५ भारतीय जेट खसालेको पाकिस्तानको दावी, आक्रमणपछिका तस्वीरहरू

भारत-पाक युद्धः ५ भारतीय जेट खसालेको पाकिस्तानको दावी, हेर्नुस् आक्रमणपछिका तस्वीरहरू

काठमाडाैँ : गए राति भारतले पाकिस्तानमाथि सैन्य आक्रमण गर्‍यो । उक्त आक्रमण सटिक र सफल भएको भारतको दावी छ । तर, पाकिस्तानले भने त्यसको कडा जवाफ दिइएको दावी गरेको छ ।

पाकिस्तानको सञ्चारमाध्यम डान डटकमले पाकिस्तानी अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय आक्रमणमा परी ८ जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको छ । त्यस्तै ३५ जना घाइते भएका छन् ।

india-pak-(8)-1746583390.jpg
पाकिस्तानी सेनाले ‘छिमेकी देश’ले ६ स्थानमा गए राति आक्रमण गरेको जनाएको छ । त्यसको जवाफमा पाँच भारतीय जेट खसालेको जवाफ पाकिस्तानी सेनाले दिएको उक्त समाचारमा उल्लेख छ ।

india-pak-(6)-1746583389.jpg
डानका अनुसार भारत र पाकिस्तानबीचको सैन्य झडप स्थानीय समयअनुसार बिहान करिब १ बजे भएको भारतीय हवाई आक्रमणपछि सुरु भएको थियो । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले बिहान करिब पौने ३ बजे दुई भारतीय जेट खसालेको बताए ।

india-pak-(4)-1746583388.jpg
त्यस्तै स्थानीय समयअनुसार ३:४२ मा पीटीभीले तेस्रो विमान खसालेको उल्लेख गर्‍यो । त्यस्तै चौथो र पाँचौँ विमान खसालिएको पुष्टि बिहान ५ बजेपछि बताइएको थियो ।

india-pak-(5)-1746583388.jpg
रक्षामन्त्री ख्वाजा आसिफले ब्लूमबर्ग टीभीसँगको कुराकानीमा पाँच भारतीय विमान खसालेको बताएका छन् । त्यस्तै जियो न्युजमा सूचनामन्त्री अताउल्लाह तरारले पाकिस्तानले पाँच भारतीय जेट खसालेको उल्लेख गरेका छन् ।

india-pak-(3)-1746583387.jpg
यद्यपि, पाकिस्तानको यो दावीमा भारतीय पक्षले भने प्रतिक्रिया दिएको छैन ।

पाकिस्तानले एक रिपोर्टमा जनाएअनुसार भारतले ६ स्थानमा गरेका २४ वटा आक्रमणमा ८ जना पाकिस्तानी मारिएका छन् । त्यस्तै ३५ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।

india-pak-(1)-1746583386.jpg
india-pak-(2)-1746583386.jpg
जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?