समाजमा व्याप्त अन्धविश्वास र महिला

समाजमा अहिलको २१औं शताब्दीमा आउँदा समेत अन्धविश्वास व्याप्त रहेको छ । अन्धविश्वासको शिकार महिला पुरुष दुवै हुने गरेका छन् । मान्छेमा अन्धविश्वास कसरी आयो ? कसरी अन्धविश्वासमा मान्छेले सबै कुरालाई पत्याउँदै आयो भन्ने कुरा, मानवको चेतनाले के महसुस ग¥यो भन्ने कुरा उसको बुझाई उसको हुर्कदाको वातावरण सबैले निर्धारण गर्दछ । मानिसमा अन्धविश्वास कसरी आयो भन्ने कुरा प्रकृतिमा हुने तमाम प्रकारका उथलपुथल कुराहरुको बारेमा सही धारणा नहुँदा बन्न पुगेको थियो । मानिसले भूकम्प आउने , पानी पर्ने ,वादल लाग्ने वा प्रकृतिमा घट्ने अनेक घटनाहरुले गर्दा मान्छेले यो कसरी भयो ? जन्म , मृत्यु जस्ता घटनाहरु कसरी हुन्छन् ? मान्छे विरामी कसरी पर्छ ? भन्ने कल्पना गर्न थाले । आफूले आफूजस्ता मान्छेको कसरी जन्म्यो ? यो त पक्कै पनि केही ठूलो शक्तिको कारणले गर्दा भयो होला भन्ने कल्पना मान्छेले ग¥यो । उसमा आफूभन्दा ठूलो शक्ति यहाँ केही रहेको भन्ने कल्पना गर्दा नै मान्छेमा अन्धविश्वासको विजारोपण हुन पुग्यो ।

अन्धविश्वासकै कारणले विश्वमा धर्मको उत्पति र विकास हुन पुग्यो । धर्मको फरक फरक धारहरुको विकास हुन पुग्यो । अहिले मान्छेले फरक फरक धर्म अवलम्वन गरेका छन् । धर्मले कुनै समय राम्रो भूमिका खेलेपनि कालानान्तरमा यसले शोषणको रुप धारण गरेको हो । अन्धविश्वासको विजारोपणसंगै धार्मिक शोषण उत्पीडन हुन पुग्यो । मध्ययुगसम्म आईपुग्दा युरोपमा पादरीहरुले स्वर्ग जाने टिकट विक्री समेत गर्न पुगेका थिए । सर्वसाधारणसंग पादरीहरुले स्वर्ग र मानिसको बीचमा मध्यस्थताको काम गरी स्वर्ग पु¥याउने भन्दै रकम असुली गर्दथे । यस्तो हुँदा सम्म मान्छेले किन ? यस्तो भयो भन्न नसक्ने, प्रश्न सोध्न नसक्ने मान्छेलाई बनाईएको थियो । मान्छेलाई स्वर्ग ,नर्कको डर देखाएर ,पाप धर्मको डर देखाएर शोषण गर्ने समाजको विकास हुँदै गयो । यसको शिकार महिलाहरु हुन पुगे ।महिलाहरु आफूलाई नै अछुत बनाउँदा र बहिस्कार गर्दासमेत बोल्न नसक्ने , स्थितिमा पुगे । पछि त्यहाँ धार्मिक सुधारको आन्दोलन चल्यो । धार्मिक सुधारको आन्दोलनले पादरीहरुको अधिकार र चर्चको सर्वोच्चतालाई कम गर्न सफल भयो । पुरुषप्रधान सत्ताले महिलालाई आफ्नो लिंग बनाई पूजा गर्नु पर्ने स्थितिमा पु¥यायो । महिला श्रीमानको मृत्युहुँदा जिउँदै जल्नु पर्ने नजलेमा मानिसहरु लागेर ढुङगाले हानी हानी चितामा पु¥याएर मनुपर्ने जस्तो बनायो । यस्तोसम्म महिलाले भोग्नु प¥यो । यो सबै अन्धविश्वासको कारण हुन पुगेको थियो । पहिले जे भयो त्यो गलत थियो भन्ने हुँदा हँुदै पनि आज पनि कैयौं कुराहरुमा अन्धविश्वास कायमै रहेका छन् ।
अहिले पनि महिलाहरुलाई सत्ताले एक आज्ञाकारी पात्रको रुपमा मात्र हेर्ने बनाएको छ । महिलाहरुले नै पूजाआजामा भाग लिनु पर्ने,बार अनुसारको वर्त बस्नु पर्ने ,उनीहरुले नै विभिन्न नामका वर्त बस्नुपर्ने , श्रीमानको आयु लामो होस भन्दै ,होस या छोराछोरीको आयु लामो होस भन्दै वा उनीहरुको सुस्वाथ्य तथा दिर्घायुको कामना गर्दै वर्त बस्नु पर्ने, उनीहरुलाई राम्रो होस भन्दै पूजाआजा,विभिन्न मन्दिर धाउनु पर्ने , भाकल गर्नु पर्ने महिलालाई बनाएको छ । आफ्ना श्रीमान ,छोराछोरीको शुभ होस भन्नु र मनले कामना गर्नु नराम्रो होइन तर मन्दिर वा भाकलले उनीहरुको शुभलो हुने भन्ने पत्याउनु र त्यसको कामना गर्दै विभिन्न स्थान धाउनु अन्धविश्वास हो । महिलाहरुले यस्ता खालको कुरालाई होइन ,गलत छ भनेर जान सकेका छैनन् । उनीहरु प्रथा, परम्पराको नाममा होस या जे सुकैको नाममा होस अन्धविश्वासलाई निरन्तरता दिईरहेका हुन्छन् । अहिलेपनि महिलाहरुको रजस्वला भएको समयलाई अछुत बनाउने ,छोरी ,आमा ,दिदी बहिनीलाई बाहिर राख्ने गरिन्छ । धर्मकोलागि भन्दै र देवता रिसाउने भन्दै उनीहरुलाई बाहिर राख्ने चलन कायमै रहेको छ । महिलाहरुले तीजको बेला श्रीमानको आयु लामो होस भन्दै पानीसम्म नखाई व्रत बस्ने चलन कायमै रहेको छ । रजस्वलाका समयमा महिलाहरुलाई घरभित्र पस्न नदिने ,घरको मन्दिर होस या मन्दिरको ढोका छुन नदिने चलन कायमै छ । रजस्वला भएकी महिला मन्दिरमा जान ,शुभकार्यमा सहभागी बन्न आनाकानी गर्ने पूजापाठमा जान रोक्ने जस्ता कार्यहरु कायमै रहेका छन् ।

अन्धविश्वास समाजमा व्याप्त भएकै कारण धामी ,झाँक्री ,बोक्सी जादू टुनामुनामा विश्वास गर्ने गरिन्छ । अन्धविश्वासकै कारण कसैले कसैलाई बोक्सीको आरोप लगाउने गरेका हुन्छन् । आफ्नो शरिरमा के के समस्या भएर विरामी पर्दछ तर उसले अर्को कसैलाई उ विरामी हुनुको कारण हो भनेर विश्वास गरेका हुन्छन् । त्यो पनि आर्थिकरुपले जो कमजोर छ ,जो उमेरले पाको भएको छ ,जो शारीरिकरुपमा अशक्त रहेको छ ,जसको बोलिदिने कोही छैन ,जो महिला छ उनैलाई बोक्सी भएको लगाउने र गाली गलौज गर्ने मार्ने, पिटने, यातना दिने , मलमुत्र खुवाउने जस्तो जघन्य अपराध समाजमा भईरहेका हुन्छन् । यो सबै अन्धविश्वास कै कारण भएको हो । अन्धविश्वास कै कारण समाजमा छुवाछुत जस्तो कुप्रथा रहेको छ । समाजमा मान्छेको मृत्युहुँदा गरिने क्रिया कर्म र श्राद्ध समेत अन्धविश्वासको कारण नै हो । हुन त यसलाई छोराहरुले बाबु आमाप्रति गर्ने कर्तव्य भनिन्छ । तर बाबु आमालाई जिउँदो रहँदा सम्म केही नगर्ने , दुःख सुखमा साथ नदिने तर मरेपछि लोक देखाउन , गरिने सबै कर्मको केही अर्थ रहँदैन । तर समाजमा यो चलिनै रहेको छ । विरोध गर्नेहरुलाई नराम्रो नजरले हेर्ने गरिन्छ । विधवा महिलाले राम्रो खाना खान नहुने , मासु वा पोषण युक्त खाना खान नहुने , श्रीमानको मृत्युपछि राता लूगा लगाउन नहुने सिन्दूर पोते लगाउन नहुने ,जस्ता महिलाका हित नहुने खालको अन्धविश्वासी धारणाहरु र व्यवहार समाजमा कायमै रहेका छन् ।त्यसको मारमा महिला परिरहेका छन् ।
अहिले धेरै महिला दिदी बहिनीहरु केही न केही अध्ययन गरेका छन् । उच्च शिक्षा हासिल गरेका छन् । उच्च तहमा पनि पुगेका छन् । जागिर खाने भएका छन् । देश विदेश पुगेका छन् । विज्ञान र प्रविधिको विकास हेरीरहेका छन् । आफैपनि त्यो विकासमा सहभागी बनेका छन् । राजनैतिक हिसाबले ठूला ठूला तहमा पुगेका पनि छन् । प्रतिनिधित्वको कुरामा पनि केही मात्रामा भईरहेका छन् । शैक्षिक संस्थाहरुमा पढाउने ,लेखाउने पनि भएका छन् । आज महिलाहरु हातमा प्रविधियुक्त मोवाईल लिएर एक सेकेन्डमा नै सबै कुरा थाहा पाउने भएका छन् । तर महिलाहरु जतिमात्रामा अन्धविश्वास विरोधी हुनुपर्ने हो त्यतिमात्रामा हुन सकिरहेका छैनन् । व्यवहारमा महिलाहरुले अन्धविश्वासी कुराहरुलाई शिरोधार्य गरिरहेकै छन् ।

