युएई नेपाली एकता समाजको विगत र यसको भूमिका

संयुक्त अरब ईमिरेट्स नेपाली एकता समाजको स्थापना भएको पनि २६ वर्ष पुगिसकेको छ । यसको स्थापना गर्दा १९९८ मा तुलसीराम खनाल अध्यक्ष र कृष्ण भूसाल महासचिव रहने गरी ५ सदस्यीय समिति बनाइएको थियो । यो संगठन सुरुमा अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहने गरी स्थापना भएको थियो । २००१ जनवरी महिनामा भेला गर्ने निर्णय समाजले गरेको थियो । २००१ जनवरी अन्तिमतिर यसको प्रथम भेला गरियो ।

युएई छुट्टै देश भएकोले अखिल भारत नेपाली एकता समाज अन्तरगत रहेर काम गर्नु अप्ठ्यारो हुने भएकोले युएई नेपाली एकता समाज केन्द्रीय समिति बेग्लै हुने र युएईव्यापी संगठन विस्तार गर्ने निर्णय गर्दै मानबहादुर थापा अध्यक्ष, कृष्ण भूसाल महासचिव रहने गरी ११ सदस्य युएई नेपाली एकता समाजको गठन गरियो । युएईमा राजनीतिक पार्टीहरुको भातृ संगठनको रुपमा काम गर्ने पहिलो संगठन हाम्रो नै थियो । युएईमा राजतन्त्रात्मक तानाशाही शासन भएकोले एकता समाजलाई भूमिगत राख्दै जनसांस्कृतिक परिवार मार्फत् संगठन गर्ने निर्णय गरिएको थियो । जनसांस्कृतिक परिवारमार्फत् सामाजिक कार्य र सांस्कृतिक कार्यक्रम मार्फत् नेपाली चाडपर्वहरुमा कार्यक्रम गरी युएईमा रहेका नेपालीहरुमा जनचेतना जगाउने काम गरिएको थियो ।

युएई नेपाली एकता समाज गठन हुनु भन्दा पहिले त्यहाँ सामाजिक संस्थाको रुपमा नेपाली समाज मात्र थियो । नेपाली समाजले नेपालीहरुमा पैसा उठाउने, नेपाली चाडपर्व मनाउने ठूलाबडाहरुको मात्र प्रतिनिधित्व गर्दथ्यो । त्यतिबेला नेपाली राजदुतावास पनि थिएन ।नेपाली समाजले मनपरी तरिकाले पैसा उठाई साउदी अरब नेपाली राजदुतावासका कर्मचारी बोलाई राहादानी नविकरण गर्दथ्यो। । मेनपावर मार्फत नेपाली युवा युवती पठाउन थालिएको थियो । भारतको बाटो हुँदै नेपाली चेलीहरुर्ला युएई पुराउन थालिएको थियो । केही चेलीहरुलाई घरेलु काममा लगाइएका थिए भने केही चेलीहरुलाई दलालहरूले देहव्यापारको लागि बेच्ने गरेक थिए ।

