सुर्खेत : ३५ औं जनआन्दोलन दिवस अर्थात चैत्र २४ को अवसरमा आयोजित अखिल(क्रान्तिकारी) सुर्खेतको जिल्ला भेलाले संगठनको केन्द्रीय सदस्य समेत रहेका सुनिल सिंहको संयोजकत्वमा १५ सदस्यीय जिल्ला आयोजक समिति निर्माण गरेको छ ।
भेलाले संगठनका केन्द्रीय सदस्य द्वोय अमर रसाइली र गणेश हिराजकलाई सहसंयोजकको जिम्मेवारी दिएको छ । सुनिल सिंहको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका सचिवालय सदस्य चन्द्र प्रकाश शर्मा थिए भने सञ्चालन अमर रसाइलीले गरेका थिए । भेलामा सोही पार्टीका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश संयोजक संगम, सचिवालय सदस्य धमिल, संगठनका सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज हरि बिष्ट, पार्टीका जिल्ला संयोजक श्याम कार्की, युवा संगठनका विकल्प, संगठनका केन्द्रीय सदस्यहरु भरत परियार र तपेन्द्र न्यौपाने लगायतको उपस्थिति रहेको थियोे ।
भेलामा विकल्प, श्याम कार्की, हरि बिष्ट, धमिल, संगम र प्रमुख अतिथि सिपि शर्माले बोल्नुभएको थियोे । संगठन विस्तारलाई व्यापक बनाएर छिट्टै जिल्ला सम्मेलन गर्ने हरि बिष्टले जानकारी गराउनुभयो ।