अन्तर्राष्ट्रिय

दिल्लीमा प्रगतिशील तीजको कार्यक्रम सम्पन्न

दिल्लीमा प्रगतिशील तीजको कार्यक्रम सम्पन्न

दिल्ली : अखिल भारत नेपाली एकता समाजको पश्चिम उत्तर क्षेत्रीय महिला समितिकोआयोजनामा १ सेप्टेम्बर २०२४ का दिन प्रगतिशील तीज गीत कार्यक्रम दिल्लीमा सम्पन्न गरिएको छ। कार्यक्रमको संचालक सकुन्तला भुषाल, अध्यक्षता कमला भुषालले गरेका थिए । अतिथिको आशन ग्रहणपछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलार्इ शब्दबाट गिता पौडेल र संगीतबाट रक्तिमका कलाकारले स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा र केन्द्रीय सदस्य सिमा क्षेत्रीले दिप प्रज्ज्वलन गरेर प्रगतिशील तीज कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रम सफलताको शुभकामना दिनेहरुमा खेम न्यौपाने, भूमिसरा बुढा, थम्मन थापा, मधु भुषाल, बिनीमाधव पौडेल, कोष प्रसाद पौडेल, विद्यार्थी…
Read More
ओली सरकार दलाल पुँजीवादीहरूको सरकार भएको पुष्टि  : प्रवक्ता सुदर्शन

ओली सरकार दलाल पुँजीवादीहरूको सरकार भएको पुष्टि : प्रवक्ता सुदर्शन

काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय प्रवक्ता तथा केन्द्रीय कार्यालय सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन'ले वर्तमान ओली सरकार जनताको सरकार नभएर दलाल पुँजीवादीहरूको सरकार हो भन्ने कुरा पुष्टि भएको बताउनु भएको छ । सुदर्शन, प्रवक्ता, केन्द्रीय कार्यालय सदस्य एवं इन्चार्ज ३ नं. प्रदेश, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पार्टीले साेमबार काठमाडौमा अयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता सुदर्शनले सो कुरा वताउनु भएको हो । सुदर्शनले स्पष्ट गर्नु भयो, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान काङ्ग्रेस–एमाले गठबन्धनको सरकार बनाउन रामेश्वर थापाको महत्वपूर्ण भूमिका रहेको स्वीकारेका छन् । रामेश्वर थापा दलाल पुँजीपति हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ । काङ्ग्रेस र एमालेले आफ्नो…
Read More
इजरायलमा देशव्यापी आमहडताल,प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

इजरायलमा देशव्यापी आमहडताल,प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

एजेन्सी/तेल अभिभ : इजरायलमा देशव्यापी आमहडताल जारी रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिन यो हडतालको आयोजना गरिएको हो । हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकहरुको मृत्यु भएपछि ब्यापक जनआक्रोश रहेको छ । यसैबिच देशको सबैभन्दा ठुलो मजदुर संगठन हिटाडरुटले यो हडतालको आयोजना गरेको हो । तेल अभिभसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनकारीहरूले तेल अभिभको एक मुख्य क्षेत्रलाई रोकेका छन् । तथ्याङ्कमा हाल हमासको कब्जामा १ सय १ जना बन्धक रहेका छन् । यसमध्ये, ३५ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । १ सय १ जनामध्ये…
Read More
अखिल भारत नेपाली एकता समाजमा मूल प्रवाहका दर्जनौं सदस्यहरू प्रवेश

अखिल भारत नेपाली एकता समाजमा मूल प्रवाहका दर्जनौं सदस्यहरू प्रवेश

महेन्द्र बस्याल/लखनउ, भारत : भारतमा कार्यरत नेपाली मजदुरहरुको प्रमुख संगठन अखिल भारत नेपाली एकता समाजमा मूलप्रवाहका दर्जनौं सदस्यहरु प्रवेश गरेका छन् । २८ अगस्त २०२४ का दिन एक बृहत भेलामा उनीहरु मूलप्रवाह परित्याग गरी अखिलभारत नेपाली एकता समाजमा प्रवेश गरेका हुन् । अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य विकास थापा र बसन्त वलीको पहल र केन्द्रीय सचिवालय सदस्य धनविर सुनारको विषेश उपस्थितिमा भारतको लखनउ शहरमा कार्यरत नेपाली मजदूरहरूबीच २८ अगस्त २०२४ का दिन एक बृहत भेला सम्पन्न भएको थियो ।उक्त भेलामा मूल प्रवाहका दर्जनौ सदस्यहरूले मूल प्रवाहको माउ पार्टी राष्ट्रिय जनमोर्चा र ने.क.पा (मसाल) ले जनताको हितमा भन्दा पनि…
Read More
एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक सम्पन्न : २० गते पत्रकार सम्मेलन गर्ने, प्रचार प्रसारलाई व्यापक बनाइने

एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक सम्पन्न : २० गते पत्रकार सम्मेलन गर्ने, प्रचार प्रसारलाई व्यापक बनाइने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मंसिर १३ देखि २३ सम्म गरिने एकता महाधिवेशनको प्रचार प्रसारलाई व्यापक बनाउने तयारी गरिएको छ । महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीको एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक बुधबार साँझ सम्पन्न भएको छ ।समितिका संयोजक रामसिंह श्रीसको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली लगायत २२ जना नेताहरुको उपस्थिति रहेको थियो । बैठकले भदौं २० गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने, भदौ मसान्तसम्ममा झापाको काँकडभिट्टा, मोरङको जोगमुनी, सुनसरीको इटहरी, रसुवाको रसुवागढी, पर्साको वीरगञ्ज, रुपन्देहीको सुनौली, कृष्णनगर, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, मुस्ताङको कोरला, काभ्रेको साँगा, काठमाडौंको नाकढुंगा, ललितपुरको कुलेखानी, एअरपोर्ट लगायतका स्थानमा होल्डिङ…
Read More
युएई नेपाली एकता समाजको विगत र यसको भूमिका

युएई नेपाली एकता समाजको विगत र यसको भूमिका

संयुक्त अरब ईमिरेट्स नेपाली एकता समाजको स्थापना भएको पनि २६ वर्ष पुगिसकेको छ । यसको स्थापना गर्दा १९९८ मा तुलसीराम खनाल अध्यक्ष र कृष्ण भूसाल महासचिव रहने गरी ५ सदस्यीय समिति बनाइएको थियो । यो संगठन सुरुमा अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहने गरी स्थापना भएको थियो । २००१ जनवरी महिनामा भेला गर्ने निर्णय समाजले गरेको थियो । २००१ जनवरी अन्तिमतिर यसको प्रथम भेला गरियो । युएई छुट्टै देश भएकोले अखिल भारत नेपाली एकता समाज अन्तरगत रहेर काम गर्नु अप्ठ्यारो हुने भएकोले युएई नेपाली एकता समाज केन्द्रीय समिति बेग्लै हुने र युएईव्यापी संगठन विस्तार गर्ने निर्णय गर्दै मानबहादुर थापा…
Read More
‘विचारधारात्मक परिपक्वता, फलामे अनुशासन, सिर्जनशील योजना र कार्यान्वयनको आवश्यकता हुन्छ’

‘विचारधारात्मक परिपक्वता, फलामे अनुशासन, सिर्जनशील योजना र कार्यान्वयनको आवश्यकता हुन्छ’

'पुरानो विचारधारा, बानीबेहोरा र रीतिरिवाजको आदतमय प्रभावलाई पनि हटाउदै जानुपर्ने आवश्यकता छ' ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यतापूर्वक सफल पारौं !, नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढौं !!’ हेमन्तप्रकाश ओली ‘सुदर्शन’, प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) गत श्रावण २६ देखि २९ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट पार्र्टीको केन्द्रीय प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक साप्ताहिकको तर्फबाट हार्दिक बधाई छ ।–धन्यवाद ! देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी बढ्यो ।२) पार्टी प्रवक्ताको भूमिकालाई प्रभावकारी बनाउनेबारे थप केही सोच्नुभएको छ कि ?–पार्टी प्रवक्ता भनेको पार्टीको आवाज हो । मैले…
Read More
नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवाद ल्याउने उद्देश्य पूरा हुन्छ : प्रवक्ता सुदर्शन

