समाचार

आज एकता महाधिवेशनकाे उद्घाटन हुँदै : ११ बजे रत्नपार्क र त्रिपुुरेश्वरबाट जुलुस निकाल्दै

आज एकता महाधिवेशनकाे उद्घाटन हुँदै : ११ बजे रत्नपार्क र त्रिपुुरेश्वरबाट जुलुस निकाल्दै

संयाेजक किरणले लिखित सम्बाेधन गर्ने काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेेशन आयाेजक समितिकाे तेस्राे पुर्ण बैठकले महाधिवेशनकाे उद्घाटन सत्र र बन्द सत्र व्यवस्थित, प्रभावकारी र भव्य बनाउने निर्णय गरेकाे छ । उद्घाटन सत्र न्युराेडस्थित भूगाेल पार्कमा आयाेजना गरिएकाे छ । एकता महाधिवेशन उद्घाटनपुर्व ११ बजे रत्नपार्क शान्तिबाटिका र त्रिपुुरेश्वरबाट जुलुस निकालिने छ । जुलुसकाे नेतृत्व पार्टीका शीर्ष नेतृत्वहरुले गर्नुहुुनेछ । त्रिपुरेश्वर र शान्तिबाटिकाबाट निकालिएकाे जुलुस सुन्धरामा मिसिएर भुगाेल पार्कमा पुगेपछि ठिक १ बजे महाधिवेशनकाे उद्घाटन हुनेछ ।पार्टी कार्यालय कुपण्डाेलमा सम्पन्न महाधिवेशन आयाेजक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार महाधिवेशनकाे उद्घाटन पार्टी संयाेजक माेहन वैद्य किरणले गर्नु हुनेछ । संयाेजक किरणले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुरको एकता भेला सम्पन्न

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ललितपुर जिल्ला समितिको ऐतिहासिक जिल्ला एकता भेला पार्टीका प्रवक्ता तथा ३ नं. प्रदेश इन्चार्ज सुदर्शनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । भेलाको उद्घाटन प्रमुख अतिथि सुदर्शनले गर्नुभएको थियो । भेलाको अध्यक्षता पार्टी सचिवालय सदस्य वलिभद्र शर्माले र सञ्चालन ३ पार्टी प्रदेश सलस्य जगदिश्वर महर्जनले गर्नुभएको थियो । जिल्ला भेलामा प्रमुख अतिथि र पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटलले आसन्न महाधिवेशनका बारेमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियो । भेलाले पार्टीका केन्द्रिय सचिवालय सदस्य कृण्णभक्त महर्जन कगेन्द्रको संयोजकत्वमा पछि ४ सदस्य थप्ने गरी १९ सदस्यीय कमिटि निर्वाचित गरेको छ । जसमा जगदीश्वर श्रेष्ठ,…
Read More
नेताकार्यकर्तालाई अनावश्यक दुःख नदिन प्रशासनसंग जोडदार माग

नेताकार्यकर्तालाई अनावश्यक दुःख नदिन प्रशासनसंग जोडदार माग

दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुलाई अनावश्यक रुपमा दुःख नदि प्रशासनसंग जोडदार माग गरेको छ ।क्रान्तिकारी कमयुनिष्ट पार्टी नेपाल दाङका सेके्रटरी दीपले २०८१ मंसिर ८ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गरेका हुन् । दाङ जिल्लामा मिति २०८१ साल मंसिर ६ गते नेकपा बहुमतका कार्यकर्ताले दाङको घोराइमा माधवा बस्नेत र उनका श्रीमान धर्मबहादुर बस्नेतलाई सुदखोर तथा मिटरव्याजी भन्दै नाक काटिदिएको घटनामा आफ्ना कार्यकर्तालाई जोडेर शुभचिन्तक तथा समर्थक शिक्षक संगठनका केन्दी्रय सदस्य डिल्लीराज डिसीको आवास तथा विद्यालयमा खान तलासी गर्ने तथा धरपकड गर्ने प्रयत्न भएको भन्दै त्यसो नगर्न माग गरिएको हो । सो कार्यको पार्टीले गम्भीर आपत्ति…
Read More
इजरायली नरसंहारविरुद्ध मार्च तथा विरोध सभा सम्पन्न

इजरायली नरसंहारविरुद्ध मार्च तथा विरोध सभा सम्पन्न

काठमाडौं : माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म नेपालका वाम तथा प्रगतिशील पार्टी र संस्थाहरूले इजरायली नरसंहारका विरुद्ध मार्च तथा विरोध सभा सम्पन्न गरेका छन् । सभामा बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य परि थापाले प्यालेस्टाइनी जनता माथिको इजरायली आक्रमणको विरोध गर्नु भयो । थापाले भन्नु भयो नेपाल सरकार संयुक्त राष्ट्रसंघको युद्धविराम प्रश्तावका सन्दर्भमा टतस्थ बस्नु निकम्मा, हुतिहारा र कायरपन हो ।हामी स्पष्टरुपमा प्यालेष्टाइनी जनताको स्वाधिनताको पक्षमा उभिनु पर्दछ । थापाले आफ्नो पार्टी कम्युनिष्ट पार्टीनेपालले राष्ट्रिय रअन्तर्राष्ट्रिय रुपमा अमेरिकी साम्राज्यवाद रइजरायली विस्तारवादको विरोध तथा प्यालेष्टाइनी जनताको न्याय, समानता र राष्ट्रिय स्वाधिनताको पक्षमाउभिनु पर्दछ ।गत सेटेम्बरमा युरोपमा सम्पन्न आइकोरको पाँचौं विश्व सम्मेलनमा…
Read More
फोरम (आन्तरिक बहस) सम्पन्न

