क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान गर्ने
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ देखि बैशाख १८ सम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठले गरेका निर्णय सार्वजनिक जानकारीका लागि जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “२०८१ माघ २६ देखि फागुन १ सम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण वैठक कार्यवाहक महासचिव क. गौरवको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भयो । उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । १) बैठकको प्रारम्भमा नेपालमा सञ्चालित जनसंघर्ष, जनआन्दोलन तथा महान् जनयुद्ध र विश्व कम्युनिस्ट आन्दोलन तथा…