युएईमा नेपालीहरुको समस्या दिनप्रति दिन बढ्दै जाँदा सामाजिक संस्थाहरुबाट मात्र समाधान गर्न सम्भव नहुने भएपछि नेपाली जनसांस्कृतिक परिवार मार्फत् नेपाल सरकारसँग राजदुतावासको माग गर्ने युएई नेपाली एकता समाजको पाँचौ बैठकबाट निर्णय गरिएको थियो । एउटा संस्थाले मात्र माग राख्दा सुनुवाई नहुने भएकोले नेपाली समाजसँग समन्वय गरी प्रतिनिधि नेपाल पठाउने नेपाली समाजसँग छलफल गर्ने जिम्मा पनि अध्यक्ष मानबहादुर थापा, महासचिव कृष्ण भूसाल, धनबहादुर केसी रहने गरी ३ सदस्य वार्ता टोली बनाइएको थियो । त्यतिबेलासम्म नेपाली समाज फुटेर दुईवटा भैसकेको थियो । एउटा संस्था क्याप्टेन प्रचण्डजंग शाह अध्यक्ष र अर्को चन्द्र सापकोटा अध्यक्ष रहेको समाज थियो । चन्द्र सापकोटा अध्यक्ष रहेको समाज सित सहमति नगरी शाहले नेतृत्व गरेको संस्थाका उपाध्यक्ष कृष्ण ढकालसँग छलफल गरी एउटा सहमति गरिएको थियो। नेपाली समाजको अध्यक्ष साह लगायतको प्रतिनिधि र हाम्रो बीचमा छलफल भयो । नेपाली समाजले मेरै नेतृत्वमा नेपालीहरुको समस्या समाधानको निम्ति राजदुतावास माग गर्ने गरी प्रधानमन्त्री र श्रममन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय भयो र तदनुरुप मेरो नेतृत्वमा धनबहादुर केसी सहितको प्रतिनिधि र नेपालमा गोविन्दसिंह थापा र गिरधारीलाल न्यौपाने, तत्कालीन सांसद नवराज सुवेदी, परी थापा ,पार्टी नेता रामसिंह श्रीसको सहयोगमा नेपालमा प्रधानमन्त्री ,श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाएपछि पत्रकार सम्मेलन गरिएको थियो । ज्ञापनपत्र बुझाएको ६ महिना पछि नेपाल सरकारले मोहनकृष्ण श्रेष्ठलाई उपनियोग प्रमुख बनाई पठाएकाले यु.ए.ई. मा राजदुतावासको स्थापना भएको थियो ।

भारत पछि साउदी अरब त्यसपछि युएई नेपाली एकता समाज गठन भएको हो । युएई नेपाली एकता समाजले खाडी मुलुकका अन्य देशमा संगठन विस्तार गर्न ठूलो भूमिका निभाएको थियो । यु एई नेपाली एकता समाजले कतारमा संगठन विस्तार गराउन र विधान तयार पार्न सहयोग गरेको थियो । यमन,कुवेत, बहराईन,इजरायल लगायतका देशहरुमा मेरो पहलमा नै संगठन विस्तार गरिएको थियो । जापान, कोरिया मलेसिया, यूरोप, हकङकङ, अमेरिका लगायतका देशहरुमा संगठन विस्तार भएपछि अन्तर्राष्ट्रिय नेपाली एकता समाज गठन गर्ने काम भयो। सबै देशहरुमा मजदुरहरुका समस्याहरु बढ्दै गएकोले हाम्रो साझा मुद्दा बनाई संयुक्त रुपमा आवाज उठाउनु पर्छ भन्ने महशुस गरी युएई नेपाली एकता समाजको पाँचौं बैठकबाट पार्टी सित सल्लाह गर्ने मलाई जिम्मेवारी दिइएको थियो। नेकपा ( मसाल ) का महामन्त्री मोहनविक्रम सँग अखिल भारत नेपाली एकता समाजका अध्यक्ष गिरधारीलाल न्यौपाने र मैले संयुक्त रुपमा भेटी अन्तर्राष्ट्रिय संगठन बनाउने बारे सल्लाह गरेका थियौं । त्यसको लगत्तै पार्टी बैठकले अन्तर्राष्ट्रिय नेपाली एकता समाज गठन गर्ने अनुमति दिएको थियो । विश्वव्यापी फैलिएका नेपालीहरुलाई एउटै छातामुनी राख्ने उद्देश्यले २४÷२५ अक्टोबर २००५ (२०६२ कार्तिक ७–८) मा अन्तर्राष्ट्रिय नेपाली एकता समाजको गठन गरिएको थियो।युएईको एक अदालतले अमर बहादुर बमलाई मृत्युु दण्ड दिने फैसला गरे पछि निजलाई छुटाउन मेरै पहलमा मन्त्रालयमा ज्ञापनपत्र बुझाउनुको साथै दवाबमूलक कार्यक्रम गरिएको थियो । युएईमा मेनपावर दलालहरुबाट ठगिएका भारतको बाटो हुँदै युएई आएका नेपाली चेलीहरुलाई उद्धार गर्ने कार्यमा एकता समाजले पहल गरेको थियो ।

