
संसारका कुनै पनि सजिव वस्तुको जन्म हुन्छ । अन्त्य पनि अनिवार्य हुन्छ । यो प्रकृतिको नियम हो । यो प्रक्रियालाई आध्यात्मवादीले दैव या परमेश्वरको लिला भन्दै ज्युँदो छँदा गर्नुपर्ने कर्तव्य भन्दा मृत्यु संस्कारमा ठूलो महिमा गर्छन् तर यही घटनालाई भौतिकवादीहरुले प्रकृतिको (नेस्ट टु नेस्ट) निरन्तर परिवर्तन भैरहने माक्र्सवादको मान्यता अनुसार जैविक पतनको रुपमा लिन्छन । मानव जाति र अन्य सजिव वस्तुको जन्म मृत्यु एउटै प्रकारको भएपनि मानिस भएर जन्म लिएपछि बाँचुन्जेलसम्म गर्नुपर्ने क्रियाकलापहरुमा धेरै कुराको फरक छ किनभने प्रकृतिले मानव जातिलाई बुद्धिमान, शक्तिशाली र क्षमता भएको उच्च प्राणीको स्थानमा मान्यता दिएको छ । यो कुनै भ्रम होइन वास्तविक हो । यदि मानव जातिमा जीवन र जगतलाई बुझन र बदल्न सक्ने क्षमता हँुदैन्थ्यो भने संसार आजको अवस्थामा आउन सक्ने नै थिएन होला ? त्यसकारण मानिसको क्षमता अकल्पनीय छ । आजको समय २१ औं शताब्दिको वैज्ञानिक युग हो ।
मानिस आजको अवस्थासम्म आइपुग्दा कति चरण पार गर्दै आयो ? कुन अवस्थाबाट यहाँसम्म आयो ? यति ठूलो परिवर्तन ल्याउनमा मानिस कसरी सफल भयो ? हामीले पनि खोज अनुसन्धान गर्नु हाम्रो कर्तव्य हो । यो संसारमा प्रकृतिले कहिले काँही संयोगले मात्र एउटा त्यस्तो अलौकिक शक्तिशाली मान्छेको जन्म गराउँछ इतिहासको कालखण्डमा कतिबेला कुन शक्तिको आवश्यक्ता पर्छ । त्यो समयमा त्यस्तै प्रकारका शक्तिशाली मान्छेको जन्म भएको पाइन्छ । उदाहरणको लागि यो संसारमा एउटा समयमा निरङकुश जहाँनीया भूमण्डलीकृत, दलाल पुँजीवाद र साम्राज्यवादी शासनको तीब्ररुपमा विकास हुँदै थियो । मान्छेले मान्छेमाथि गरिएका दानव एवं दास प्रवृत्तिले सिमा नाघ्दै जाँदाको कारण समाजमा गरिखाने, गरिव, निमुखाहरुको लागि स्वतन्त्रता त टाढाको कल्पना बाहिर थियो । सजिलोसँग बाँच्न समेत मानवताको अधिकारबाट बन्चित थिए । ठीक त्यही समय आज भन्दा २०७ वर्ष अगाडि सन् १८१८ –५० मै को दिन जर्मनको राइन प्रान्त दक्षिण प्रसियाको ट्रियर नामक शहरमा एउटा अलौकिक क्षमताले भरिपूर्ण भएको शक्तिशाली बालकको जन्म हुन्छ । सायद ती महान् दार्शनिक एवं वैज्ञानिक गरिव किसान, मजदुर, सर्वहारावर्ग, रगत, पसिना खर्चेर ज्युँनेहरुका लागि जीवनदाता हुन भन्ने कही कतैबाट त्यस्ता दानव प्रवृत्तिका मानवको रुप मात्र धारण गरेकाहरुले थाहा पाउन सकेको भए । ती महामानवको जन्म पनि असम्भव हुन्थ्यो होला रु जन्मे पनि शिशुमै हत्या भैसक्थ्यो होला ? संसारकै प्रथम महान् दार्शनिक एवं वैज्ञानिकको बाल्यकालले ती समाजका कलकं दानवको चियान खन्नका लागि तीव्ररुपमा दिन गन्दै थिए । उनको शिक्षा दिक्षाको लागि माता पिताले कुनै कमि हुन नदिने गरी व्यवस्थापन गर्दै गए । संयोग उनको अक्सिजन रुपि विश्वकै एक महान् लाखौं मध्यकी एक मात्र क्षमता युक्त नारी जेनीसँगको मिलन हुनु पनि विश्व कम्युनिष्ट