वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो : प्रवक्ता सुदर्शन

काठमाडौं : आगामी मंसीर १३देखि २३ सम्म हुन गईरहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन बिहीबार सम्पन्न गरेको छ । पार्टीको महाधिवेशन प्रचारप्रसार समितिको आयोजनामा सो पत्रकार सम्मेलन सम्पन्न गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली सुदर्शनले पार्टीको नीतिहरुबारे प्रष्ट पारेका थिए ।


पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुदर्शनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको’ दाबी गर्नु भयो ।“वर्तमान सरकार दलाल पुँजीपतिहरुले नै बनाएको सरकार हो ।” सुदर्शन’ले भन्नुभयो “यो हामीले लगाएको आरोप होइन । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै स्वीकारेको तथ्य हो । एउटा पुस्तक विमोचन कार्यक्रममा बोल्दा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन बनाउन एकजना दलाल पुजीपतिको नामै किटान गरेर आफू नेतृत्वको सरकार निर्माणमा उहाँहरुको ठूलो हात रहेको बताएका थिए ।” सम्मेलनमा बोल्दै प्रवक्ता ओलीले आफूहरुले वर्तमान संविधानलाई नमाने पनि यसमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक–समावेशीतालगायतका उपलब्धिहरुलाई यो सरकार समाप्त गर्नतर्फ उद्धत रहेको भन्दै त्यसको कडा शब्दमा विरोध गर्नु भयो ।

विश्व परिघटना बारे बोल्दै प्रवक्ता सुदर्शनले आफ्नो पार्टी प्यालेस्टाइनी जनताको पक्षमा रहेको स्पष्ट पार्नुभयो । यूक्रेन र रसियाबीचको लडाई साम्रज्यवादी स्वार्थको उपज रहेको उहाँको दाबी थियो । त्यहाँ देखिनलाई यूक्रेन देखिए पनि त्यो वास्तवमा अमेरिका र रसियाबीचकै युद्ध रहेको प्रवक्ता सुदर्शनको भनाई थियो ।

सो पत्रकार सम्मेलनको सञ्चालन पार्टीका कार्यालय सदस्य तथा महाधिवेशन प्रचार प्रशार समितिका संयोजक राम सिंह श्रीसले गर्नुभएको थियो । कार्यक्रममा सो पार्टीका कार्यालय सदस्य सिताराम तामाङलगायत सो पार्टीका केन्द्रीय तहका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?