लेखक : मनु विक

कसैले छोडन चाहेमा फलानाले यो गरेको वा यो नगरेको भन्दै कुरा काटने ,कुलबाट बहिस्कार गर्ने , अन्धविश्वासी काम गर्न बाध्य पार्ने काम भैनै रहेको छ । अन्धविश्वास कै कारण सबै हुन नपर्ने कामहरु पनि भईरहका छन् । अनावश्यक कुराहरुमा पनि लागिरेहेका छन् ।
सत्ताले भरसक कसैलाई जान्ने सुन्ने भएको देख्न चाहदैन । त्यसो गर्दा सत्तालाई निकै फाईदा हुन्छ । उसको बाँच्ने आधार लुटको आधार निरन्तर रुपमा चल्न पाउँछ । उसले काम नगरी कनै पसिना नबगाई कनै अर्काको रगत खाने र बाँच्ने गर्न पाउँछ । आफू बाँच्ने मात्र हैन उसको वरिपरि रहेकादेखि लिएर सबैलाई सुविधा उपलब्ध हुन्छ । कोही नजान्ने भएमा ,कोही अन्धविश्वासी भएमा उसको राज राम्रोसंग चलन पाउँछ । जस्तै कोही मन्दिरमा सुन ,धन ,पैसा फलफूल नानाथरीका खाद्यान्न लिएर जाँदैन भने मन्दिरबाट हुनेगरेको लुटको अन्त्य हुन पुग्दछ । जो जो त्यसमा रहेर अनेक फत्तुर लगाएर जीविका चलेको थियो उनीहरुलाई नराम्रो मार पर्न सक्छ । मार पर्नु भनेको जो जो त्यसको आडमा ज्यान पालेका थिए उनीहरु श्रम गर्न पसिना बगाउन तयार बन्नु पर्दछ । सित्तैमा कसैको पनि खान पाईने छैन । त्यो मार सहनु निकै गाह्रो हुन्छ । त्यसकारण जो जो त्यहाँबाट बाँचिरहेका छन् । जो जसले त्यहाँबाट फाईदा लिईरहेका छन् उनीहरुले अन्धविश्वासको विरोध गर्न सक्ने कुरा भएन । जतिसक्दो पाप, स्वर्ग ,नर्कको कुरा देखाउनु प¥यो । जति सक्दो ढाँट छलको कुरा गर्नु प¥यो ,जति सक्दो अन्धविश्वास फैलाउनु प¥यो । अहिले पनि संस्कार संस्कृतिको रक्षाको नाममा रकम खर्च गर्ने काम भैरहेको छ । गरिब दुःखीको औषधी उपचार हुन सकिरहेको छैन । पढ्न लेख्न नपाएर अन्धकार युगमा बाँच्नु परिरहेको छ । जीवन जिउने आधारभूत आवश्यकता पूरा गर्न नसकेर छटपटाउनु परिरहेको हुन्छ । तर कैयौं अन्धविश्वासी काममा करोडौं रकम खर्च गर्ने काम भैरहेको छ । तीजको समयमा महिलाहरुले लगाउने गहना गुरिया र नयाँ लुगाहरुले कसैले मज्जाले रकम जम्मा गरेको हुन्छ । कसैले चाडवाड पहिचान र परम्पराको नाममा व्यापार चलाईरहेको हुन्छ । कसैको उद्योग चलिरहेको हुन्छ ।

