नेतागणका दम्भ (विरासतमा) निर्वाचनको सुनामी ?

मानव जीवनमा कहिले काहीं नपत्ताएका घटनाहरु आईलाग्छन् । मान्छेले पनि कहिले काही आफ्ना पूर्खा आफन्त र स्वयं आफैलाई बिर्सेर एकोहोरो जता जता हावा बहन्छ । त्यतै त्यतै धरातल नै छोडेर माथि माथि उडेको महसुस गर्छ र तल भूँइमा देखिने सबै वस्तु आफू भन्दा धेरै सुक्ष्म देख्न थाल्छ । त्यति बेला उ कसैको विरासत कै रसि छोपेर त्यही रसिकै आड भरोसामा तलबाट माथि पुगेको हुन्छ तर उसलाई महशुस नै हुँदैन । म यहाँसम्म आउनमा आफनै शक्ति क्षमता एवं आर्शिवाद हो भन्ने दम्भमा आफु बसेको कुर्र्सी पद प्रतिष्ठा आफनै पैतृक सम्पत्ति एवं विरासत हो भन्ने ठान्द छ । त्यही हावाको कुर्सीमा बसेर कसैले सुनोस् नसुनोस् विस्वास गरोसु नगरोस् एकतर्फी सबैलाई प्रशिक्षण गर्छ कि तल बस्ने सबै नजान्ने हुन । भूँइ मान्छे हुन । यिनी सबै अनविज्ञ छन् भन्ने घमण्डको हावामा उडिरहेको समयमा के गर्ने ? के गर्दा राम्रो हुन्छ ? मेरा सहयोगी फेरि आवश्यक पर्छन पर्दैनन ? मेरो अघि पछि कोही पिछा गरेको छ छैन ? म बस्दै गरेको स्थानमा अन्य कसैको हक हुन्छ हुँदैन सबै भूल्छ त्यसरी भूलाउँने सबैले ताक्ने वस्तु भनेको कुर्सी हो । मानव जीवनलाई समाप्त पार्ने र्ईष्र्या डाह घमण्ड दम्भ लोभ मोह असक्षमता अर्काको बहकाव आर्थिक प्रतिको लालचा कायरता परस्त्री यिनी सबै मानिसका परम दुश्मन हुन । अहिले २०८२ भाद्र २३, २४ देखि २०८२ फागुन २१ सम्मको अवस्था भनेको कसैले नसोचेको कल्पनासम्म गर्न नसकेको कंकट मरुभूमि जस्तो स्थानमा ठूलो निर्वाचनको सुनामी भेल आयो र ती सबैका आ–आफना पैतृक एवं आफनै विरासत कुर्र्सी दम्भ घमण्ड जोशिलो रसिलो बलिया सपनाका महलहरु समाप्त हुने गरी एकै चोटि बढार्ने गरी आएको निर्वाचनको सुनामीले सत्तामा जरा गाडेर कुर्लनेहरुका विरासत पद प्रतिष्ठा सपनाका महल सबै एकसाथ नाम निसाना नै समाप्त हुने गरी बगाएर लाग्यो ।
१) नेपालमा अति बलियो २५० वर्षको सामन्ती शासन राजतन्त्र १०४ वर्षको राणा शासन बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै गणतन्त्रसम्म र हालै २०८२ भाद्र २३, २४ को जेनजी विद्रोह किन जन्म्यो र अहिलेसम्मका कसका विरासत मान प्रतिष्ठा सपनाका महल कसरी चक्नाचुर भए ?
