क्रान्तिकारी महिला संगठन ७ नं.प्रदेशले ११४औं अन्तर्राष्ट्रिय महिला दिवस मनाए भव्य रुपमा

लक्ष्मी भट्ट/कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठन नेपालले ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा मनाएको छ । संगठनको ७ नं. समितिको आयोजनामा शुक्रबार गोदावरीको अत्तरियामा नारा जुलुस प्रदर्शन सहीत विशेष कार्यक्रमको आयोजना गरी ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्य रुपमा सम्पन्न गरेको हो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य ७ नं.प्रदेश संयोजक महानको विशेष आतिथ्यता र संगठनको पूर्व केन्द्रीय उपाध्यक्ष पार्वती सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता संगठनकी केन्द्रीय सदस्य मिनाले गर्नुभएको थियो भने स्वागत मन्तव्य संगठनकी प्रदेश सदस्य हरूवाले गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन संगठनकी महिला नेतृ जानकीले गर्नु भएको थियो । कार्यक्रममा अतिथि प्रदेश कार्यालय सचिव संघर्ष,जिल्ला संयोजक प्रकाश, समुन्द्र, केशव, टंक, प्रदेश सदस्यहरू शंकर, लोकेन्द्र,जिवन, लगायतको उपस्थित रहेका थिए ।

कार्यक्रममा पार्टीको ७ नं. प्रदेश संयोजक महान, प्रदेश कार्यालय सचिव संघर्ष महिला नेतृ पार्वती तथा कैलाली जिल्ला संयोजक प्रकाश रावलले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वको विषयमा प्रकाश पार्नुका साथै शुभकामना मन्तव्य राख्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?