यद्वारा प्रष्ट पारेको थियो । त्यसै अनुसार पार्टीले न्याय तथा कानुन विभागद्वारा आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यहरुका आधारमा क. भूपेन्द्र न्यौपाने निर्दोष भएको ठहर गरेको छ र सो विषयबारे प्रष्ट गरी यसै प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।” वक्तव्यमा यस सन्दर्भमा केही गलत तत्वहरु…
Read More
व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठनले राख्याे प्रधानमन्त्रीलाई यस्ताे माग

काठमाडाैँ : व्रिटिश गोर्खा भुतपुर्व सैनीक संगठन(विगेसो)ले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । अनामनगर संवाद डवलीमा शुक्रबार गोर्खा सेनाको सेवा सुविधालाई समुचित, समयाअनुकुल र समानताको आधारमा उपलव्ध गराउने माग राखी विगतदेखि नै संघर्ष गर्दै आएको हो । व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठन(विगेसो)का केन्द्रीय अध्यक्ष पदम सुन्दर लिम्वुको संचालनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य एवं व्रिटिश गोर्खा भूतपूर्व सैनीक संगठनका सल्लाहाकार परि थापाले आफनो भनाइराख्नु भएको थियो भने व्रिटिश गोर्खा भूतपूर्व सिंगापुर विभाग प्रमुख पल वहादुर घर्तीले मागपत्र पढेर पत्रकारहरुलाई सुनाउनु भएको थियो । पत्रकार सम्मेलनमा जलस्रोतवीद तथा लेखक रतन भण्डारीको पनि उपस्थिति रहेको थियो । पत्रकारहरुलाई पढेर सुनाएको मागपत्र…
Read More
गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रको विरोधमा ४ किसान संगठनहरुको संयुक्त वक्तव्य

गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रको विरोधमा ४ किसान संगठनहरुको संयुक्त वक्तव्य

काठमाडाैँ : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)लगायत चार किसान संगठनहरुले वर्तमान वाम बाहुल्य रहेको गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेध गरेकाे छ । बिहीबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघ (अप्फा)का अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान यूनियनका अध्यक्ष रामदुलार महतो र अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले वर्तमान गठवन्धन सरकारले प्रस्तुत गरेको संकल्प पत्रकाे विराेधमा संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । संयुक्त प्रेस वक्तव्यमा भनिएकाे छ, १. अहिले बनेको बाम बाहुल्य रहेको भनिएको गठबन्धन सरकारले प्रस्तुत गरेको संकल्पपत्रमा भूमि बैंक…
Read More
क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले बुझायाे पूर्वी अरनिको केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र

क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले बुझायाे पूर्वी अरनिको केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र

चाैतारा : क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले पूर्वी अरनिको यातायात समिति केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । बिहीबार क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति, सिन्धुपाल्चोकका संयाेजक सृष्टिले हस्ताक्षर गरेकी 'पूर्वी अरनिको यातायात समिति मार्फत पूर्वी अरनिको रुटमा चल्ने बसहरुले तोकिएको भन्दा बढी भाडा मनपरी ढंगले असुल्ने गरेको, सुपर गाडीको नाममा बढी पैसा लिने गरेको, बसहरु टाईम टेवल अनुसार नगुड्ने, एक घण्टाको बाटोमा ३ घण्टा लगाउने गरेको र यस कार्यले जनतालाई असर पुर्याएको भन्ने गुनासाहरु जनताबाट व्यापक रुपमा आएको हुँदा सिन्धुपाल्चोक जिल्लामा चल्ने बसहरुको भाडा लिस्ट लगायत यहाँ उल्लेखित सबै विवरण समितिबाट सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यालयमा पत्र प्राप्त गरेको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले दिए दुलाललाइ भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले दिए दुलाललाइ भावपूर्ण श्रद्धाञ्जली

चौतारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य प्रदिप दुलाल (स्वतन्त्र)को ममतामही आमा नन्दमाया दुलालको ७६ वर्षको उमेरमा निधन भएको छ । साेमबार सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी ममतामही आमा नन्दमाया दुलालकाे निधनले उक्त पार्टीले दुःख व्यक्त गरेकाे छ । जिल्ला संयाेजक सृष्टिले शुक्रबार प्रेस वक्तव्य जारी गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले भनेका छन्, 'कमरेड प्रदिप दुलाल (स्वतन्त्र) लगायत सम्पूर्ण शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।' प्रेस वक्तव्यमा भनिएकाे छ, 'सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी…
Read More
हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ : अध्यक्ष किरण

