अन्तर्राष्ट्रिय

युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

दुवई,युएई : युएई नेपाली एकता समाजको पाँचौ भेला ४ अगस्त २०२४ का दिन दुवईको सिल्भर स्पून रेस्टुरेन्टमा सम्पन्न भएको छ । भेलाको अध्यक्षता चन्दनी रेग्मीले गर्नु भएको थियो। अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाई शब्दबाट उपेन्द्र नेपाली र संगितबाट रक्तिम साँस्कृतिक अभियानद्वारा स्वागत गरिएको थियो। प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका प्रतिनिधि तथा आयोजक समितिका संयोजक बाबुराम रेग्मीले मैनबत्ती प्रज्वलन गरेर तालीको गडगडाहटमा पाँचौ केन्द्रीय भेलाको उद्घाटन गर्नु भएको थियो। उहाँले भेलाको औचित्यताबारे प्रस्ट पार्दै उपल्लो समितिमा रहेका केही अराजक, अनुशासन विहीन तत्वहरुले आफ्नो दक्षिणपंथी अभिष्ट पुरा गर्नको लागि विभिन्न बहानामा विधान विपरीत…
Read More
जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

काठमाडाैँ : गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा भारत पलायन भएकी छन् र त्यहाँ तत्कालका लागि सेनाले सत्ता आफ्नो हातमा लिएको छ । सेना प्रमुखले विद्यार्थीका मागलाई संबोधन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र त्यसैको नेतृत्वमा निर्वाचित हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् । हुनत आन्दोलनको सुरुआत बंगलादेशको १९७१ का “स्वतन्त्रता” सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने संवैधानिक व्यवस्थाका विरुद्ध भएको थियो तर आन्दोलनमाथि सरकारको दमनका कारण भडकिएको विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहको रुपधारण गर्न पुग्यो ।…
Read More
‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस’

‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस’

‘विद्यार्थीले परिपक्व व्यवहार गरेका छन । हसिनाजस्ता शक्तिशाली व्यक्तिलाई त यसरी बाहिर निकाल्न सकिन्छ भने यो त भविष्यका सबै शासकहरूका लागि समेत एउटा पाठ हुनुपर्छ ।’ शाहिदुल आलमकाठमाडौँ : शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए । त्यही निहुँमा उनलाई गिरफ्तार गरिएको थियो । उनै शाहिदुल आलमसँग बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । तपाईंहरू बंगलादेशमा लोकतन्त्र, प्रेस…
Read More
चे ग्वेभाराको विद्रोही जीवन

चे ग्वेभाराको विद्रोही जीवन

चे ग्वेभारा विश्व विख्यात गोरिल्ला योद्दा हुन् । उनी संसारभरिका शोषितपीडित वर्गका लागि महान प्रेरणाका स्रोत हुन् । उनको नाम लिँदा पनि जनताका दुष्मनहरूको मुटु काँप्दछ । उनी एक महान अन्तरराष्ट्रवादी हुन् । उनले अर्जेन्टिनामा जन्मिएर क्युबाको क्रान्तिलाई सफल बनाएर बोलिभियामा लड्दा लड्दै ज्यान गुमाएका थिए । चेको जन्म १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भएको थियो । चे सानै देखि चिकित्सक बन्ने आकांक्षा बोकेका थिए । उनी अध्ययनका क्रममा चिकित्सक बने । समाजमा व्याप्त रोग,भोक,अन्याय ,अत्याचार देखेर उनी चिकित्सक पेशामा सीमित हुन सकेनन् । स्वास्थ्य सेवामा लागेर भन्दा अन्यायका…
Read More
परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?

परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?

परिश्रम र पसिनाको मूल्य के हो ? यो कुरालाई मैले जिन्दगीमा गहिरोसँग अनुभव गर्दै आएको छु । सन् २०१८ देखि मैले दक्षिण कोरियामा मजदुरी गर्दै आएको छु । यसभन्दा पहिले मैले १७ वर्ष कै उमेरदेखि भारतको चेन्नैमा रोजगारी गरेको थिएँ । शूरुमा सत्यबामा युनिभर्सिटीमा मेशमा काम गरें । पछि त्यही युनिभर्सिटीमा सेक्युरिटी गार्डमा काम गरेको थिएँ । मेरो पुख्र्यौली घर गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका साविक खड्गकोट रम्फै हो । म त्यही जन्में । पछि रुपन्देही बसाइसराई गरिया । आफ्नै गाउँ रुपन्देहीको रुद्रपुरमा २ वर्ष जति मःमः बनाएर बिक्री पनि गरेको थिएँ । अहिले मैले दक्षिण कोरियाको ख्याङ्गिदो इछन–सी भन्ने ठाउँमा…
Read More

अखिल भारत नेपाली एकता समाज बेङलोर दक्षिण नगरको एकताअधिवेशन

बेङलोर, भारत : अखिल भारत नेपाली एकता समाज दक्षिण नगर बेंगलोरको एकता अधिवेशन सम्पन्न भएको छ । २८ जुलाई २०२४ का दिन अखिल भारतीय नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज दक्षिण भारत राज्य समितिबीच एकता अधिवेशन सम्पन्न भएको हो । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत दक्षिण नगर समिति वेगंलोरको एकताअधिवेशन सम्पन्न भएकोमा एकता अधिवेशनको अध्यक्षता रामदत्त पाण्डे, सन्चालन हरिश वि. क.ले गरेका थिए । प्रमुख अतिथि दक्षिण भारत जिल्ला समितिका संयोजक धर्मराम विक रहेका थिए । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । शब्दबाट राजेन्द्र विक…
Read More
इजरेली कारबाहीमा हमास नेता हानियाको मृत्यु, प्रतिशोध लिने इरानको उद्घोष

