विचार

भ्रष्टाचार विरुद्ध अभियान

भ्रष्टाचार विरुद्ध अभियान

-सीपी गजुरेलसामान्यतया भ्रष्टाचार भनेको व्यक्तिगत लाभका लागि सामाजिक मूल्य मान्यतालाई परित्याग गरी गरिने क्रियाकलाप हो । घुस लिने र दिने कुरालाई मात्र भ्रष्टाचार भन्ने मानिसहरुले बुझ्ने गर्दछन् । भ्रष्टाचारको अर्थ केवल घुसमा मात्र सीमित छैन । समग्र भ्रष्ट आचरण भ्रष्टाचार हो । प्रतिक्रियावादी संरचनामा कानुन् ,नीति ,नियम बनाउँदा भ्रष्टाचार गर्न मिल्ने ठाउँ राखिएको हुन्छ । त्यसलाई नीतिगत भ्रष्टाचार भनिन्छ ।गत जेष्ठ ६ देखि ८ गते सम्म हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटव्यूरोको बैठक बसेको थियो ।त्यो बैठक र त्यसपछिको स्थायी समितिको समेत बैठकले भ्रष्टाचार विरुद्ध अभियान सन्चालन गर्ने निर्णय गरेको थियो । पि.बि. र स्थायी समितिको बैठकको निर्णय अनुसार…
Read More
पतञ्जली प्रकरण र नैतिकताको प्रश्न

पतञ्जली प्रकरण र नैतिकताको प्रश्न

लेखक – सन्तबहादुर नेपाली भ्रष्टाचारका लागि अन्य दलका नेताहरु भन्दा कम्युनिस्ट पृष्ठभूमिबाट आएका नेताहरु चर्चामा आइरहेका छन् । प्रचण्ड, केपी ओली, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गोकुल बास्कोटा, ईश्वर पोख्रेल, विष्णु पौडेल, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ लगायतका दर्जनौं नेताहरुमाथि भ्रष्टाचारको अभियोग लागेको थियो । ती मध्ये कतिपयले सजाय भोगिरहेका छन् भने कतिपय विचाराधीन छन् । अहिले आएर सर्वाधिक चर्चामा नेकपा (एस) का महासचिव माधव नेपालको पनि नाम थपिएको छ । अभियोग लाग्नु र खासैमा भ्रष्टाचार गर्नु फरक फरक कुरा हुन् । को कति दोषी छन् र कति निर्दोष छन्, त्यो अदालतले फैसला गर्ने कुरा हो । त्यसबारे बाहिर सार्वजनिक छलफलको कुनै…
Read More
यसकारण भ्रष्टाचारविरुद्ध अभियान

यसकारण भ्रष्टाचारविरुद्ध अभियान

शशिधर भण्डारीक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भर्खरै जनसम्बन्ध विस्तारको अभियान समापन गरेको छ । देशका ६० भन्दा धेरै जिल्लामा सञ्चालित ४५ दिने लामो जनसम्बन्ध विस्तार अभियानले देशको वस्तुस्थिति बुझ्न र जनताको प्रतिक्रिया बुझ्न निकै सहयोग पु¥याएको छ । मेचीदेखि महाकालीसम्मका पहाडका सुन्दर वस्तीहरु रित्तिदै छन् । नेपाली समाजमा बेरोजगारी समस्या एउटा जटिल समस्याका रुपमा रहेको छ । त्यसैले नेपाली युवाहरुको मात्र होइन युवतीहरुको समेत रोजगारीको गन्तव्य भारत तथा खाडी मुलुक हुने गरेका छन् । नेपाली समाजको तल्लो तहका जनताको अवस्था अत्यन्त दयनीय छ । भारत र विश्वको श्रमबजारमा सबभन्दा निम्न स्तरको काम कम तलवमा गर्ने जाति नेपाली जाति भएको छ ।…
Read More
सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

-टेकबहादुर विश्वकर्मानेपालको सामाजिक इतिहास कुनै स्वाभाविक असमानताको इतिहास होइन । यो इतिहास हो, एकाधिकारलाई संस्थागत बनाउदै, बहिष्कृत समुदायहरूको आवाज दबाउने माध्यम बनेको सत्ताको ⁄ जात, लिङ्ग, वर्ग र क्षेत्र विभाजन गरि शोषक वर्गको हितमा बनाइएको आधारसंरचना तथा उपरिसंरचनागत अभिमुखित राज्य निर्माणको परिणाम हो । नेपालको ऐतिहासिक राज्य संयन्त्रले केही निश्चित वर्ग र समुदायहरूलाई सामाजिक, आर्थिक र राजनीतिक पहुँचमा अग्रता दिएको छ, जबकि दलित, आदिवासी जनजाति, महिला, मधेशी र पिछडिएका वर्गहरूलाई राज्य प्रणालीबाट योजनाबद्ध रूपमा पाखा लगाइएको छ । कानुनी रूपमै जातीय पदानुक्रम निर्धारण गरी नागरिकमा विभेदलाई वैधानिकता दिइएको ऐतिहासिक तथ्यले स्पष्ट पार्छ, तसर्थ, यो राज्य व्यवस्था विभेदको उत्पादक मात्र होइन,…
Read More
सर्वहारा विश्व दृष्टिकोण निर्माणको समस्या

सर्वहारा विश्व दृष्टिकोण निर्माणको समस्या

लेखक : कृष्णराज पौडेलकम्युनिस्ट पार्टीले आफ्नो काम कार्वाही सही प्रकारले अगाडि बढाउन पार्टीका नेता तथा कार्यकर्ताको विश्व दृष्टिकोण निर्माणको प्रश्नले अत्यन्त ठूलो महत्व राख्दछ । यो चराचर जगतलाई हेर्ने, बुझ्ने र ग्रहण गर्ने विषयमा दुईवटा परस्पर विरोधी दृष्टिकोणहरु रही आएका छन् । एउटा हो पुँजीवादी विश्व दृष्टिकोण र अर्को हो समाजवादी विश्व दृष्टिकोण ।पुँजीवादी विश्व दृष्टिकोणले समाजका हरेक मानिसहरुलाई व्यक्तिगत तथा पारिवारिक हितको निम्ति काम गर्न सिकाउँछ । पुँजीवादी व्यवस्था नाफामा टिकेको व्यवस्था हो । हरेक कामबाट नाफा कमाउनु पुँजीवादी व्यवस्थाको विशेषता नै हो । तर विकसित पुँजीवादले समाजवादको लागि आर्थिक आधार खडा गरेको हुन्छ । विकसित पुँजीवादमा सामाजिक वर्गहरु…
Read More
इरान–इजरायल युद्ध र अमेरिका

इरान–इजरायल युद्ध र अमेरिका

लेखक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ गत जेठ ३० गते इजरायलले इरानमाथि भीषण सैन्य आक्रमण गरेको छ । उक्त आक्रमणमा परी इरानका तीन जना सैनिक कमाण्डरहरु, एक जना रिभोलुसनरी गार्डका प्रमुख, दुई जना न्युक्लियर साइन्टिस्टहरु र केही राजनीतिज्ञहरु सहित १७ जना विशिष्ट व्यक्तिहरु मारिएका छन् । इरान यसको प्रतिकारमा उत्रिएपछि अहिले मध्यपूर्व भयानक युद्धको चपेटामा फसेको छ । दुवै तर्फ ठुलो मात्रामा हताहती र भौतिक क्षति भएका छन् । यसबाट मध्यपूर्वका देशहरु मात्र होइन पूरा विश्व नै तरङ्गित भएको छ । यसमाथि अमेरिकाले इरानका तीनओटा आणविक केन्द्रहरुमा बंकर ब्रस्टर बम बर्षाएर क्षतविक्षत बनाएको छ । कतिपय राजनीतिक विश्लेषकहरुले यसलाई तेस्रो विश्वयुद्धको…
Read More
विश्वभर साम्राज्यवाद, पुँजीवाद र नवफासिवादको आतंक

विश्वभर साम्राज्यवाद, पुँजीवाद र नवफासिवादको आतंक

नारायण प्रशाद भण्डारी नेपाल नाम मेरो प्रशिद्ध थियो संसारले चिन्दथ्यो ।कोही थिएन मेरो विरुद्धमा आमा भनी मान्दथ्यो ।विश्वकै सुुन्दरी थिए आज अपमानित हुँदै गएँ ।मेरा सन्तानहरु भ्रष्ट हुदैजादाँ म बदनाम भएँ । विश्वमै मानब तस्कर र भ्रष्टाचारमा म प्रथम स्थानमा दर्ज भएँ ।सन्तान मेरा कुपुत्र भएपछि दुश्मनले म मा कुदृश्य त लाउने नै भए ।विश्वभर साम्राज्यवाद, पुँजीवाद,र नवफासिवादको आतंक बढदै गयो ।अग्रज सन्तान मेरा उनकै प्रिय बन्दा मेरोअस्मितानै धरापमा पर्दै गयो । बर्तमान विश्व परिवेशलाई अध्ययन गर्दै जाँदा विश्वभर नयाँ नयाँ तरिकाबाट साम्राज्यवाद,पुँजीवाद, नवफासिवाद र नवउदावादको आतंक उत्कर्षमा पुगेको छ । साम्राज्यवादले संसारभरका गरिब देशहरु माथि धनाढय शक्तिशाली देशहरुलाई उक्साएर…
Read More
भ्रष्टाचार र सेटिङको मामिला

