क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले बुझायाे पूर्वी अरनिको केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र

चाैतारा : क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल, सिन्धुपाल्चोकले पूर्वी अरनिको यातायात समिति केन्द्रिय कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । बिहीबार क्रान्तिकारी कम्यूनिस्ट पार्टी नेपाल जिल्ला संगठन समिति, सिन्धुपाल्चोकका संयाेजक सृष्टिले हस्ताक्षर गरेकी ‘पूर्वी अरनिको यातायात समिति मार्फत पूर्वी अरनिको रुटमा चल्ने बसहरुले तोकिएको भन्दा बढी भाडा मनपरी ढंगले असुल्ने गरेको, सुपर गाडीको नाममा बढी पैसा लिने गरेको, बसहरु टाईम टेवल अनुसार नगुड्ने, एक घण्टाको बाटोमा ३ घण्टा लगाउने गरेको र यस कार्यले जनतालाई असर पुर्याएको भन्ने गुनासाहरु जनताबाट व्यापक रुपमा आएको हुँदा सिन्धुपाल्चोक जिल्लामा चल्ने बसहरुको भाडा लिस्ट लगायत यहाँ उल्लेखित सबै विवरण समितिबाट सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यालयमा पत्र प्राप्त गरेको १५ दिन भित्र उपलब्ध गराई दिन हुन पूर्वी अरनिको यातायात समिति केन्द्रिय कार्यालयलाई विनम्र अनुरोध गर्दछौं ।’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण पत्रकाे पूर्ण विवरण यस प्रकार छ
हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल राष्ट्रियता, जनतन्त्र र जनजिविकाको लागि संघर्षमा अघि बढिरहेको कुरा यहाँहरुलाई अवगत नै रहेको छ । देश यति बेला जर्जर अवस्थाबाट गुज्रीरहेको छ । देशमा आज जताततै अराजकता, लुटपात महंगी, र भष्ट्राचारले सिमा नागि सकेको छ । बैंक, वित्तिय संस्थाहरुबाट उठिवास भएका र मिटर व्याजी पिडित जनताहरु सडकमा चिच्याई रहेका छन् । उद्योग व्यापार व्यवसाय टाट पल्टियर व्यवसायी मित्रहरुलाई सडकमा पुर्याउन खोजिदै छ । एकातिर दलाल संसदीय व्यवस्थाका चाटुकारहरु शान्ति र समृद्धिको नारा फलाकी रहेकै छन् भने अर्कातिर जनता भोकमरी, अभाव र अशान्तिको चपेटामा पिल्सिरहेका छन् ।
दलाल पूंजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्दै त्यसपछि बन्ने वैज्ञानिक समाजवादी सत्ताले मात्रै यी सबै समस्याको स्थायी समाधान गर्ने छ । त्यसपछि मात्रै जनतामा शान्ति र स्थिरता कायम हुनेछ । यसलाई सफल पार्न यहाँहरुको सहयोगको अपेक्षा सहित पूर्वी अरनिको यातायात समिति मार्फत पूर्वी अरनिको रुटमा चल्ने बसहरुले तोकिएको भन्दा बढी भाडा मनपरी ढंगले असुल्ने गरेको, सुपर गाडीको नाममा बढी पैसा लिने गरेको, बसहरु टाईम टेवल अनुसार नगुड्ने, एक घण्टाको बाटोमा ३ घण्टा लगाउने गरेको र यस कार्यले जनतालाई असर पुर्याएको भन्ने गुनासाहरु जनताबाट व्यापक रुपमा आएको हुँदा सिन्धुपाल्चोक जिल्लामा चल्ने बसहरुको भाडा लिस्ट लगायत यहाँ उल्लेखित सबै विवरण समितिबाट सिन्धुपाल्चोक जिल्ला पार्टी कार्यालयमा पत्र प्राप्त गरेको १५ दिन भित्र उपलब्ध गराई दिन हुन पूर्वी अरनिको यातायात समिति केन्द्रिय कार्यालयलाई विनम्र अनुरोध गर्दछौं ।
अभिवादन !
सृष्टि
संयोजक
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति, सिन्धुपाल्चोक

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?