भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिवको हत्याको विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा तीव्र निन्दा

काठमाडौं : मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माओवादी )का महासचिव क.नम्बाला केशव राव ‘वसवराज’ सहित २७ जना क्रान्तिकारी नेताहरुको यही मे २१ का दिन कायरतापूर्ण हत्या गरेको छ । सो हत्याको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निन्दा एवम् भत्र्सना गरेको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले पार्टीको तर्फबाट यही जेष्ठ ८ गते एक शोक वक्तव्य जारी गर्दै मोदी सरकारले कथित “अपरेशन कगार” नाम दिएर गरेको हत्याको विरोध गर्नुका साथै हत्याकाण्डमा शहादत प्राप्त सम्पूर्ण कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सर्वहारा अन्तर्राष्ट्रिवादी लालसलाम अर्पण गर्नु भएको छ ।

वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “हाम्रो सरकार माओवादको खतरालाई निमूल पार्न प्रतिवद्ध छ”भनी सार्वजनिक गरेको अत्यन्त असिहष्णु तथा फासिवादी भनाईको घोर भत्र्सना समेत गरिएको छ र भाकपा (माओवादी)को केन्द्रीय समिति लगायत सम्पूर्ण पार्टी सदस्यहरु ,जनमुक्ति छापामार सेना ,भारतीय सर्वहारा वर्ग तथा आम क्रान्तिकारी जनता र शोकाकुल परवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव क. नम्बाला केशव राव ‘बसवराज’ सहित २७ जना कमरेडहरुको कथित ‘‘अपरेशन कगार’’ अन्तर्गत छत्तिसगढ र तेलङगाना राज्यको सिमाना नारायणपुरमा २१ मे २०२५, तदनुसार २०८२ जेठ ७ गतेका दिन भारतीय सरकारद्वारा गरिएको कायरतापूर्ण हत्याले हाम्रो पार्टीलाई आक्रोशित तुल्याएको छ । हामी यस हत्याकाण्डमा सहादत प्राप्त गर्ने क. बसवराज लगायत सम्पूर्ण कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सर्वहारा अन्तर्राष्ट्रियतावादी लालसलाम अर्पण गर्दछौं र मोदी सरकारको यो फासीवादी कदमको तीव्र निन्दा गर्दछौं । यस हत्याकाण्ड पश्चात् भारतीय प्रधानमन्त्री मोदीले “हाम्रो सरकार माओवादको खतरालाई निर्मूल पार्न प्रतिबद्ध छ” भनी सार्वजनिक गरेको अत्यन्त असहिष्णुु तथा फासिवादी भनाइको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । यो दुःखद क्षणमा हामी भाकपा (माओवादी) को केन्द्रीय समिति लगायत सम्पूर्ण पार्टी सदस्यहरु, जनमुक्ति छापामार सेना, भारतीय सर्वहारा वर्ग तथा आम क्रान्तिकारी जनता र शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछौं । साथै, विश्व कम्युनिस्ट आन्दोलन तथा माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासको प्रक्रियालाई निरन्तर अगाडि बढाउने काममा हामी भाकपा (माओवादी) सँग ऐक्यबद्धता जाहेर गर्दछौं ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?