राष्ट्रिय

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा कार्की नेतृत्वको सरकार गठन भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन बहिष्कार गर्दै सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने नीति तय गरेको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने पनि निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज मंसिर ७ गते देशैभर भण्डाफोर जनसभा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आज मंसिर ७ गते देशैभर भण्डाफोर जनसभा

काठमाडौं : सुशिला कार्की नेतृत्वको वर्तमान साम्राज्यवादी तथा विस्तारवादीहरुको कठ्पुलती सरकारलाई अपदस्त गरी साम्राज्यवाद र विस्तारवादविरोधी सच्चा देशभक्त, प्रगतिशील तथा क्रान्तिकारी शक्तिहरुको नेतृत्वमा संयुक्त स्वाधीन सरकारको गठन गर्न सार्वजनिक आव्हान र अपिल गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाले मंसिर ७ गते देशव्यापी रुपमा भण्डाफोर जनसभाको आयोजना गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मंसिर ७ गते महेन्द्रनगर, धनगढी सुर्खेत, घोराही, बुटवल, बागलुङबजार, पोखरा, भरतपुर, विदुर, काठमाडौं, धुलिखेल, विरगञ्ज, धनुषा, गाईघाट, धरान र विराटनगरमा जनसभाहरुको आयोजना गरेको हो । जनसभालाई पार्टी महासचिवसहित स्थायी समिति सदस्यहरु र पोलिटब्यूरो सदस्यहरुले वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हेडक्वार्टर स्रोतका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे  अपील

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे अपील

साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिवादको विरोध गरौं !, स्वाधीन संयुक्त सरकार गठन गरौं !! लामो समयदेखि देशले भोग्दै आएको भ्रष्टाचार, कुशासन, ठगी, महङ्गी, कालोबजारी, मानवतस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा, हत्या आदि जस्ता अत्यन्त जनघाती तथा राष्ट्रघाती कार्यका विरुद्ध आम जनताले आवाज उठाइरहेका बेला जेन–जेड पुस्ताले भ्रष्टाचार र सामाजिक संजालमाथिको प्रतिबन्धको विषय उठाई भदौ २३ गते शान्तिपूर्ण विरोधको थालनी ग¥यो । उक्त न्यायपूर्ण विरोधलाई दबाउन नेपाल सरकार पाशविक तथा फासिवादी दमनमा उत्रियो । दर्जनौं युवाहरू मारिए । त्यसमाथि, अमेरिकी साम्राज्यवादद्वारा सञ्चालित आइएनजीओका नाइकेहरूले वास्तविक देशभक्त जेन–जेडलाई पछाडि धकेलेर कथित जेन–जेडको नाममा गराइएको विध्वंशका कारण देशले भदौ २४ गतेको दुःखद परिणाम भोग्नुप¥यो ।…
Read More
स्वाधीन संयुक्त सरकारको माग राख्दै देशैभरी काेणसभा

स्वाधीन संयुक्त सरकारको माग राख्दै देशैभरी काेणसभा

काठमाडाैँ : साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं ! भन्ने मूल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले स्थानीय तहमा देशब्यापी बिरोध प्रदर्शन गर्ने क्रममा आज निम्न स्थानहरुमा कालो ब्यानर सहित कम्युनिस्ट पार्टीको झण्डा बोकेर विभिन्न बिरोध प्रदर्शन कार्यक्रमहरु सम्पन्न गरिएका समाचारहरु प्राप्त भएका छन् । काठमाडौं क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालव्दारा काठमाडौं महानगरपालिकाले असन चोकमा शुक्रबार कोणसभा सम्पन्न गरिएको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको बताइएको छ । साम्राज्यवाद–बिस्तारवाद, यथास्थिति र प्रतिगमनको विकल्प स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर विरोध स्वरुप कोणसभा आयोजना गरेको र यस महानगरमा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषणा गर्याे चरणबद्ध संघर्षको कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले घोषणा गर्याे चरणबद्ध संघर्षको कार्यक्रम