फोरम (आन्तरिक बहस) सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशनको सन्दर्भमा सञ्चालन गरेको फोरम ( आन्तरिक बहस) सम्पन्न गरेको छ । प्रदेश र जिल्ला स्तरका फोरमहरु सम्पन्न भएपछि २०८१ कार्तिक २५ गते प्रवास क को कार्तिक ३० गते केन्द्रीय सल्लाहकार र गैरभूगोलसंग सम्बन्धित सदस्यहरुको र मंसिर २ गते प्रवास ख,को फोरम सञ्चालन गरिएको थियो । २०८१ वैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)का बीचमा माओवाद र माओविचारधारा ,जनयुद्धको मूल्याङकन र राज्य पुनःसंरचनाको बारेमा खुला बहस गर्ने निर्णय भए अनुरुप छलफल भईरहेको बताईएको छ । खुला छलफलको बहसमा पार्टी भन्दा बाहिरका व्यक्तिहरुबाट पनि छलफलमा भाग लिने काम भएका छन्…
Read More
महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न

महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाण्डौले महाधिवेशनको प्रचार प्रसार गर्दै कोणसभाहरु सम्पन्न गरेको छ । यसै सन्दर्भमा २०८१ मंसिर ३ गते कीर्तिपुर बाघभैरवमा कोणसभा सम्पन्न भएको हो । कार्यक्रमको संचालन रमेश महर्जनले गरेका थिए कार्यक्रममा केन्द्रीय प्रवक्ता सुदर्शन र तीन नं प्रदेश संयोजक अटलले सम्बोधन गरेका थिए । साथै दक्षिणकालीको फर्पिङमा पनि कोण सभा सम्पन्न भएको सभाको उद्घोषण सुरेश तामाङले गरेका थिए भने काडमाण्डौ जिल्ला सदस्य बन्धुदेव पाण्डे लगायतले मन्तव्य राखेका थिए । सोही दिन नै कीर्तिपुरको पाँगा दोबाटोमा कोणसभा सम्पन्न भएको छ । कोण सभामा सचिन महर्जन लगायतले सम्बोधन गरेका थिए । काठमाण्डौ जिल्लाका इन्चार्ज पुस्कर श्रेष्ठ विद्यार्थी…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्कुल विभागको पुस्तकालय उद्घाटन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्कुल विभागको पुस्तकालय उद्घाटन

काठमाण्डौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको पुस्तकालय उद्घाटन कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्टी केन्द्रिय कार्यालय ललितपुर कुपण्डोलमा आयोजित एक समारोहका बीच पार्टीका रास्टिय महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्ध किरणले दीप प्रज्ज्वलन गरेर पुस्तकालय उद्धाटन गर्नु भएको हो । संयोजक किरणले माक्र्सवादको अध्ययन र ज्ञान आर्जनका लागि पुस्तकालयको आवश्यकता रहेको बताउनु भयो । माक्र्सवादको अध्ययन नगरि पार्टीको कार्यदिशा तय गर्न नसकिने, पार्टीमा दुई लाइन संघर्थ सन्चालन गर्न नसकिने , जीवन र जगतलाई बुझ्न नसकिने हुदाअध्ययनको आवश्यकता माथि थप जोड दिनु भयो । उहाले अध्ययनको चलन हराउदैे गएको अबस्थामा पुस्तकालय स्थापनाले नेता कार्यकर्ताको अध्ययन बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त…
Read More
उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

उपनिर्वाचनविरूद्द क्रान्तिकारी कम्युनिष्ट पार्टीकाे चरणबद्द संघर्षकाे कार्यक्रम घाेषणा

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८१ मंसिर १६ गते गर्ने भनिएको स्थानीय तहको उप निर्वाचनको शसक्त प्रकारले बहिस्कार गर्ने जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले कार्तिक २८ गते एक प्रेस वक्तव्य जारी गरी सो कुराको जानकारी गराएका हुन् । वक्तव्यमा अगाडि भनिएको छ । –विद्यमान दलाल पुँजीवादी संसदीय व्यवस्था अन्तर्गत वि.सं.२०८१ को मंसीर १६ गते हुने भनी घोषणा गरिएको रिक्त ४४ स्थानको स्थानीय उपचुनावले नेपाली शोषित–उत्पीडित र श्रमजीवी जनताको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गराएको छ । नेपाली जनतालाई के कुरा राम्रोसँग जीवनानुभूति भइसकेको छ भने संसदीय व्यवस्था र यस अन्तर्गत हुने चुनाव ‘खसीको…
Read More
इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते प्रदर्शन हुँदै

इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते प्रदर्शन हुँदै

काठमाडौं : संयुक्त अभियान नेपालले प्यालेस्टाइन माथिको इजरायली जनसंहार विरुद्ध मङ्सिर ८ गते काठमाडौमा प्रदर्शन गर्दैछ । दिउँसो १ बजे माइतीघर मण्डलाबाट नयाँ बानेश्वर सम्म जुलुस हुने आयोजकहरूले बताएका छन्
Read More