आन्दोलन एवं सर्वहारा वर्गको लागि संयोग थियो । उनीहरु अलौकिक क्षमताका दुई वैज्ञानिक पात्रहरुको विद्यालयमा शिक्षा आर्जनकै समयबाटै जीवनमा नङ मासु जस्तै अलग रहन नसक्ने गरिको सम्बन्ध बढदै गयो । बालकका अभिभावकको इच्छा, चाहना आफु भन्दा सक्षम, दक्ष बनाउने सपना हुँदा हुँदै पनि उनीहरुको लक्ष्यमा फरक पर्न गयो । ती महान् बालकको लक्ष्यमा संसारका पीडित उत्पीडित गरिखाने सर्वहारा वर्गको मुक्तिको बाटोे रोजाइमा प¥यो र त्यही यात्रामा अघि बढदै गए । जसको नाम लिंदा पनि मन मस्तिस्क अन्तरआत्माबाटै शक्तिशाली उर्जा पैदा भएको अनुभूति हुन्छ । ती महान पुरुष कार्लमाक्र्स थिए । उनको क्षमताको बारेमा जो कोहीलाई काल्पनिक हुन सक्छ ? उनीभित्र भएको राजनैतिक, वैचारिक, शैद्धान्तिक एवं दर्शनकोे विषयमा आफना निकट सहयात्री मित्र एंगेल्सको सहयोगमा ३० वर्षको सानै उमेरमा तयार पारेको संसारकै मार्गदर्शक कम्युनिष्ट घोषणा पत्रले अहिले पनि संसार हल्लाएको छ । त्यसबाट वास्तविक अध्यता बनेर शिक्षा आर्जन गरेर उनको सिद्धान्तको मार्गमा हिंडन सक्नेले जीवन र जगतलाई बुझन बदल्न सके तिनीहरु मात्र माक्र्सवादका सच्चा अनुयायी एवं अध्यता बने र सफफताको शिखर चुम्नमा सफल भए । ती द्वय महान वैज्ञानिक एवं दार्शनिकहरु लेनिन र माओ थिए । उनीहरुले आम शोषित पीडित उत्पीडित वर्गीय मुक्तिको लागि ठूला ठूला वर्गबैरीका घेराहरु सजिलै तोडेर मुक्ति पनि दिलाए । खुशीको जीवन ज्यँुन सिकाए । आजको २१ आंै शताब्दिसम्म पनि माक्र्सवादी दर्शन सबैको लागि मार्गदर्शककै मूल्य मान्यतामा छ तर जस्ले माक्र्सवादको खोल ओढेर १)छल २) कपट ३)स्वार्थ ४)बेइमानी ५)दलाल ६)विचौलिया ७)भ्रस्टाचार ८)फुटाउ ९)कमाउ १०)मोज मस्तिको गलत सिद्धान्तको बाटो अँगालेर संसारको फेरि अर्को कुबेर बन्ने सपना बोकेर हिँडे अन्ततः तिनीहरु गन्तव्यविहिन बन्दै दलाल पुँजीवाद, साम्राज्यवादका निकट मतियार बन्दै उनीहरुकै इशारामा दलाल संसदवादको रसपानमा डुबेर देश र जनतालाई धोका दिए । ती दलालहरुको आशा, भरोसा, विस्वाशको भ्रममा परेर जीवनको बलिदानी गर्ने राष्ट्रका वीर योद्धाहरुको रगत र पसिना सबै खेर गयो । आज उनी र उनका परिवारको जीवन कुइरोको काग जस्तै गन्तब्यविहिन बन्यो । बाँच्ने आधार समेत सम्पूर्ण गुम्दै गयो ती माक्र्सवादको खोल ओढेका मौसम अनुसारको रङ बदल्नेहरुको कारण देश नै पुनः सामन्तवाद र साम्रज्यवादको घेराबन्दीमा परी राष्ट्र नै नरहने होकी भन्ने खतरा बढदै छ ।
वास्तवमा ती महान् दार्शनिक माक्र्सको जन्म नभएको भए आजको संसारसम्म आइपुग्दा हजारौं हिटलरहरुको जन्म भैरहन्थ्यो होला ?विश्व साम्राज्यवादले ठूला ठूला आतंकको घेराबन्दी गरेपनि मालेमावादका अनुयायी र अध्यताहरु अहिले पनि संसारमा अरबौको संख्यामा माक्र्सवादी सिद्धान्तमै अडिग छन् । अझै पनि विश्वका ठूला ४ वटा देशहरुले समाजवाद बचाउन सफल छन् । माक्र्सवादका सच्चा इमान्दार अध्यता क। माओसम्म आइपुग्दा विश्वका सयौं दलाल पुजीँवादीहरुको दिमाग मात्र चर्काएन तिनीहरुका हजारौं चियान पनि खनिए । दर्जनौं देशमा समाजवाद लागु भएको थियो । सयांै देशका गरिखाने वर्गले त्यही माक्र्सवादी दर्शनको हतियारको बलमा सानदार सफलता हाँसिल गरेका थिए । उक्त सिद्धान्तको हतियार सहि तरिकाले प्रयोग गर्नेहरु वर्गबैरी सँग नत झुक्न जान्यो न त हार्न जान्यो । सिद्धान्तमा अडिग क्रान्तिकारीहरु आआफनो सिद्धान्तमा नडगमगाएर युद्धमैदानमा यद्यपि रगतको खोलो बगाइरहेका छन् । आफनो मातृभूमिको रक्षाका लागि जीवन आहुति गर्नेको असख्य संख्या पुग्दासम्म झुकेका छैनन । विश्व साम्राज्यवाद दलाल पुजीँवाद विस्तारवाद नवफासीवाद, नवउदारवादले घेरावन्दी गर्दै तेस्रो विश्वयुद्धको तैयारी तीब्र पार्दै लगेको छ । वामपन्थी नामका झोलेहरु उनैका बलिया हतियार कठपुतली बनेर आधारभूत वर्गमाथि झुट र लुटको आतकं मच्चाउँदै गणतन्त्रको धज्जी उडाएर लुटतन्त्र मच्चाइरहेका छन् ।
यस्तै विभिन्न प्रकारका आतंक, अराजक, अपराध, भ्रष्टाचार, महगीं, मानवतस्करी मिटरब्याज लगाएतको घेराबन्दीबाट हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । अहिले नेपाल र नेपालीको राम्रो सुखद पक्ष भनेको शून्य छ । क.गाउँवस्ती युवाविनाको सुनसान छ । ख.बालीजन्य भूमिहरु प्लटिङ हँुदै भूमाफियाले तस्कर गरिरहेका छन्। ग.पुरखाले आर्जेका भूमिमा खर्सु, घयरु, अजमरी झार, उत्पादन हुन नदिने गाउँ समाजले नामाकरण गरेको माओवादी झारले पुरै ढाकेको छ । घ.पुर्खाहरुले बिताएका ती पुराना स्वास्थ्यबद्र्धक घरहरु धमिराको आहारा बनेका छन् । ङ.पुर्खाहरुले खाने अटमेटिक प्रशोधित मूलबाट बगेका झरनाहरु आफैमा अलपत्र छन् ।च. विचौलियाहरुले वन जगंल सखाप पारेर उजाड बनाएपछि बन्य जीववन्तु गाउँ वस्तीमा पसेर आतंक मच्चाइरहेका छन् । छ.देशको कुनै पनि क्षेत्रमा भ्रष्टाचारले सिमा नाघ्दै गयो । १. समाज बैमनुष्यता २.तिक्तता ३.गुट ४.फुट ५.भ्रष्ट ६.कमीसन ७.उत्पादन विहिन ८.मानब बेचविखन तस्करी ९.ठगि १०.महगीं ११.हत्या १२.हिम्सा १३. बलत्कार १४. चोरी १५. डकैति १५.लुटपाट लगाएतका अपराध जन्य चपेटाको दलदलमा फसेको छ । सिद्धान्तबाट चिप्लिइएकाहरु पछिल्लो चरणमा विगतमा जनतालाई दिएको धोकाको कारण अहिले जनताविनाका नेताको मात्र गुट उपगुटका पार्टीका नाम मात्र छोपेर परिवारले समेत साथ नदिए पछि पश्चाताप गर्दै गोहिको आँशु बगाउँदै छन् । विचार, सिद्धान्त सबै तिलान्जली दिएर जेल जानबाट बच्नका लागि विपक्षमा रहेर पनि कुनै विरोधका स्वरहरु नउठाउने गरि मुखमा चुकुल ठोकेर नतमस्तक भै बसेका छन् । जनताका आखाँमा छारो हाल्न फेरि पनि उनै भ्रमको खेती छर्दै ०८४ को मिसन भन्दै सपनाका तानाबाना बुन्दै छटपटाहटमा निद हरामको लुतो कनाउँदै रात गुजार्न बाध्य छन् ।
यस्तो दर्दनाक अवस्था देश र जनताले किन व्योर्होनु प¥यो ? वास्तविक कारण के ?