स्वाधीन संयुक्त सरकार र जनसंविधानका लागि संघर्षको घोषणा‘साम्राज्यवाद, प्रतिगमन तथा यथास्थितिको विरोध गरौं! स्वाधीन संयुक्त सरकार गठन गरौं !'काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकार र संविधानको लागि संघर्षको घोषणा गरेको छ । आइतबार काठमाडौंको घट्टेकुलोस्थित संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी संघर्षका कार्यक्रमको घोषणा गरिएको हो ।पार्टीका महासचिव सिपी गजुरेल‘गौरव’ले विगतका सरकारका भ्रष्टाचार, कुशासन र तत्कालीन प्रधानमन्त्री केपी ओलीको तानाशाही प्रवृत्तिका कारण जेन्जी बिद्रोह भएको चर्चा बताउँदै जेनजी विद्रोहपछि बनेको सरकार पनि विदेशीको कठ्पुलती भएकोले राष्ट्रिय स्वाधीनत संयुक्त सरकारको नारा अगाडि सारिएको स्पष्ट पार्नुभयो । पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यत्रो ठूलो बिद्रोहबाट बनेको सरकारबाट पनि…
Read More
आज कात्तिक ११ गते माइतीघरमा दिउँसो १ बजे प्रदर्शन गर्दै

आज कात्तिक ११ गते माइतीघरमा दिउँसो १ बजे प्रदर्शन गर्दै

काठमाडौं : विभिन्न वामपन्थी, देशभक्त तथा जनवादी पार्टी तथा संगठनहरुको आयोजनामा कार्तिक ११ गते माइतीघरमा प्रदर्शन हुने भएको छ । दिउँसो १ बजे उक्त प्रदर्शन गरिने आयोजकहरुले जनाएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (बहुमत),वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा(माक्र्सवादी पुष्पलाल),प्रतिरोध आन्दोलन,समृद्धि पार्टी लगायतका दल र संगठनहरुले उक्त प्रदर्शन गर्न थालेका हुन । “साम्राज्यवाद, प्रतिगमन,र यथास्थितिवादको प्रतिरोध गरौं ! राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एक जुट होऔं !!” भन्ने नारा सहित प्रदर्शन गरिने भएको छ ।
Read More
अखिल नेपाल आदिवासी जनजाति महासंघले दिए नेपाल सम्बत ११४६ को शुभकामना

अखिल नेपाल आदिवासी जनजाति महासंघले दिए नेपाल सम्बत ११४६ को शुभकामना

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पवन मान श्रेष्ठले नेपाल सम्बत्को नयाँ वर्ष ११४६ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । शुुभकामना वक्तव्य मार्फत उहाँले सो शुभकामना दिनुु भएको हो । वक्तव्य निम्न अनुुसार छ – “नेस ११४६ कछलाथ्वः पारु(इस २०२५ अक्टोबर २२)(बिस २०८२ कार्तिक ५)विषय ः शुभकामना बक्तव्य ।नेपाल सम्बत्को नयाँ वर्ष ११४६ हाम्रो ढोकैमा आइपुगेको छ । नेपाल सम्बत्का प्रवर्तक सर्वसाधारण श्री शंखधर साख्वाःद्वारां जनताको ऋण तिरेर देशको नाममा स्थापित गरिएको सम्बत् हो । ११४६ वर्ष अगाडि शुरु भएको नेपाल सम्बत् राष्ट्रियता र जनकल्याणले भरिपूर्ण गौरवशाली राष्ट्रिय जनसम्बत् हो । नेपालीहरुको चाडपर्व तिहार अन्तर्गत…
Read More
अर्घाखाँचीमा देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न विषयक अन्तरक्रिया सम्पन्न

अर्घाखाँचीमा देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न विषयक अन्तरक्रिया सम्पन्न

