समाज

प्रधानमन्त्री प्रचण्डद्वारा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

प्रधानमन्त्री प्रचण्डद्वारा सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु

काठमाडौँ : सिस्ने खोला नागढुङ्गा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वीच थिचेर मुख्य सुरुङमार्गको ब्रेक थ्रु गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ २ हजार ६ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन…
Read More
पहाडी भूभागमा आज वर्षासहित हावाहुरीको सम्भावना

पहाडी भूभागमा आज वर्षासहित हावाहुरीको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूर-पश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।…
Read More
सरकारले पेट्रोल र डिजेलको मूल्य फेरि बढायाे

सरकारले पेट्रोल र डिजेलको मूल्य फेरि बढायाे

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्यमा प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल मूल्य प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७५.५० रुपैयाँ र डिजेलको मूल्य १५८.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७७ र डिजेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । तेस्रो…
Read More

भटौलीमा टिपर दुर्घटनाबाट चालकको मृत्यु, सह-चालक घाइते

रामेछाप : रामेछापमा सोमबार बिहानै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सह–चालक गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बागमती प्रदेश ०१–००६ ख ३८३९ नम्बरको चालक २० वर्षीय ‘दीपेन्द्र’ भन्ने पवित्र बस्नेतको रहेका छन् । गम्भीर घाइते बस्नेतको उद्दार गरी मन्थली अस्पतालमा पुर्‍याउन साथ चिकित्सकको टोलीले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रदीप कुमार सिंहले बताए । बालुवा बोकेर मन्थली नगरपालिका वडा नं ७ भटौली पोडेदह स्थित मन्थली–मुगिटार–खाँडादेवी सडक मुगिटारबाट मन्थली तर्फ आउँदै गरेको टिपर दुर्घटनामा सह–चालक दोलखा तामाकोशी गाउँपालिका वडा नं ६ च्यामा बस्ने अन्दाजी २१ को मनोज फुयाँल गम्भीर घाइते भएका छन् । उनको मन्थली…
Read More
रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछापकाे हिमगंगाका कलेजो पीडित खिल बहादुर खत्रीद्वारा सहयोगको अपिल

रामेछाप : रामेछापको रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका खिल बहादुर खत्रीले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । कलेजो रोगबाट पीडित खत्रीलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । पारिवारिक स्रोतका अनुसार खत्रीको टिचिङ अस्पतालको सुरेश वाग्ले भवनको दोश्रो तल्लाको २३ नम्बर वेडमा उपचार भइरहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेको ५१ वर्षिय खत्रीको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोग गरिदिन उहाँको परिवारले सहयोगी मनहरुलाई अपिल गरेका हुन । बिरामीका भाई कपिल खत्रीले दाईको उपचारमा निक्कै समस्या भएको भन्दै सहयोगका लागि सबैसँग आग्रह गर्नुभयो । सहयोग गर्न चाहने सहयोगी मनहरुले तुलाराम खत्रीको राष्ट्रिय वाणिज्य बैँक…
Read More
तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर उपमहानगरपालिकाले सुरु गर्याे तुलसी कम्पोस्ट मल उत्पादन

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले गल्ने फोहोरबाट तुलसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । पालिकाले दैनिक सङ्कलन हुने गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा तयार पारेर बिक्री गर्नलाई बोरामा प्याकिङसमेत गरेको छ । उत्पादन भइरहेको मललाई किसानसम्म पुर्‍याउनका लागि तयारी गरेको छ । भूमि व्यवस्थापन तथा सरसफाइ शाखाका प्रमुख माधव पौडेलले तत्कालका लागि दैनिक ७० केजी तुलसी कम्पोस्ट मल उत्पादन भइरहेको जानकारी दिनुभयो । उहाँले जनशक्ति र आवश्यक सामग्री थपसँगै दैनिक सङ्कलन भइरहेको छ टन गल्ने फोहोरलाई तुलसी कम्पोस्ट मलका रूपमा उत्पादन गरिने बताउनुभयो । उहाँले उत्पादन गरिएको मललाई किसानको खेतबारीमा पुर्‍याउनका लागि बजारीकरणमा समेत ध्यान दिइने बताउनुभयो । मल…
Read More
राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम भेला सम्पन्न, संयोजकमा ढकाल

काठमाडाैँ : माेहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट राष्ट्रिय उद्योग तथा व्यापार संघ, काठमाडौंको प्रथम जिल्ला भेला साेमबार सम्पन्न भएको छ । भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमान्डौ जिल्ला कमिटी निर्माण गरेको छ ।राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भएकाे भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज पुष्कर, क्रान्तिकारी ट्रेड युनियन महासंघका सह—संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता थियो । उक्त भेलाकका अन्य अतिथिहरुमा प्रकाश, बालकृष्ण, ठाकुर तिमल्सिना हुनुहहुन्थ्यो । भेलाको अध्यक्षता नवराज ढकालले गर्नु भएको थियो भने संचालन भिम तामाङले गर्नु भएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नं. प्रदेशले मनायाे ३५औं जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ७ नं. प्रदेशले मनायाे ३५औं जनआन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रदेश ७ को आयोजनामा कैलालीको अत्तरियामा विशाल ¥यालीसहितको जनसभा सम्पन्न भएको छ । जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज गुणराज लोहनीले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नुभएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, मधेस प्रदेश मधेसद्वारा जनसभा सम्पन्न

जनकपुर : ३५औं जनआन्दोलन दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल मधेस प्रदेशको आयोजनामा मधेस प्रदेशको जनकपुरमा जनप्रर्दशन तथा जनसभा सम्पन्न भएकाे छ। जनसभालाई पार्टीका कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज हरिभक्त कँडेलले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य तथा प्रदेश संयोजक कृष्णदेवसिंह दनुवार, वाम बुद्धिजीवी रोशन जनकुपरी लगायतका वक्ताहरुले २०४६ साल चैत्र २४ को जनआन्दोलनको क्रान्तिकारी सारतत्वको विषयमा चर्चा गर्दै सम्झौता, धोका र गद्दारीबाट पाठ सिक्दै देश र जनताको हितमा निरन्तर क्रान्तिको उद्घोष नै चैत्र २४ को मूल सन्देश भएको विचार व्यक्त गर्नुभएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशले मनायाे ३५औं जन आन्दोलन दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नं. प्रदेशले मनायाे ३५औं जन आन्दोलन दिवस

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रदेश संगठन समिति प्रदेश पाँच नम्बर पाँचको आयोजनामा प्रदेश राजधानी भालुवाङमा शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसरमा जनसभा सम्पन्न भएको छ । सभा अघिमा दर्जनौ बसहरु प्रयोग गरेर आएका हजार बढी श्रमजिवीहरुले सक्रिय सहभागिता जनाउदै संसदीय ब्यवस्थाको बिरुद्ध नाराबाजी सहित बजार परिक्रमा गरे ।सभामा प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदी, अर्का कार्यालय सदस्य तथा उत्पादन बिभाग प्रमुख केबी गुरुङ सचिवालय सदस्य टिकाराम पौडेल, बिद्यार्थी नेता दीपक बिष्ट, नेकपा(मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले मन्तब्य राख्दै क्रान्तिकारीहरु एकताबद्ध हुदै सर्बहारावर्ग माथि भएका शोषण दमन अन्त्य गर्ने उद्घोष गर्नुभयो ।सभा सचिवालय…
Read More