नयाँ जनवादी क्रान्तिसहितको वैज्ञानिक समाजवाद ल्याउने उद्देश्य पूरा हुन्छ : प्रवक्ता सुदर्शन

हेमन्तप्रकाश ओली ‘सुदर्शन’, प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १) गत श्रावण २६ देखि २९ गतेसम्म सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकबाट पार्र्टीको केन्द्रीय प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक साप्ताहिकको तर्फबाट हार्दिक बधाई छ ।–धन्यवाद ! देश, जनता र क्रान्तिप्रतिको जिम्मेवारी बढ्यो ।२) पार्टी प्रवक्ताको भूमिकालाई प्रभावकारी बनाउनेबारे थप केही सोच्नुभएको छ कि ?–पार्टी प्रवक्ता भनेको पार्टीको आवाज हो । मैले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पहिलो, पार्टीको मार्ग निर्देशक सिद्धान्त, कार्यदिशा र कार्यक्रम अनुसार बोल्नुपर्दछ; दोश्रो, परिस्थिति अनुसार जनताका ताजा मुद्दाहरुलाई अभिव्यक्त गर्नुपर्दछ; तेश्रो, मलाई पार्टीले दिएको भूमिका पूरा गर्न समग्र पार्टी र जनताको सहयोग…
Read More
कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

कञ्चनको दक्षिणपन्थी संशोधनवादपरस्त प्रवृत्तिबारे : संयाेजक, माेहन वैद्य ‘किरण’

(२०८१ साउन २६–२९ मा सम्पन्न महाधिवेशन आयोजक समितिको आकस्मिक बैठकमा क. किरणद्वारा प्रस्तुत तथा पारित दस्तावेज) “अन्तर्राष्ट्रिय स्तरमा र बेग्लाबेग्लै देशहरूमा सर्वहारा एकता केबल माक्र्सवादको आधारमा मात्रै सम्भव छ । अन्तर्राष्ट्रिय स्तरमा अवसरवाद–संशोधनवादको हालीमुहाली भएका बेग्लाबेग्लै देशहरुमा सर्वहारा वर्गको पंक्तिमा विभाजन अपरिहार्य बन्न पुग्दछ । कम्युनिस्ट आन्दोलनमा हरेक विभाजन निरपवाद रूपबाट अवसरवाद– संशोधनवादद्वारा माक्र्सवाद–लेनिनवादको विरोध तथा त्यसप्रति गद्दारी गर्नुको परिणामस्वरूप हुन्छ ।”— महान बहस माेहन वैद्य ‘किरण’, संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल प्रिय कमरेडहरू,क्रान्तिकारी अभिवादन !उक्त उद्धरण सबैभन्दा ठुलो फुटपरस्त आधुनिक संशोधनवादी ख्रुश्चेभका विरुद्ध चिनियाँ कम्युनिस्ट पार्टीद्वारा लेखिएको पत्रबाट लिइएको हो । यस उद्धरणमा उल्लेख भए अनुसार एकातिर संशोधनवादको हालिमुहाली…
Read More
स्वतन्त्रता दिवस – १५ अगष्टपछिको भारत : एक समीक्षा

स्वतन्त्रता दिवस – १५ अगष्टपछिको भारत : एक समीक्षा

बृटिश साम्राज्यवादको पञ्जाबाट १५ अगस्टका दिन भारत स्वतन्त्र भएको थियो । त्यस दिन मध्यरातमा स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले भनेका थिए – ‘धेरै बर्ष पहिला हामीले भाग्यसँग साक्षात्कार ग¥यौं र अब समय आएको छ कि हामीले आफ्नो प्रतिज्ञा पूरा गर्नु छ । आधारातको समयमा जब सारा संसार सुतिरहेको होला त्यतिबेला भारत आफ्नो जीवन र स्वतन्त्रताको लागि जाग्नेछ’ । यो उद्गार १४ अगस्ट १९४७ को दिन समाप्त हुनै लाग्दा भारत र संविधान सभालाई संबोधन गर्दै नेहरुले ब्यक्त गरेका हुन् । भारतको स्वतन्त्रताका लागि धेरै स्वाधीनताप्रेमी जनताका प्रतिनिधहरुले आफ्नो जीवनको आहुती दिएका छन् । कठोर संघर्ष र बलिदान गरेका छन्…
Read More