चौतारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला समितिका सदस्य प्रदिप दुलाल (स्वतन्त्र)को ममतामही आमा नन्दमाया दुलालको ७६ वर्षको उमेरमा निधन भएको छ ।
साेमबार सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी ममतामही आमा नन्दमाया दुलालकाे निधनले उक्त पार्टीले दुःख व्यक्त गरेकाे छ ।
जिल्ला संयाेजक सृष्टिले शुक्रबार प्रेस वक्तव्य जारी गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकी छन् । उनले भनेका छन्, ‘कमरेड प्रदिप दुलाल (स्वतन्त्र) लगायत सम्पूर्ण शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’
प्रेस वक्तव्यमा भनिएकाे छ, ‘सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १३ ठूलो सिरुबारी दुलाल टोल निवासी नन्दमाया दुलालको यहि २०८० चैत ५ गते ७६ वर्षको उमेरमा निधन भएको छ । उहाँको निधनले हामी अत्यन्तै दुःखित भएका छौं । दुःखको यस घडीमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नन्दमाया दुलाल प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र कमरेड प्रदिप दुलाल (स्वतन्त्र) लगायत सम्पूर्ण शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।’