काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)का संयोजक मिलन राई ७ दिनको हिरासत बसाइँपछि रिहाई भएका छन् । संयाेजक राईलाई स्वागत गर्न विद्यार्थी संगठनका नेताकार्यकर्ताहरूले भव्य रूपमा बधाई तथा स्वागत गरेका छन् ।
चितवन : चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा आगजनी गरिएको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको स्कुक बसमा ६ जनाको समूहले आगजनी गरेका हुन् । बस जलेर पूर्ण रुपमा क्षति भएको छ । तीनवटा मोटरसाइकलमा आएका ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएको बुझिएको छ । हाल उनिहरु सबै फरार रहेको प्रहरीले बताएको छ । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइलसमेत लुटेर लगेका छन् । सो समूहले ‘कार्बाही गर्छौं भनेका थियौं, गरियो’ भनेर गएको सहचालकले बताएका…
१६ जना क्रान्तिकारी युवा र विद्यार्थी नेताहरु गिरफ्तार काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट युवा र विद्यार्थी संगठनले २०४७ सालयता उच्च सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्नुपर्ने माग गर्दै सिंहरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका छन् । क्रान्तिकारी युवा संगठन र अखिल (क्रान्तिकारी)को आयोजनामा गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी अखिल (क्रान्तिकारी)का इन्चार्ज हरिकृष्ण गजुरेल, संयोजक मिलन राई, सहसंयोजक विरेन्द्र शाह, क्रान्तिकारी युवा संगठन नेपालका नेता अविनाश कुँवरलाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका अन्य युवा र विद्यार्थी नेताहरुमा कमला परियार, लक्ष्मी पाण्डे, राहुल विक, दिनेश नेपाली,…
काठमाडौं : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय संयोजक मिलन राईले एक प्रेस विज्ञप्ति जारी गरी निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थाहरुलाई हार्दिक अपिल गर्नुभएको छ । विज्ञप्तिमा यदि यस्ता कार्य भए/गरेको पाइएमा संगठनले कडा संंघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालको संसदीय संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यामिक तहसम्मको…
सुर्खेत ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु क्रान्तिकारी ले शिक्षा निर्देशिका विपरीत शुल्क लिएको प्रती अनेरास्ववियुले २४ घण्टे अल्टिमेटम दिएको हो । नयाँ शैक्षिकसत्र सुरुवात भए संगै तमाम खाले विकृती विसंगति भएको ठहर गर्दै अनेरास्ववियु क्रान्तिकारीले सच्चिन अल्टिमेटम दिएको जनाएको छ । बुधबार अनेरास्ववियु क्रान्तिकारी ६ नम्बर प्रदेश समितिले एक प्रेस बिज्ञपति जारी गर्दै चेतावनी दिएको हो । शिक्षा आमनागरिकको मौलिक र नैसर्गिक अधिकार भएको ले यसको पुर्ण दायित्व राज्यले बेहोर्नु पर्ने स्पष्ट धारणा हुदाहुदै विभिन्न बाहानामा संस्थागत बिध्यालयहरुले प्रत्येक बर्स भर्ना शुल्क लिने , टाइ बेल्ट ड्रेस र किताबमा कमिसन खाएर एउटै ठाउँबाट किन्न बाध्य पार्ने जस्ता विषयले…
काठमाडाैँ : अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाहलाइ टेकु प्रहरी परिसरले साँझ रिहा गरेकाे छ । उनीहरूलाइ स्वागत गर्न संगठनकाे नेताकार्यकर्ताहरू खादा लगाएर सम्मान गरेकाे जनाएकाे छ। संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह दुबै जनालाइ मंगलबार दिउसाे प्रहरीले अखिल (क्रान्तिकारी)काे केन्द्रीय कार्यालय बागबजारबाट बिनाकारण गिरफ्तार गरेकाे जानकारी सह-संयोजक पेशल दाहालले प्रेस वक्तव्य मार्फत् दिएका छन् । उनले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, 'क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) ले अहिले देशभर "Mission Everyday" अभियान संचालन गरिरहेको छ । जसअन्तर्गत शिक्षा क्षेत्रमा भएका तमाम विकृति, विसंगति र वेथितिका विरूद्ध निर्मम संघर्ष गर्ने…
सुर्खेत : ३५ औं जनआन्दोलन दिवस अर्थात चैत्र २४ को अवसरमा आयोजित अखिल(क्रान्तिकारी) सुर्खेतको जिल्ला भेलाले संगठनको केन्द्रीय सदस्य समेत रहेका सुनिल सिंहको संयोजकत्वमा १५ सदस्यीय जिल्ला आयोजक समिति निर्माण गरेको छ । भेलाले संगठनका केन्द्रीय सदस्य द्वोय अमर रसाइली र गणेश हिराजकलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । सुनिल सिंहको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चन्द्र प्रकाश शर्मा थिए भने सञ्चालन अमर रसाइलीले गरेका थिए । भेलामा सोही पार्टीका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश संयोजक संगम, सचिवालय सदस्य धमिल, संगठनका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हरि बिष्ट, पार्टीका जिल्ला संयोजक श्याम कार्की,…
मार्क्सले भन्नुभएको छ, "मानिसहरुले संसारको व्याख्या त विभिन्न तरिकाले गरे तर मुख्य कुरा संसारलाई बदल्नु हो ।" आज नेपालमा शिक्षा क्षेत्रको अवस्था हेर्ने हो भने भद्रगोल तरिकाले बढिरहेको छ। यसलाई बदल्न जरुरी छ । नेपालमा औपचारिक शिक्षाको थालनी वि.सं. १९१० मा राणा र दरबार केन्द्रीत रुपमा सुरुवात भएता पनि राणा शासनको अन्त्यसँगै सर्वसाधारण जनताका लागि पनि शिक्षाको ढोका खोलियो । नेपालमा शिक्षाको अवस्थाको कुरा गर्दा वि.स. १९९० मा पहिलोपटक एस. एल. सी. बोर्डको स्थापना भएको थियो । जुनबेला देशैभरी जम्मा २ वटा मात्र विद्यालयहरु संचालनमा रहेका थिए। आज नेपालमा भान्डै ३५ हजारको हाराहारीमा विद्यालयहरू रहेका छन् । जसमध्ये ५-६ हजार…
काठमाडौँ : माेहन वैद्य किरण नेतृत्वकाे कान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिकाे दबाबमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी…
काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएकाे छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा…