आखिल नेपाल आदिवासी जनजाति महासंघले गर्याे यस्ताे निर्णय

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासंघको माघ २५ र २६ मा रुपन्देही जिल्लाको बुटवल नगरमा भव्यतापूर्वक सम्पन्न भएको राष्ट्रिय भेलाले फागुन २१ को चुनाव बहिस्कार गरी स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ । भेलाले पारित गरेका महत्वपूर्ण निर्णयहरुको सार्वजनिक जानकारीको लागि संयोजक पवनमान श्रेष्ठले माघ २७ मा जारी गरेको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, ‘राष्ट्रिय परिस्थितिमा दलाल तथा नोकरशाही पूँजीवाद र सामन्तवादसँग नेपाली जनताको अन्तरविरोध आन्तरिक रुपमा प्रधान अन्तरविरोध रहेको । देश मुलतः नवऔपनिवेशिक अवस्थामा रहेको । साम्राज्यवादी कठपुतली सरकारद्वारा आयोजित फागुण २१ गतेको चुनाव बहिष्कार गरी स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्ने ।”

पाँच बुँदे वक्तव्यमा भनिएको छ, “१. “विदेशी कठपुतली सरकारको विकल्पमा स्वाधीन संयुक्त सरकार निर्माण गर्न संघर्ष गरौँ ! आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृति र पहिचानसहित संघीयताको लागि संघर्ष गरौँ !! अखिल नेपाल आदिवासी जनजाति महासंघको राष्ट्रिय भेला भव्य रुपमा सफल पारौँ !!!” शीर्षकको मूल नाराससहितको राष्ट्रिय भेलाको उद्घाटन प्रमुख अतिथी आदिवासी जनजाति नेता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य क.सीताराम तामाङबाट मैनबत्ती बालेर गरियो र उहाँबाट आदिवासी जनजातिमाथिको उत्पीडन र मुक्तिका लागि सबै उत्पीडित आदिवासी जनजाति एक भएर संघर्ष गर्नु पर्ने कुरामा जोड दिदैँ राष्ट्रिय भेला भव्यताका साथ सफल होस् भनी शुभकामनासहित उद्घाटन मन्तव्य दिइयो । त्यसै गरी विशेष अतिथीको स्थानबाट क्रान्तिकारी कम्युनिष्ट पार्टीका स्थायी समितिका सदस्य क. सन्त बहादुर नेपाली लगायत अन्य जनवर्गीय संगठनबाट उपस्थित अतिथी कमरेडहरुबाट पनि भेलाको सफलताको शुभकामना मन्तव्य दिइयो । भेलाको अध्यक्षता महासंघका अध्यक्ष क.पवन मान श्रेष्ठ र संचालन कोषाध्यक्ष क. भरत बुर्जा र स्वागत मन्तव्य सचिव क. शिव श्रेष्ठबाट गरियो ।

२. क कमल थारुको अध्यक्षतामा बनेको ५ जनाको अध्यक्ष मण्डलका सदस्यहरु क. सुरेश श्रेष्ठ, क. श्याम कुमाल, क. तेज कुमारी थापा र क. बाबुलाल लोप्चनद्वारा पालै पालो बन्द सेसन संचालन गर्ने काम भएको छ ।
३. राष्ट्रिय भेलाको बन्द सेसनमा उपस्थित जातीय मोर्चाहरुबाट ती जातिका समस्यालगायत संगठनात्मक रिपोर्ट राख्ने काम भयो ।

४. महासंघका अध्यक्षबाट बन्द सेसनमा प्रतिवेदन पेस गर्ने काम भयो । प्रतिवेदनमा १० वटा उपशीर्षक रहेको । प्रतिवेदनमाथि छलफल भई आएका सुझावलाई आवश्यकता अनुसार समेटिने गरी एक मतले पारित गरिएको छ ।
क. प्रतिवेदनको अन्तर्राष्ट्रिय उपशीर्षकमा विश्व बहुध्रुबीय रहेको, साम्राज्यवादी अन्तरविरोध विश्वयुद्ध हुने स्तरमा विकास नभई सकेको, साम्राज्यवाद तथा उत्पीडित राष्ट्रका जनता बीचको अन्तरविरोध नै प्रधान रहेको निष्कर्ष ।
ख. राष्ट्रिय परिस्थितिमा दलाल तथा नोकरशाही पूँजीवाद र सामन्तवादसँग नेपाली जनताको अन्तरविरोध आन्तरिक रुपमा प्रधान अन्तरविरोध रहेको । देश मुलतः नवऔपनिवेशिक अवस्थामा रहेको । साम्राज्यवादी कठपुतली सरकारद्वारा आयोजित फागुण २१ गतेको चुनाव बहिष्कार गरी स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्ने ।

ग. नेपालको जातीय स्थितिमा आदिवासी जनजातिमाथिको उत्पीडन र थिचोमिचोको प्रमुख कारण आन्तरिक रुपमा सामन्ती ब्रम्हाणवाद र बाह्य रुपमा साम्राज्यवाद रहेको । उत्पीडनबाट मुक्तिका लागि आत्मनिर्णयको अधिकारको सैद्धान्तिक स्वीकृतिसहित पहिचान र सामथ्र्यका आधारमा संघीयता, स्वायत्तता तथा स्वशासनसहित प्रदेश, क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको निर्माण गर्न संघर्ष गर्ने । यस आधारमा ११ प्रदेशसहितको संघीय राज्य निर्माण गर्ने ।
घ. भेलामा ११ आदिवासी जनजाति सहभागी रहेको र आगामी दिनमा सुचिकृत ५९ आदिवासी जनजातिलाई संगठित गर्नँँ पहल गरी मजबुट संगठन निर्माण र सशक्त संघर्षको उठानको उद्देश्यसहित एक वर्षमा महासंघको राष्ट्रिय सम्मेलन गर्ने गरी क.पवन मान श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण गरिएको छ ।

ङ. भेलाद्वारा समसमायिक प्रस्तावहरु पास गरिएका छन् । जुन यसैसाथ संलग्न गरिएको छ ।

५. अन्तमा बन्द सत्र समापनपछि गगनभेदी नारासहित भेला भव्य रुपमा समापन भयो ।”

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?