हामीले त्याग र वीरताको जगमा खडा भएर क्रान्ति सम्पन्न गर्नेछौँ : अध्यक्ष किरण

काठमाडौँ : दलाल संसदीय व्यवस्थाका विरुद्धको संघर्षको प्रक्रियामा पक्राउ परी कारागार मुक्त हुनुभएका क्रान्तिकारी कमरेडहरु दिपक विष्ट, मनिराज राई, सन्तोष तामाङ, विशाल राई, नरेन्द्र तामाङ र मुस्कान राईलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टी कार्यालय कुपण्डोलमा भव्य स्वागत तथा क्रान्तिकारी अभिनन्दन गरेको छ । पार्टी अध्यक्ष मोहन वैद्य किरण, पार्टी कार्यालय सदस्य तथा प्रवक्ता कञ्चन, कार्यालय सदस्यहरु सुदर्शन, अटल, बसन्त, दिपक लगायतका नेताहरुले कारागारमुक्त कमरेडहरुलाई खादा र अबीर लगाएर स्वागत तथा अभिनन्दन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष किरणले क्रान्तिको बेला जेल अनिवार्य हुने भन्दै सच्चा क्रान्तिकारीहरुले क्रान्तिको प्रक्रियामा दुःख कस्ट गर्दै आउनु परेको र महान जनयुद्धको प्रक्रियामा पनि धेरै…
Read More
सिंहदरबारको सरकारलाई सडकमा पछार्ने र जनताको सरकार स्थापना गर्ने हो : कञ्चन

सिंहदरबारको सरकारलाई सडकमा पछार्ने र जनताको सरकार स्थापना गर्ने हो : कञ्चन

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र वास्तोला ‘कञ्चन’ ले देशमा विद्यमान समस्याको प्रमुख जड नै संसदीय व्यवस्था भएको बताएका छन् । काठमाडौँमा भएको ‘वर्तमान राजनैतिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको प्रश्न’ बिषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै नेता कञ्चनले राजनीतिक अस्थिरता र संसदीय व्यवस्था नै समस्याको प्रमुख जड भएको बताएका हुन् । संसदीय व्यवस्था भएका विश्वका अरू देशहरूमा संसदीय प्रणालीमा दलको बहुमत हुने र सत्ता सञ्चालन गर्ने भए पनि नेपालमा संसदीय प्रणालीमा पार्टीहरुले बहुमत हासिल गर्न नसक्ने अवस्था रहेको भन्दै त्यसको परिणाम एकातिर अराजकता र अर्कोतिर निरङ्कुशता देखा परेर अस्थिरता उत्पन्न हुने गरेको उनले प्रष्ट पारे । ‘अरू देशमा संसदीय प्रणालीमा…
Read More
क्रान्तिकारी महिला संगठन मकवानपुरले मनाए ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

क्रान्तिकारी महिला संगठन मकवानपुरले मनाए ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मकवानपुर : माेहन वैद्य 'किरण'ले नेतृत्व गरेकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको जिल्ला संगठन समितिको आयोजनामा शुक्रबार मकवानपुरकाे बकैयामा नारा जुलुस प्रदर्शनसहित विशेष कार्यक्रमको आयोजना गरी ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी महिला संगठन नेपालका केन्द्रीय सहसयोजक अन्जना तामाङको प्रमुख आतिथ्यता र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज गगन खड्कीको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता जिल्ला समिति उपाध्यक्ष खुसी लामा, सञ्चालक विनिताले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी जिल्ला सहसचिव सुमित्रा गुरुङले गर्नुभएको थियो…
Read More
क्रान्तिकारी महिला संगठन ७ नं.प्रदेशले ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाए भव्य रुपमा

क्रान्तिकारी महिला संगठन ७ नं.प्रदेशले ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाए भव्य रुपमा

लक्ष्मी भट्ट/कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको ७ नं. समितिको आयोजनामा शुक्रबार गोदावरीको अत्तरियामा नारा जुलुस प्रदर्शन सहीत विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ७ नं.प्रदेश संयोजक महानको विशेष आतिथ्यता र संगठनको पूर्व केन्द्रीय उपाध्यक्ष पार्वती सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय सदस्य मिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी प्रदेश सदस्य हरूवाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संगठनकी महिला नेतृ जानकीले गर्नु भएको थियो । कार्यक्रममा…
Read More