भ्रष्टाचार र सेटिङको मामिला

लेखक – सन्तबहादुर नेपाली झण्डै दुई तिहाईको नेकपाको सरकार बन्दाखेरी अहिलेका प्रधानमन्त्री केपी ओलीले त्यतिबेला प्रधानमन्त्री भएपछि भन्नु भएको थियो, “मैले भ्रष्टाचार पनि गर्दिन र अरुलाई गर्न पनि दिन्न ।” तर अहिले फेरि प्रधानमन्त्री भएको बेला भ्रष्टाचार यति चरमोत्कर्षमा पुग्यो कि भ्रष्टाचार विरुद्धको डण्डा अहिले गृहमन्त्रालयको ढोकामा ठोकिन पुगेको छ । प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । नेपाली कांग्रेस र एमालेका नेताहरुको निदहराम भएको छ ।बुर्जुवा संसदीय प्रणालीले पनि व्यवस्थाको फोहोरी अनुहार छोप्न कथित नैतिकताको खेती गरिरहेको हुन्छ । मन्त्रीहरु वा उच्चस्तरीय कर्मचारीको हकमा कुनै अवाञ्छित कार्य गरेको भनेर आरोप आयो भने उनीहरु पदबाट राजीनामा दिने र अनुसन्धानका लागि मार्ग…
Read More
भाग्ने प्रवृतिको अन्त्य आवश्यक

भाग्ने प्रवृतिको अन्त्य आवश्यक

लेखक : मनु विक समाजमा केही जिम्मेवारी प¥यो कि भाग्ने प्रवृति नयाँ होइन । समाजमा भाग्ने प्रवृति कति साह्रो छ भन्ने कुरा कतिले ख्याल गरेका होलान् कतिले ख्याल गरेका छैनन् होला । ख्याल गरे पनि नगरेपनि भाग्ने प्रवृति भने हराउन सकेको छैन ।भाग्ने प्रवृतिको कारण व्यक्तिगत, सामुहिक रुपमा हुने गरेका छन् । भाग्ने प्रवृतिको कारण देश विकास हुन सकेको छैन । भाग्ने प्रवृति देशलाई गाली गर्दै होस वा देशलाई माया गर्दै होस भाग्ने प्रवृति छ । भाग्नलाई उत्प्रेरणा प्रदान गर्ने,आफै पनि भाग्ने र सबैलाई सकेसम्म भगाउने चलन छ । भाग्ने प्रवृतिको कारण देश विकास हुन सकेको छैन । देशमा रोजगारी…
Read More
सहिद तथा बेपत्ता, घाइते योद्धाका सपना र संघीय जनगणतन्त्रको आवश्यकता

सहिद तथा बेपत्ता, घाइते योद्धाका सपना र संघीय जनगणतन्त्रको आवश्यकता

 दिनेश शर्मा (१) विषय प्रारम्भमानव समाजको उत्पत्ति विकास प्रक्रियासँगै आदिम साम्यवादी मानव समाज, दास र दासमालिक मानव समाज, सामन्त किसान कालिन मानव समाज पुँजीपति र मजदूर कालिन मानव समाज हुँदै पुजीपति वर्गको उच्चतम रूप साम्राज्यवादी कालिन अवस्था यतिवेला मानव समाजले व्यहोरी रहेको छ । दासहरु र दासमालिक कालीन समयदेखि आजसम्मका इतिहास भनेका वर्ग संघर्षका शतहास हो । किनकी समाजकानिश्चित व्यक्तिहरुल अधिकार आफ्नो हातमा लिएर समाजका बहुसंख्यक जनतामाथि शोषण, दमन, उत्पीडन गर्दै आयो । त्यसका विरुद्ध जनताले कहिले शान्तिपूर्ण कहिले शसस्त्र तबरबाट संघर्ष गर्दै आएको इतिहास हो । संघर्षका क्रममा लाखौं लाख उत्पीडित वर्गले जीवन बलिदान गर्दै आएका छन् । संघर्षक…
Read More