दलाल भ्रष्ट संसदीय निर्वाचन कसका लागि ?
लेखक– नारायणप्रसाद भण्डारी नेपालमा २०८२ भाद्र २३ र २४ गते जेनजी समूहद्वारा गरिएको आन्दोलनले मात्र ३ सुत्रीय माग अगाडि सारेर देशमा भैरहेको भ्रष्टाचार अन्त्य गर्ने, युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गरिनु पर्ने र सामाजिक सन्जाल बन्द गरिएकोमा त्यसलाई सन्चालनमा ल्याउनु पर्ने लगायतका विषयलाई लिएर सडकमा सरकारलाई ध्यान आर्कषण गर्न शान्त एवं भद्र किसिमको आन्दोलन आयोजना गरी विरोध प्रर्दशन गर्दै थिए । त्यस्तो शान्तिपूर्ण आन्दोलन सरकारलाई अपाच्य भयो । आन्दोलन दबाउने बाहनामा ती जेनजी समूहका प्रायः कलेज विद्यालयमा पढने उमेरका कलिला भविष्यका कर्णधारमाथि अन्धाधुन्द ताकी ताकी जहाँ हान्नै नपाउने स्थान छाती एवं टाउकोमा गोली हान्ने पानीको फोहोरामा बेहोस गराउँदै हत्या गर्ने…