नेपालमा नेपाली जनताले दर्जनौं पटक जनहित राष्ट्र हितका विभिन्न एजेण्डा बोकेर विभिन्न समयमा धेरै नेतृत्वलाई अगाडि सारेर रगत पसिना आफनो गृहस्थ जीवन आफ्ना सन्तान आफन्त जन आफ्नो पैतृक सम्पत्ति सबै गुमाएर खुल्ला आकाश खुल्ला संसार नै आफनो मानेर आफनो निजी जीवन भन्दा साझा संसारको सपनामा हजारौ ंयोद्धाहरुले बलिदानी गरे । त्यति बेलाका संघर्षको दौडानमा उनीहरुले देश जनताको लागि थुप्रै सपना बाँडे तिनै सपनाको पक्षमा लाखौं राष्ट्रसेवक लामबद्ध भए त्यसरी लामबद्ध हुनेहरु कोहि सहीद बने कोहि बेपत्ता अपांग, घाइते घर गृहस्थ विहिन आफन्तविहिन सडक छापसम्म बने । कोहि अवसरवादी अन्तर्घाती संशोधनवादी दलाल धोकेबाज स्वार्थी बेइमानी ढाँट छलकपटका जालीहरुले आफनै स्वार्थका तानाबाना बुन्दै गए । जब घातकीहरुले मौका पाए तब गर्नु पर्ने हर्कत केही बाँकी नराखेर राष्ट्र राष्ट्रियता नैतिकता इमान्दारीता कर्तव्यता इज्जत छवि राष्ट्रका प्राकृतिक कृतिम सार्वजनिक सम्पदा जल जमिन जंगल जहाँ तही जताततै भ्रष्टै भ्रष्ट गरेर सबै समाप्त पारे देश पूरै बृद्धा आश्रम बनाए । ती जाली फटाहा तस्कर माफियाहरुको निजी आफन्तको जीवन कल्पना भन्दा धेरै माथि पुग्यो तर देश र जनताको पक्षमा थोरै पनि सोचेनन । अत्याचारले सिमा नाघे पछि ०८२ भाद्र २३, २४ को जेनजी विद्रोह यिनै भ्रष्टचारीको कारण जन्मन पुग्यो ।
२)जेनजी आन्दोलन र जेनजीको नाममा भएको विद्रोहका २ वटा पाटा थिए । भाद्र २३ ले जनता जगायो जनताका जल्दाबल्दा समस्या झकझकायो तर भाद्र २४ ले देश खरानी बनायो । भाद्र २४को भेल भित्र अनगिन्ति विषाक्त वस्तुको मिश्रण छ । जो अहिले प्रमाणित हँुदैछ ।
३) विरासत के हो ? यसको राजनीति एवं समाजसँग कस्तो प्रकारको सम्बन्ध हुन्छ ?
क) राजतन्त्र राजपरिवारको विरासत पृथ्वीनारायण शाहले २२ से २४ राज्यलाई एकतामा शुत्रपात गरे । एकताका प्रतिकको रुपमा स्थापित भए । उक्त विरासतको आडमा २५० वर्षसम्म कसैले ढाल्न सकेन आखिर दरबार काण्ड आन्तरिक पारिवारिक कलह घमण्ड अहमता ऐस आराम विलासिता र जनयुद्ध जनआन्दोलनले विरासत समाप्त पा¥यो तर अहिले पनि ज्ञानेन्द्रको र पन्चेहरुको चुरिफुरी पृथ्वीनारायण त्रिभूवन महेन्द्रले कु गरेको पंचायतकालीन कालारात्रीको सपना देखेर खोसिएको हराएको विरासत मरिसकेको लास निर्जीव खरानीलाई ब्यँुताउन राजा र पन्चे न्वारनदेखिको बल प्रयोग गरेर मरिहत्ते गर्दै छन् । पन्चे राजा राजतन्त्र सबै १० वर्षे जनयुद्ध र २०६२÷०६३ को १९ दिने जनआन्दोलनले नै समाप्त पारिसकेकोलाई । अब ब्यँुताउन खोज्नु कोरो कल्पना एवं दिवा सपना मात्र हो ।

ग) नेपाली काँग्रेस, एमाले, माओवादीको विरासत नेपालमा २००४ सालमा राष्ट्रिय, कांग्रेस र काँग्रेस मिलेर नेपाली कांग्रेस बन्यो । काँग्रेसको पृष्ठपोषणका लागि कोइराला परिवार त्यसमा पनि विपीको ठूलो बलिदानी एवं योगदान छ । २०४८ सालसम्मको अवस्था निकै चर्चित स्थापित नेपालको ढुंगा, माटो, रुख वृक्ष सबै एकलौटी एकाधिकार छत्रछाया सबै काग्रेसमय थियो ।जब यिनीहरुमा सत्ताको मात चढयो सबैमा अवसरवाद हावी भयो । त्यसपछि २०४८को एकमाना सरकार ढालेर मध्यावधि चुनावमा गए । कांग्रेसको विरासत गिरीजासगंै ७० प्रतिसत उतिबेलै संगै गयो । बचेकुचेको जनयुद्ध पछि शेरबहादुर देउवाको विना पिधको लोटा जस्तै कहिले प्रचण्ड कहिले केपीको पिछलग्गु हँुदै जाँदा अन्तिम ०८२ भाद्र २३,२४ को जेनजी विद्रोह भित्रको घुसपैठ विचौलियाले उनीमाथि गरेको सांघातिक हमलासंगै काँग्रेस भन्ने जातले अहिलेसम्म विपीको नाम भजाएर खाएको विरासत सबै चुक्ता भयो । यसको कारण पनि भ्रष्टाचार दम्भ घमण्ड र शेरबहादुर देउवाको असक्षमता आर्जुको राणा प्रवृत्ति नै कारक तत्व हो ।
