भाकपा (माओवादी)का महासचिव वसवराजुसहित २८ जनाको हत्याकाे विराेधमा प्रदर्शन
जेष्ठ १४ , काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य परि थापाले भाकपा (माओवादी)का वासवराजु सहित २८ जनालाई मोदी सरकारद्वारा हत्या गरिनु नृशंस निन्दनीय र भत्र्सना योग्य घटना बताउनु भएको छ । थापाले यो घटना कम्युनिष्ट आन्दोलनमा क्षति भएको भन्दै क्षतिलाई उत्साहमा बदल्नु पर्ने आवश्यकतामाथि जोड दिनु भयो । सो कुरा थापाले राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा काठमाण्डौ माइतीघरमा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै बताउनु भएको हो । गत मइ २१ गते भारतीय मोदी सरकारका सुरक्षाकर्मीहरुले छत्तिसगढमा भाकपा –माओवादी महासचिव बसवराजु सहित २८ जनाको हत्या गरेका थिए । छापाहरुमा २७ जना भनिएको भएपनि भाकपा(माओवादी) २८ जनाको हत्या भएको बताएको छ । थापाले…