इजरेली कारबाहीमा हमास नेता हानियाको मृत्यु, प्रतिशोध लिने इरानको उद्घोष

काठमाडाैँ : हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरेलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा मारिएको जनाएको छ। हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। उनी ६२ वर्षका थिए। हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो। इजरेलले उक्त घटनाको जिम्मेवारी लिइसकेको छैन। इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरेललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो "भूमिको अखण्डता, प्रतिष्ठा र सम्मान" को प्रतिरक्षा गर्ने उद्घोष गरेका छन्। समाचारसंस्था एएफपीले प्रकाशित गरेको विज्ञप्तिमा पेजेश्कियानले हानियालाई "साहसी नेता" भनेका छन्। इरानका सर्वोच्च नेता आयातूल्लाह अली खामनेईले हानियाको हत्याको प्रतिशोध लिनु "तेहरानको कर्तव्य" भएको भन्दै इजरेले दण्ड…
Read More
प्यालेष्टाइनी जनताको पक्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चाले गर्याे विराेध सभा

प्यालेष्टाइनी जनताको पक्षमा राष्ट्रिय क्रान्तिकारी मोर्चाले गर्याे विराेध सभा

काठमाण्डौ : राष्ट्रिय क्रान्तिकारी मोर्चा ,नेपालको आयोजनामा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । काठमाण्डौको माइतीघरमा प्यालेष्टाइनी जनताको पक्षमा ऐक्यबद्धता र साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको संचालन राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका सचिवालय सदस्य संगीत श्रोता र अध्यक्षता संयोजक सन्तबहादुर नेपालीले गरेको थिए । अध्यक्षता गर्दै नेपालीले राष्ट्रिय क्रान्तिकारी मोर्चा प्यालेष्टाइनी जनताको न्यायपूर्ण संघर्षको पक्षमा तथा इजरायली आक्रमणको विरोधमा रहेको धारणा राख्दै इजरायल र अमेरिकाको साम्राज्यवादी तथा विस्तारवादी आक्रमणको विरोधमा उत्रिन सबैलाई अनुरोध गरे ।साथै उनले प्यालेष्टाइनी जनताको पक्षमा यो सरकार बोल्नु पर्नेमा जोड दिए । कार्यक्रमका वक्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका…
Read More
सिक्किम विलयपछि जो पछुताए, राजनीतिबाट सन्यास लिए, बङ्गालको नहरमा शव फेला

सिक्किम विलयपछि जो पछुताए, राजनीतिबाट सन्यास लिए, बङ्गालको नहरमा शव फेला

काठमाडाैँ : भारतको सिक्किम प्रान्तका पूर्वमन्त्री रामचन्द्र पौड्याल (आरसी पौड्याल) को ८० वर्षको उमेरमा निधन भएको छ । जुलाई ७ मा बेपत्ता भएका पौड्याल यही मङ्गलबार पश्चिम बङ्गालको एक नहरमा मृतावस्थामा फेला परे । पौड्याल सिक्किमको पाकयोङ्ग जिल्लाको आफ्नै गृहनगर छोटा सिङ्गताममा बस्दै आएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार ७ जुलाई बिहान ९ बजे घरबाट तल सेतीपुलस्थित अन्तरी दिदीको घर जाने भनी निस्किएका थिए । दिउँसो २ बजे घर आइपुग्छु भनेर निस्किएका पौड्याल त्यो बेलादेखि सम्पर्कविहीन भएका थिए । त्यसपछि खोजीका लागि सिक्किम सरकारले विशेष जाँच दल (एसआइट) गठन गरेर खोजी थालेको थियो । तर, उनको कुनै अत्तोपत्तो लागेन ।…
Read More
सुदुर पश्चिम भारतमा एकता अधिवेशन सम्पन्न

सुदुर पश्चिम भारतमा एकता अधिवेशन सम्पन्न

होसियारपुर : अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिम भारत र अखिल भारत प्रवासी नेपाली एकता समाज पंजाव जम्मु(कस्मिर राज्य समिति) बिच २१ जुलाई २०२४का दिन पंजावको होसीयारपुरमा एकता अधिवेशन सम्पन्न भएको छ। उक्त एकता अधिवेशनको अध्यक्षता राम बहादुर कौशल प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सचिव नारायण शर्मा रहेका थिए । अतिथिको आशन ग्रहण पश्चात शहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। शब्दबाट राकेश कुमार बिक र संगीतबाट साँस्कृतिक कलाकारहरूले स्वागत गरेका थिए । प्रमुख अतिथिले दीप प्रज्वल्लित गरेर एकता अधिवेशनको उद्घाटन गरेपछि दुवै संगठनका समितिहरूलाई मिलाएर राम बहादुर कौशलको अध्यक्षतामा ४१ सदस्यीय अखिल भारत नेपाली एकता समाज…
Read More