अर्को शक्ति एमाले नामको पार्टीको विरासत कसरी समाप्त भयो ? नेपालमा २००६ सालमा मनमोहन अधिकारीको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी जन्मकालबाटै विवादित विभाजित हँुदै आयो । २००७सालमा कांग्रेससँग मिलेर थोरै भूमिका निभायो । २०२८ सालमा झापाको अपराधिक घटनाबाट स्थापित पार्टीमा मनमोहनको विरासत भजाएर खाए त्यसपछिको ऐतिहासिक विरासत मदन भण्डारीले पार्टी मजबुत बनाएर बनाउँदै थिए । उनको पनि हत्या भयो तर उनकै जवजको नामबाट मोजमस्ति ऐस आराम भ्रष्टचार निजी सम्पत्तिबाट विलासिता अतिचार अत्याचार गर्दै मात्तेको एमाले, केपीको हातमा पुगेपछि । उनका कार्यकर्ता मनागें, घैटे, बस्नेत जस्ता महामहिमहरुको जत्था लगायतको टिमले कुनै हर्कत बाँकी राखेनन् उनीहरु सँगको दम्भ अराजक हत्या हिंसा लुटपाट बलात्कार, कमिसन, नातावाद, कृपावाद र उनी स्वयं सत्ता रागों मत्त हात्ति एवं बाइपखिं हावाको घोडामा उडन खोज्दा जेनजीको जन्म भयो त्यहिबाटै अलिअलि बचेकुचेको इज्जत नैतिकता विरासत सबै २०८२ सालको फागुन २१ मा भएको निर्वाचनको सुनामीले बढारेर लाग्यो । अब फेरि चुरिफरी गर्नु भनेको राजतन्त्र र पन्चेहरुको दिवा सपनासंग यात्रा गर्नु हो त्यसपछि लगत्तै उदाएको माओवादी शक्ति ।
नेकपा माओवादीको विरासत जनयुद्धले नै स्थापित गरेको हो । जसको गुरुयोजनाकार क. किरण हुन भने फिल्डको हिरो क. प्रचण्ड हुन । जतिबेला किरण कमरेड वि.सं. २०५८ तिर भारतमा जेल पर्नुभो त्यतिबेलै चुनवाङमा पार्टीका बैठक बस्यो । त्यहाँ नाटक मन्चन भयो कहाँ कसका गल्ती थिए । ती गल्ती पखाल्न रुवावासी भएको सुनाइन्थ्यो । जे सुनाए पनि पार्टीको रणनीति कार्यनीति नै गलत भयो र पार्टीले लिएका कार्यदिशाबाट देश जनता सबैलाई धोका भयो । पार्टी बिग्रिंदै गयो । नेता, कार्यकर्ता नीजि जीवनको बाटोतिर धकेलिए त्यसपछि क्रमशः पार्टीको भविष्य अन्धकार हुँदै गयो । अहिले एउटा पार्टी फुटेर दर्जनांै भए । विगतका वर्गीय दुश्मन आफ्ना बने आफ्ना कार्यकर्ता टाढिंदै गए । नेपालकै पहिलो पार्टीको विरासत हराउँदै घटदै जाँदा जाँदै भ्रष्टचार कमिसन अराजक चोर ढाँट दम्भ घमणड सबैको परिणाम ०८२ सम्म आइपुग्दा पुराना पार्टी त्यसका नेतागण सबैका विरासत त समाप्त भए तर अब राष्ट्रियता के हुने हो सर्वत्र चिन्ताको विषय बन्न पुग्यो ।
अन्तमा नेपालमा जेनजी को जन्म र विकाशमा ठूलो पृष्ठपोषण दिने काम १ न मा माओवादी हो किनभने काग्रेस एमाले, राजतन्त्र प्रति अविश्वास पैदा भएकै कारण माओवादीको जन्म भएको थियो र जनताले पनि माओवादी प्रति विस्वास गरेकै कारण युद्ध जनआन्दोलनमा जनताले बलिदानी गरेका थिए । विस्तारै माओवादी नै विग्रेर देश र जनतालाई धोका दिए पछि माओवादी प्रति वितृष्णा पैदा भयो । त्यसपछि फेरि उनै जनताले नचाहेका कांग्रेस, एमाले अघि सारे । त्यसपछि जेनजीको जन्म भयो । हुर्काउने बढाउने रिष्ट पुष्ट बनाउने काम कांग्रेस, एमालेबाट भयो । जस्को परिणाम २०८२ भाद्र २३,२४ जन्म्यो र विकल्पको रुपमा केहि सीप नलागे पछि जनताले रास्वपा रोज्न बाध्य भए । समयलाई चिन्न नसक्दा कांग्रेस माओवादी र एमालेसँग रहेको आजसम्मको इज्जत विरासत नैतिकता इमान्दारिता दम्भ घमण्ड सबै एकैचोटि नपत्ताएको २०८२ पागुण २१ को निवार्चनका सुनामीले सबै बढारेर लाग्यो । अहिले रास्वपाको चमत्कार देखेर अचम्म पर्नु पर्दैन पहिलेकै निरन्तरता हो । धन्यवाद ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?