अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह रिहा

काठमाडाैँ : अखिल (क्रान्तिकारी) संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाहलाइ टेकु प्रहरी परिसरले साँझ रिहा गरेकाे छ । उनीहरूलाइ स्वागत गर्न संगठनकाे नेताकार्यकर्ताहरू खादा लगाएर सम्मान गरेकाे जनाएकाे छ। संयाेजक मिलन राइ र सह-संयोजक विरेन्द्र शाह दुबै जनालाइ मंगलबार दिउसाे प्रहरीले अखिल (क्रान्तिकारी)काे केन्द्रीय कार्यालय बागबजारबाट बिनाकारण गिरफ्तार गरेकाे जानकारी सह-संयोजक पेशल दाहालले प्रेस वक्तव्य मार्फत् दिएका छन् ।

उनले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘क्रान्तिकारी विद्यार्थी आन्दोलनको मुल प्रवाह हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) ले अहिले देशभर “Mission Everyday” अभियान संचालन गरिरहेको छ । जसअन्तर्गत शिक्षा क्षेत्रमा भएका तमाम विकृति, विसंगति र वेथितिका विरूद्ध निर्मम संघर्ष गर्ने र शिक्षामा भएका दलालीकरण, माफियाकरण, भ्रष्टिकरण र व्यापारीकरणको अन्त्यलाई मुख्य नारा बनाएको छ । त्योसंगै अभियानमा हामीले युवा जनशक्तिलाई स्वदेशमा अध्ययन र काम, शिक्षण संस्थामा सफा शौचालय र शुद्ध खानेपानी, पुर्ण प्राज्ञिक र स्वच्छ शैक्षिक वातावरण, लागुऔषध दुर्व्यसनमुक्त समाजको निर्माण, सार्वजनिक सम्पत्तिको संरक्षण, शिक्षामा हुने भ्रष्टाचार र कमिशनको अन्त्य बारे पनि जागरण गरिरहेका छौं ।
यसै क्रममा अहिले भर्खरै संगठनको बागबजार स्थित केन्द्रीय कार्यालयबाट बाहिर निस्किदै गर्दा हाम्रो संगठनका संयोजक क. मिलन राई र सह-संयोजक क. विरेन्द्र शाहलाई षड्यन्त्रपुर्वक तरिकाले दलाल पुँजीवादी कठपुतली सरकारले आफ्‌नो गृह प्रशासन प्रयोग गरेर गिरफ्‌तार गरेको छ । उक्त गिरफ्‌तारीले हाम्रो संगठनलाई गम्भीर बनाएको छ । भ्रष्ट, माफिया र दलालहरूको प्रभावमा परी हरेक प्रकारका अपराधिहरूको संरक्षण गरिरहेको विद्यमान दलाल राज्यव्यवस्थाले आफ्‌नो गृह प्रशासनको दुरूपयोग गरेर संगठनका संयोजक र सह-संयोजक कमरेडलाई गरेको गिरफ्‌तारी आपत्तिजनक छ । षड्यन्त्र पूर्वक तरिकाले गिरफ्तार गरिएका हाम्रो संगठनका नेता कमरेडहरूको यथाशीघ्र रिहाई गर्न समेत संगठन जोडदार माग गर्दछ । अन्यथा संगठन निर्मम संघर्ष गर्न बाध्य हुनेछ ।’

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?