समाजमा व्याप्त अन्धविश्वास र महिला
समाजमा अहिलको २१औं शताब्दीमा आउँदा समेत अन्धविश्वास व्याप्त रहेको छ । अन्धविश्वासको शिकार महिला पुरुष दुवै हुने गरेका छन् । मान्छेमा अन्धविश्वास कसरी आयो ? कसरी अन्धविश्वासमा मान्छेले सबै कुरालाई पत्याउँदै आयो भन्ने कुरा, मानवको चेतनाले के महसुस ग¥यो भन्ने कुरा उसको बुझाई उसको हुर्कदाको वातावरण सबैले निर्धारण गर्दछ । मानिसमा अन्धविश्वास कसरी आयो भन्ने कुरा प्रकृतिमा हुने तमाम प्रकारका उथलपुथल कुराहरुको बारेमा सही धारणा नहुँदा बन्न पुगेको थियो । मानिसले भूकम्प आउने , पानी पर्ने ,वादल लाग्ने वा प्रकृतिमा घट्ने अनेक घटनाहरुले गर्दा मान्छेले यो कसरी भयो ? जन्म , मृत्यु जस्ता घटनाहरु कसरी हुन्छन् ? मान्छे विरामी कसरी…