समाचार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नवलपरासीको एकता सम्मेलन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नवलपरासीको एकता सम्मेलन सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीको एकता सम्मेलनले रवि पाण्डेयको नेतृत्वमा २१ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ ।एकता सम्मेलनले पाण्डेयलाई जिल्ला सेक्रेटरीमा निर्वाचित गरेको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जानकारी दिनुभयो ।कार्यक्रम उद्घाटन सत्रमा पार्टीका केन्द्रीय कार्यालय सदस्यद्वय कृष्णराज पौडेल, हरिभक्त कण्डेल र केन्द्रीय सदस्य थापाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका सचिवालय सदस्यद्वय श्याम बहादुर बोहोरा, निरज केसी, केन्द्रीय सदस्य दलसिं खत्रीको समेत आतिथ्यता थियो ।पार्टीको बिधान अनुसार १५ सदस्स निर्वाचनबाट र ६ जना निर्वाचित जिल्ला समितिले मनोनित गर्ने प्रावधान रहेकोे छ भने बाँकी ७ जना बैकल्पिक जिल्ला समिति सदस्य सहित २८ सदस्सीय…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चन गाउँपालिकाकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कञ्चन गाउँपालिकाकाे एकता अधिवेशन

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल कञ्चनको एकता सम्मेलन २०८१ असोज १ गते सम्पन्न भएको छ ।कञ्चन गाउँपालिका संयोजक केजी कुमार शर्माको अध्यक्षता र पार्टी जिल्ला संयोजक दिपक पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले मनिराम सापकोटालाई सचिवमा चयन गरेको छ । सम्मेलनमा पार्टी जिल्ला कार्यालय सदस्य कमरेड रमेश, किसान संगठनका प्रतिनिधि गंगा पौडेल, क्रान्तिकारी महिला संगठन नेपाल प्रदेश सदस्य पार्वती पौडेल, वामपंथी नेता नेत्र नारायण शर्मा र कमरेड अजयले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमको संचालन कमरेड गुलाफ र स्वागत मन्तव्य कमरेड हाँकले गरेका थिए ।
Read More
महासङ्घमाथि भइरहेको नाङ्गो राजनीतिक हस्तक्षेप बन्द गर !

महासङ्घमाथि भइरहेको नाङ्गो राजनीतिक हस्तक्षेप बन्द गर !

काठमाडौँ : क्रान्तिकारी प्रेस संगठनले तीन ठुला पत्रकार संगठनले नेपाल पत्रकार महासंघको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाएको छ । भदौ ३१ गते बसेको संगठनको केन्द्रीय कार्यालय बैठकले निर्वाचन नगर्ने षड्यन्त्र गरेको आरोप लगाएको हो । ‘एकातर्फ असोज १२ गतेलाई पत्रकार महासंघको निर्वाचन मिति घोषणा गरिएको छ भने अर्कोतर्फ तिनै सङ्गठनहरुबाट चुनिएका पत्रकार महासङ्घका विभिन्न जिल्लाका अध्यक्षहरूलाई वक्तव्यबाजी गर्न लगाएर घोषित मितिमा चुनाव नगर्ने षड्यन्त्र गरिएको छ । महासङ्घमाथि भइरहेको उक्त नाङ्गो राजनीतिक हस्तक्षेप रोक्न जोडदार माग गर्दछ । यदि यो हस्तक्षेप रोकिँदैन र नेपाल पत्रकार महासङ्घ जस्तो स्वतन्त्र संस्थालाई आफ्ना कार्यकर्ता भर्ती गर्ने केन्द्र बनाई नै राखिन्छ भने जनस्तरबाट…
Read More
उपचारका लागि सहयोग गर्न क्यान्सर पिडित गिता रानाकी श्रीमानले गरे सबैमा अनुरोध

उपचारका लागि सहयोग गर्न क्यान्सर पिडित गिता रानाकी श्रीमानले गरे सबैमा अनुरोध

काठमाडौं : भेरि नगरपालिका- १ रिम्ना स्थायी घर भयका हाल बर्दिया जिल्ला गुलरिया नगरपालिका -८ सुरजपुर गाउमा अस्थायी रुपमा बस्दै आयका बिनय रानाले आफ्नी श्रीमतीलाई बचाउनका लागी सहयाेगकाे अपिल गरेका छन । राना कि धर्मपत्नी गिता रानाकाे विगत आठ महिनादेखि स्तनममा क्यान्सरको समस्या देखिए पछि बाँके जिल्लाको नेपालगन्ज स्थित खजुरा अस्पतालमा चेकअप पछि उपचार गर्न सम्भव नभय पछि, हाल भक्तपुरको क्यान्सर अस्पतालमा उपचार भईरहेकाे र अहिले रेडियो थेरापी र केमो थेरापी सुरु भयकाे उनले बताए । एक बर्ष सम्म सत्र वटा सुई लगाउनु पर्ने र एउटा लाई ४५ हजार पर्न जान्छ आठ लाख मात्रै यो मेडिसिनको लाग्ने भयकाे छ, श्रीमतीलाई…
Read More
नेपाल आयल निगमले घटायाे पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