१.प्रमुख कारण जुन लक्ष्य उद्देश्य र सपना लिएर द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त विचार एवं माक्र्सवादको गहिरो अध्ययन गरेर पार्टीको आवश्यकतामा जीवन वलिदानी गर्ने अठोटका साथ वीर योद्धाहरु पंक्तिबद्ध भए । पार्टी नेतृत्वको पनि उत्तिकै भर विश्वास आशा अपेक्षा गरे तर नेतृत्वले बाहिर देखाउने र भित्रीरुपको दोहोरो द्वन्द्ववादी अवसरवादी योजनामा भ्रम पार्दै लगेर अन्तिममा क्रान्ति सम्पन्न हुन थालेकै अवस्थामा दलाल पुजीँवादको कठपुतली बनेर धोका दिदै गए । त्यसपछि पार्टी क्रान्ति ध्वस्त बन्न पुग्यो । पार्टीमा हुने प्रशिक्षण प्रतिबद्धता सबै नाटकीय रुपमा सन्चालन भएको प्रमाणित भयो । वास्तवमा मुखमा माक्र्सवाद मनमनमा दलाल पँुजीवादको मतियार दलाल संसदिय व्यवस्थाको रसपानमा पौडी खेल्ने विना सिद्धान्तको नाम भने महान कामभने अवसरवादीहरुको जत्था जस्तो बनाइयो । २. दुखको कुरा भन्नै पर्ने जस्तासुकै कोरा भाषण क्रान्तिकारिता देखाए पनि लक्ष्य उद्देश्य भनेकै जुझारु अर्थवादमै गएर सबै ध्वस्त भए अलि अलि भएको छवि, विचार सिद्धान्त सबैबाट स्खलन हँुदै गए । जस्को कारण साम्राज्यवाद लगायतका वर्गवैरीको आतंक बढदै गयो । अब सानो शक्तिले दुश्मनको पराजय हुन सक्दैन ।
यदि सच्चा इमान्दार क्रान्तिकारीहरुले समयमै बुझन सकिएन भने देशको भविष्य खतरनाक अवस्थामा जानेछ । विना राजनैतिक वैचारिक सैद्धान्तिक, माक्र्सवादी दर्शन, लेनिनवादी संगठनहरुको पद्धतिनै नभएकाहरुको गन्तब्य हुँदैन । उनीहरुको अबको अवस्था भनेको अन्तमा मात्र लफ्फाजी भित्रको दक्षीणपंथी संशोधनवादीहरुको हुल मात्र रहने निश्चित छ । यस्तै भविष्य देखेर क्रान्तिप्रति नेतृत्वको पनि इच्छा शक्ति हराउँदै गएको महसुस गर्दै त्यहाँ भित्र रहेका सही र इमान्दार क्रान्तिकारी नेतृत्व जसले त्यहाँसम्म पुराउनमा ठूलो योगदानगरेका थिए । त्यस्ता क्रान्तिकारी माक्र्सवादका सहि अध्यता दृढ सिद्धान्तका सतिशाल विचारमा अडिग व्यक्तित्वहरु त्यो हुलबाट अलग भएर क्रान्तिलाइ बचाउँदै ल्याएको इतिहासले प्रमाणित गरेको यद्यपि देख्न पाइन्छ । हाल क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नामाकरण गरेर क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै सफलताका साथ अघि बढेको छ । यही मार्गबाटै निश्चित रुपमा सर्वप्रथम जनवादी क्रान्तिको खुटकिलो पार गर्दै वैज्ञानिक समाजवाद हुँदै अन्तिम साम्यवादको गन्तव्यमा पुगिनेछ धन्यवाद ।