युएई नेपाली एकता समाजको २६ वर्षको इतिहासमा १० वर्ष अध्यक्ष हुने मौका मलाई मिलेको थियो। २००२ मा कृष्ण केसीलाई अध्यक्षको जिम्मेवारी सुम्पेर नेपाल आएको थिएँ। त्यसको केही वर्ष त संगठन राम्रो चलेको थियो । २०२३ पछि संगठनमा निरंकुश र मनोमानीको स्थिति सृजना भए पछि संगठनलाई व्यवस्थित बनाउन २०२४÷०६÷०३ मा भानु शर्मा,बाबुराम रेग्मी, टीकाराम नेपालीको संयोजनमा युएई नेपाली एकता समाज पुनर्गठन गरिएको थियो । २०२४ अगष्ट ४ मा एक भब्य भेला गरी बाबुराम रेग्मीको नेतृत्वमा एक नयाँ समिति गठन गरिएकोछ। जसमा अध्यक्ष –बाबुराम रेग्मी,
उपाध्यक्ष – दिल बहादुर घर्ती,उपाध्यक्ष – रमेश सुनार,
,महासचिव –टीकाराम नेपाली,सचिव –उपेन्द्र नेपाली,सह सचिव – वसन्त सुनार,कोषाध्यक्ष –नारायण केसी,
सह कोषाध्यक्ष – चम्पा रेग्मी,सदस्यहरू ––यादव श्रेष्ठ
राजेश रेग्मी,
,मिठु परियार,
रमेश नेपाली,
चन्द्र बहादुर बिक,
वैकल्पिक सदस्यहरू –लेखनाथ अधिकारी
, प्रेम नेपाली ,
,लभ्ली खड्का रहनु भएकोछ ।
सल्लाहकार सदस्यहरूमा भानु शर्मा,जीवित खड्का र रबिन कोइराला रहनु भएकोछ ।

युएई नेपाली एकता समाजमा विगतमा धेरै साथीहरूले योगदान गर्नु भएको थियो। जस्तै – तुलसीराम खनाल (हाल कपिलवस्तु ), कृष्ण भुसाल( हाल कपिलवस्तु ), खिमराज जैसी ( कैलाली ), धनबहादुर केसी( बागलु्ड्ग), नेत्र पराजुली ( स्याङ्जा ), रामप्रसाद कँडेल ( स्याङ्जा ), हरी श्रेष्ठ ( तनहुँ ), सुभास थापा ( तनाहु), बमबहादुर कार्की( बागलुडग), ध्रुब कुँवर ( गुल्मी),जगत श्रेष्ठ (रामेछाप ), ईन्दु न्यौपाने (बिराटनगर ), विरू केसी( बाग्लुड्ग), राजीन्द पाठक( बाग्लुड्ग), नारायण बन्जाडे( अर्घाखाँची ),मेघराज खनाल( अर्घाखाची) ,चिरन केसी( अर्गाखाची) ,लालबहादुर पुन( बागलुङ ), हिमाल थापा( बागलुङ ), देबेन्द्र बस्याल ( रुपन्देही ) ,लेखनाथ अधिकारी( गुल्मी),किशोर थापा ( गुल्मी), खडक राना ( गुल्मी), याम पुन ( बागलुङ ),भानु शर्मा ( रुपन्देही ) कृष्ण के.सी.( बागलुङ ), प्रेम भण्डारी ( स्याङ्जा ) लगायतका साथीहरू हुनुहुन्थ्यो ।

नयाँ नेतृत्वमा आउनु भएका साथीहरूले लिएको पहलकदमी सह्रानीय छ । आफुले काम गरेको संस्थाले गरेको गतिविधि देख्दा स्वभाविकरूपमा खुसी लाग्छ । उहाँहरूको कार्य सफलताको शुभकामना दिन चाहन्छु ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?