नेपाल आयल निगमले घटायाे पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टीतेल तथा डिजलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४६ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको मूल्य लिटरको १५८ रुपैयाँ र डिजल तथा मट्टीतेल १४८ रुपैयाँ पर्नेछ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५९ र डिजल…
Read More
इटहरी उपमहानगरपालिका सम्मेलन सम्पन्न

इटहरी उपमहानगरपालिका सम्मेलन सम्पन्न

इटहरी : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल इटहरी उपमहानगरपालिका स्तरीय सम्मेलन २०८१ भाद्र २९ गते सम्पन्न भएको छ । बेनु बुढाथोकीको अध्यक्षता र संचालन महानको संचालनमा सम्पन्न सम्मेलनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनष्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेकले गरेका थिए । सम्मेलनमा अन्य अतिथिहरुमा केन्द्रीय सदस्य वलदेव , सुनसरी जिल्ला संयोजक रविकिरण रहेका थिए । सम्मेलनले वेनु बुढाथोकीको नेतृत्वमा १५ सदस्सीय उपमहानगरपालिका स्तरीय समिति चयन गरेको छ । कार्यक्रममा अन्य पार्टी परित्याग गरी पार्टी प्रवेश गर्नेहरुलाई स्वागतकार्यक्रम पनि गरिएको थियो ।
Read More
सैनामैना नगरको एकता अधिवेशन सम्पन्न

सैनामैना नगरको एकता अधिवेशन सम्पन्न

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सैनमैना नगरको एकता अधिवेशन २०८१ भाद्र २९ मा सम्पन्न भएको छ । अधिवेशनले नरबहादुर थापालाई सचिवमा चयन गर्दै २ सल्लाहकार सहित १७ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।
Read More
गोलञ्जोर गाउँपालिका समितिको एकता सम्मेलन सम्पन्न

गोलञ्जोर गाउँपालिका समितिको एकता सम्मेलन सम्पन्न

सिन्धुली : २०८१ भाद्र ३०गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुली जिल्ला अन्तर्गत गोलञ्जोर गाउँपालिका समितिको एकता संम्मेलन जिल्ला इन्चार्ज जीवनको आतिथ्यता र अर्जुन थापाको अध्यक्षतामा सम्पन्न गरियो । उक्त एकता सम्मेलनले ९ सदस्यीय गोलञ्जोर गाउँपालिका समिति निर्माण गरेको छ, जसमा सेक्रेटरी उमेश मगराती र सहसेक्रेटरी डिल्लीमान तोलंगे निर्वाचित भए । जिल्ला संम्मेलनको प्रतिनिधित्व सिङ्गो गोलञ्जोर गाउँपालिका समितिले गर्ने निर्णय भयो । सिन्धुली जिल्लामा छ वटा गाउँपालिकामा आगामी असोज १० गतेसम्म एकता संम्मेलन सम्पन्न गरी पार्टी हेडक्वार्टरको निर्देशन अनुसार सिन्धुली जिल्ला समितिको एकता जिल्ला संम्मेलन आगामी असोज १८ र १९ गते सिन्धुलीमाढी बजारमा गरिने जानकारी गराइन्छ ।
Read More
क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघ ५ न. प्रदेशको एकता सम्पन्न

क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघ ५ न. प्रदेशको एकता सम्पन्न

तेज कुमारी थापाको संयोजकत्वमा २६ सदस्यीय प्रदेश समिति चयन कपिलवस्तु : यही भाद्र २८ गते क्रान्तिकारी महिला संगठन र अखिल नेपाल महिला संघ ५ न.प्रदेशको एकता सम्पन्न भएको छ । तेज कुमारी थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलाले तेज कुमारी थापाको संयोजकत्वमा २६ सदस्यीय प्रदेश समिति चयन गरेको छ । समितिको सहसंयोजकमा लक्ष्मी न्यौपाने , विना भट्टराई र निमकला पुन रहनुभएको छ भने सदस्यहरुमा – पार्वती पौडेल , सीता भट्टराई , माया नेपाली , दिलमाया फौजा , गोमा भन्डारी , उर्मिला क्षेत्री , सविना सुनार , लिला तरामु , कृष्णा तरामु , शुशिला आचार्य दाङ्ग ,कनिज मिया , माया थापा…
Read More
उपनिर्वाचन मङ्सिर १६ गते गर्न निर्वाचन आयोगकाे प्रस्ताव ।

उपनिर्वाचन मङ्सिर १६ गते गर्न निर्वाचन आयोगकाे प्रस्ताव ।

काठमाडौँ, भदौ ३० गते। आइतबार आयोग पदाधिकारीहरूले प्रधानमन्त्रीसँग उपनिर्वाचनको मिति तोक्ने विषयमा परामर्श गरेका छन। सरकारसँग स्थानीय तहको उपनिर्वाचन मङ्सिर १६ गते गर्ने प्रस्ताव निर्वाचन आयोगले गरेकाे छ।   भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न आग्रह गर्नुभयो।उक्त अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी हुनुहुन्थ्यो।  आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर  स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिनुभएको हो।  स्थानीय तहमा हाल जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ३९ जनप्रतिनिधि पद रिक्त  छ। परामर्श भेटपछि आयोगद्वारा…
Read More