काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज विकल्पलाई आज ३८ दिनपछि रिहा भएको छ ।
उनलाइ काठमाडौँ जिल्ला अदालतले २४ दिनपछि २० हजार धरौटिमा थुनामुक्त गरे लगत्तै प्रहरी प्रसासनले अदालत परिसरबाटै षड्यन्त्रमूलक ढंगले गिरफ्तार गरेको थियो । उक्त संगठनका संयाेजक हरिश भट्टले प्रेस विज्ञप्ति जारी गर्दै बिनासर्त रिहाइकाे माग गरेका थिए ।