यो कुरा सत्ताको कुरा हो । त्यो पुरुषप्रधान सत्ता हो त्यो राजनैतिक दर्शनको सत्ता हो । श्रमप्रति अविश्वास, कुनै दान ,वा यस्तै भाग्यप्रति विश्वासको कुरा हो । महिलालाई पनि त्यस्तै बनाउन चाहेको सत्ताले आजसम्म पनि महिलाको दिमाग खान सफल भईरहेको छ ।महिलालाई मज्जाले प्रयोग गर्न सफल भैरहेको छ ।
महिला आफैलाई तल्लो बनाईरहेको छ । तर महिलाले त्यो कुरा पत्यार्ईरहेको छन । अनेक जाल झेलको शिकार महिला हुनु परिरहेको छ । कुनै एक कहानी हो महिलाको दाँत गन्दा थोरै हुन्छन् भनेर एक पुरुष विद्वानले भनेछन् । संसारले त्यो कुरा पत्यायो वर्षौ सम्म दाँत थोरै हुन्छ भन्दै समाजले महिलालाई कमजोर सावित गर्नखोज्यो । महिलाहरुले पनि त्यहि कुरालाई पत्याए । त्यही भन्दै हिँडे तर एक जनाले कुरा उठाए कि महिलाले यो कुरा किन पत्याए ? महिलाहरुले आफ्नो दाँत कति हुन्छ भन्ने गनेर प्रतिवाद गर्न सक्दैनन् ? हो महिलाले जेसुकै कुरा पत्याउनु हुँदैन । महिलाले सही र गलत छुट्याउन सक्नु पर्दछ । विभिन्न प्रथा परम्परा ,अन्धविश्वासको नाममा भैरहेको विभेदको विरोधमा आवाज उठाउनु पर्दछ । महिलाहरुले अन्धविश्वासमा भैरहेको लुटको विरोध गर्न सक्नु पर्दछ । यसो गर्न सकेमा महिलाहरुको वास्तविक स्वतन्त्रता प्राप्त हुनेछ । के सही के गलत भनेर छुट्याउन सक्नु पर्दछ । गलत कुराहरुको विरोध हुनु पर्दछ । अहिले विज्ञानले कसैलाई छुन नहुने भन्ने कुरालाई पत्याउन मुर्खता मात्र रहेको कुरा प्रमाणित गरिदिएको छ । विज्ञानले सबैको रगत चल्ने बनाएपछि कसैलाई अछुत बनाउनु अनधविश्वास बाहेक केही नभएको कुरा प्रमाणित गरेको छ । तर पनि समाजमा छुवाछुत कायमै रहेको छ । पछिल्लो समय सुँगुरको मृगौला मान्छेमा प्रत्यारोपण सफल भएको भनेर डाक्टरहरुले भनिरहेका छन् । अब सुँगुर छुन नहुने भन्ने रहेन । अन्धविश्वासी कुरा मान्छेले पत्याउँदै आएका र त्यसका विधि पूरा गर्दै आएतापनि त्यसको व्यवहारिक जीवनमा केही काम रहेको हुँदैन ।

समाजमा अन्धविश्वासी कुराहरुको शिकार महिलाहरु नै हुने गरेका छन् । महिलाहरुले यसको विरोध गर्न सक्नु पर्दछ ।यस्ता कुराहरुले महिलाको शोषण गर्नुको साथै महिलाको समग्र विकासमा बाधा हालिरहेका छन् । त्यसकारण महिलाको समग्र विकासकोलागि अन्धविश्वासलाई हटाउन ध्यान दिनु पर्दछ । समाजमा रहेको अन्धविश्वासलाई महिला, पुरुषले छोड्न सकेको दिनमा महिलाको धेरै हिसाबमा बन्धनहरु हटन सक्दछन् । यसको शुरुवात आफैबाट नै गर्नु पर्दछ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?