कार्ल मार्क्सकाे २०८औं जन्मदिवसमा मार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे ९ नं ब्युराेकाे आयाेजनामा ‘विश्व सर्वहारावर्गका महान नेता तथा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सकाे २०८औं जन्म दिवस समाराेह’ कार्यक्रम सम्पन्न भएकाे छ ।

image

कार्यक्रममा कार्लमार्क्सकाे व्यक्तित्व र कृतित्वमाथि विशेष चर्चा गरिएकाे छ ।


२०८२ बैशाख २२ गते साेमबार ललितपुरकाे कुपणडाेल स्थित पार्टी कार्यालयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल ‘गाैरव’काे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाैरव, पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पीवीएम पवनमान श्रेष्ठ, पार्टीका केन्द्रीय सल्लाहकार समिति सचिव कमल चाैधरी, सदस्य गाेर्की श्रेष्ठ लगायतले मार्क्सले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादकाे क्षेत्रमा गरेकाे याेगदान र उहाँ क्रान्तिकारी व्यक्तित्वकाे बारेमा विशेष चर्चा गरिएकाे थियाे ।
कार्यक्रमकाे अध्यक्षता उक्त पार्टीका पीवीएम तथा ९ नं ब्युराे सचिव चिन्तामणि पाैडेल र सञ्चालन ललितपुर इन्चार्ज श्याम केसीले गर्नुभएकाे थियाे ।

स्वागत मन्तव्य पार्टी केस तथा पेशागत डिओेसी सहसचिव फडिन्द्र कार्कीले गर्नुभएकाे थियाे । कार्लमार्क्सकाे फाेटाेमा माल्यार्पण गरी कार्यक्रमकाे सुरुवात गरिएकाे थियाे ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?