क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बीच ७ नं. प्रदेशकाे एकता सम्पन्न

कन्चनपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) का बीचमा जेष्ठ ९ गते सात नम्बर प्रदेश स्तरीय अधिवेशन कन्चनपुरमा सम्पन्न भएको छ । एकता अधिवेशनले क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालको संयोजक रामबहादुर थारु सहसंयोजक रामबहादुर केसीसहित १०९ सदस्यीय सात नम्बर प्रदेश समिति गठन गरेको छ ।

अधिवेशनको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सहसंयोजक सन्तबहादुर नेपालीले उद्घाटन गर्नु भएको थियो । अतिथिहरु केन्द्रीय कार्यालय सदस्य गुणराज दाहाल,केन्द्रीय कार्यालय सदस्य एवम सात नम्बर प्रदेश इन्चार्ज लालबहादुर जाग्री, कामरेड डि डि पाण्डे , केन्द्रिय सल्लाहकार सदस्य डम्बर बिष्ट लगायतले मन्तब्य राख्नु भएकोथियो । सात नम्बर प्रदेश इन्चार्ज लालबहादुर जाग्रीले हाउसमा प्रदेश कमिटीको प्यानल प्रस्तुत गर्नु भयो र हाउसले ताली बजाई प्यानल अनुमोदन गरेको थियो ।

कार्यक्रमको अध्यक्षता राम बहादुर थारु , संचालन राम बहादुर के सी र स्वागत एकता महाधिवेशन आयोजक समिति सदस्य धनबहादुर बोहोराले गर्नु भएको थियो । सामना परिवारका कलाकारहरूले साँस्कृतिक प्रस्तुति दिएकाथिए । सहिदहरू प्रति एक मिनेट मौन धारण गरिएकोथियो ।
नवगठित प्रदेश कमिटीले जेष्ठ १० गते कन्चनपुरमा पत्रकार सम्मेलन आयोजना गरेकोथियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?