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा देशको राजनीतिक परिस्थिति र निकास विषयक अन्तरक्रिया कार्यक्रम जिल्ला सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ। अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्त बहादुरनेपालीले मुलुकको राजनीति गम्भीर परिस्थितिमा पुगेको जिकिर गर्नुभएको छ । स्थिरराजनितिक अवस्थामा गुज्रिएको नेपाल जेनजी पुस्ताको आन्दोलन पश्चातथप कमजोर अवस्थामा पुगेको उहाँको तर्क छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले शुक्रबार सन्धिखर्कमा आयोजना गरेको देशको राजनितिक परिस्थिति र निकासको प्रश्न बिषयकअन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेता नेपालीले यस्तोबताउनुभएको हो । विशम् परिस्थितिबाट मुलुकलाई राजनितिकका निम्ती सबै दल, जेनजी रराष्ट्रप्रेमी नेपालीहरुको एउटै मोर्चा बनाउनुपर्नेमा उहाँको…
Read More
आगजनी, लुटपाटमा संलग्न र सुधन गुरुङलाई कारबाही गर्नुपर्छ – जेनजी अगुवा सहनी

आगजनी, लुटपाटमा संलग्न र सुधन गुरुङलाई कारबाही गर्नुपर्छ – जेनजी अगुवा सहनी

काठमाडौँ : जेनजी अगुवा कृष्णमोहन सहनीले नक्कली जेनजीको नामा आगजनी, लुटपाट र अराजकता मच्चाउनेलाई कारवाहीको दायरामा नल्याएसम्म स्थिरता बन्न नसक्ने बताएका छन् । उनले जेनजीको नाममा अराजक कार्य गरिरहेको भन्दै सुधन गुरुङ र डा .निकोलस भुसाललाई कानुनको दायरमा ल्याउनुपर्ने बताए । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै सहनीले भने, ‘जेनजीको नाममा अराजकता मच्चाइरहेका सुधन गुरुङ र निकोलस भुसाललाई कानुनको दायरामा ल्याउनुपर्छ, नत्र स्थिरता आउँदैन । त्यस्तै, जेनजीको नाममा अगजनी र लुटपाट गर्नेलाई कारवाही गर्नुपर्छ ।’ प्रधानमन्त्री सुशीला कार्कीले जेन वाईको दबाबमा जेनजीको पक्षमा काम नगरेको बताए । उनले जेनजीको पक्षमा काम गर्न नसक्ने भए प्रधानमन्त्री कार्कीले तुरुन्त राजिनामा दिनुपर्ने…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नं. ब्युरोले भन्याे ‘बाढी, पहिरो पीडितहरुलाई राहत, उद्धार र निशुल्क उपचार तथा बेपत्ताको खाेजी गर !’

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नं. ब्युरोले भन्याे ‘बाढी, पहिरो पीडितहरुलाई राहत, उद्धार र निशुल्क उपचार तथा बेपत्ताको खाेजी गर !’

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६नं व्यूरोले बाढी, पहिरो पीडितहरुलाई राहत, उद्धार र निशुल्क उपचार तथा वेपत्ताको शीघ्र खोजी गर्न माग गरेको छ ।१६नं व्यूूरोका सेक्रेटरी विद्राहीले २०८२ असोज २० गते एक वक्तव्य जारी गरी सो माग गर्नु भएको हो । वक्तव्यको पूर्णपाठ यसप्रकार छ– “यहि २०८२ असोज १८ देखि परेको भारी वर्षाका कारण ,बाढी ,पहिरो र डुुबानबाट भएको ठूलो जनधनको क्षतिप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६नं व्यूरो गहिरो दुःख व्यक्त गर्दछ । बाढी पहिरोमा परेर इलाम जिल्लामा मात्रै३७ जना ,पाँचथर र मोरङमा २,२ जना मृत्युभैसकेको तथ्याङक सार्वजनिक भैसकेकोे छ । यस्तै असोज १८ गते गाडी दूूर्घटनाबाट ६जनाको मृत्यु…
Read More