समाचार

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंले अन्तर्क्रिया कार्यक्रम गर्ने

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौंले अन्तर्क्रिया कार्यक्रम गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल काठमाडौं जिल्ला समितिको आयोजनामा २०८२ असार ३१ गते दिनको १२ बजे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अनामनगरस्थित संवाद डबलीमा हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी जिल्ला समितिले जनाएको छ । दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र विषयक अन्तर्क्रिया कार्यक्रम हुने आयोजकले जनाएको छ। कार्यक्रममा उपस्थितिकोलागि सबैमा अनुरोध गरिएको छ ।
Read More
क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर समितिले भ्रष्टाचार विरोधी अभियानमा सकृय

क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर समितिले भ्रष्टाचार विरोधी अभियानमा सकृय

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिले पार्टीले ल्याएको भ्रष्टाचार विरोधी अभियानमा सकृय हुने निर्णय गरेको छ । क्रान्तिकारी युवा संघ नेपाल ९ नम्बर क्षेत्रीय समन्वय समितिको बैठकले आज सो निर्णय गरेको हो । बैठक समन्वय समितिका संयोजक असल वाईवाको अध्यक्षतामा बसेको थियो । बैठकमा शहीदहरूप्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो। बैठकमा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक सूर्य तिमिल्सिनाले संगठनले लिएका निर्णय र कार्यक्रमबारे र आन्दोलनका विषयमा मन्तव्य राख्नुभएको थियो। त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय पोलिट ब्युरो सदस्य तथा नौ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्माले…
Read More
अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

अखिल भारत नेपाली एकता समाजको बैठक सम्पन्न 

हैदरावाद : अखिल भारत नेपाली एकता समाजको केन्द्रीय प्रशिक्षणात्मक बैठक हैदरावादमा १२,१३ जुलाई २०२५ सम्म भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। संगठनको सुदृढीकरण, नेतृत्व विकास, भावी रणनीति, एकता र जनसंपर्क विस्तारका विषयमा यस बैठकले महत्वपूर्ण नीतिगत निर्णयहरू गरेको छ।बैठकको अध्यक्षता आनन्द थापाले , सञ्चालन महासचिव महेन्द्र बश्यालले गर्नुभएको थियो। अतिथिहरू क्रमश सन्त बहादुर नेपाली, हरि भक्त कडेल, विशेष अन्य अतिथिमा खगेश्वर शर्मा, र कृष्ण केसीको उपस्थिति रहनु भएको थियो।कार्यक्रमको प्रारम्भमा शहिदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो । बैठकले गरेका प्रमुख निर्णयहरू यस प्रकार छन।नोभेम्बर–डिसेम्बर २०२५ भित्र सम्पूर्ण भारतव्यापी रूपमा नगर सम्मेलनहरू सम्पन्न गर्ने अर्थात ,फेब्रुअरी–मार्च २०२६ भित्र…
Read More
४७ औँ पुष्पलाल स्मृति दिवस मनाउने

४७ औँ पुष्पलाल स्मृति दिवस मनाउने

काठमाडौँ : पुष्पलाल जन्म तथा शतवार्षिकी राष्ट्रिय तयारी समिति र राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको संयुक्त तत्वाधानमा आगामी २०८२ साउन ७ गते ४७ औँ पुष्पलाल स्मृति दिवस मनाइने भएको छ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक लोकनारायण सुवेदीले असार २३ गते एक वक्तव्य जारी गर्दै सो कुरा बताउनुभएको हो। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको आगामी २०८२ साउन १ गते कार्यसम्पादन समितिको बैठक बस्ने र ४७ औं पुष्पलाल स्मृति दिवसको स्थान र समय समेतको आवश्यक सबै तयारी गरिने पनि बक्तब्यमा जनाइएको छ ।
Read More
धादिङमा भ्रष्टाचारका विरुद्ध सि. डि. ओ.लाई ज्ञापनपत्र

धादिङमा भ्रष्टाचारका विरुद्ध सि. डि. ओ.लाई ज्ञापनपत्र

काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्लाले धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई भ्रष्टाचारका विरुद्धमा ज्ञापनपत्र बुझाएको छ। गत असार २४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ज्ञापनपत्र बुझाइएको हो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धादिङ जिल्ला ईन्चार्ज अमृत अधिकारी , जिल्ला सदस्यहरू ज्ञानबहादुर श्रेष्ठ र विष्णु भुजेल समेतको प्रतिनिधि मण्डलले उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा राष्ट्रिय स्तरमा भएका भ्रष्टाचारका साथसाथै स्थानीय समस्याहरूलाई पनि प्रतिनिधि मण्डलले उठाएको थियो। त्यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्दै देशमा सुशासन कायम गर्नको निमित्त हामीले आफ्नो तर्फबाट योगदान गर्ने वचनबद्धता व्यक्त गरेका थिए। प्रतिनिधि मण्डलले स्थानीय समस्याहरु जस्तै बाढी पहिरो पीडितहरुका समस्याहरुलाई पनि उठान गरेका…
Read More
साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

साम्राज्यवादी आक्रमण विरुद्ध काठमाडाैँमा प्रदर्शन

काठमाडाैँ : देशमा क्रियाशील १४ दल तथा समुहको आयोजनामा इजरायलद्वारा प्यालेष्टाइनमाथि भइरहेको आक्रमण तथा इरानमाथि साम्राज्यवादी आक्रमणको विरोध गर्दै काठमाण्डौमा विरोध प्रदर्शन सम्पन्न भएको छ । दिनको २ बजे रत्नपार्कको शान्तिवाटिकामा भेला भएर जमल ,घण्टाघर ,बागबजार पुतलीसडक ,हुँदै प्रर्दशनी मार्गमा गएर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंङ श्रीसले साम्राज्यवाद भनेकै युुद्ध हो र साम्राज्यवादको अन्त्य नहुँदासम्म कुनै न कुनै रुपको युद्ध चलिरहने बताउनु भयो । वहाँले साम्राज्यवाद अत्याचारी हुने ,शोषणमा आधारित हुने ,कमजोर देशलाई शोषण दमन गर्ने ,कमजोर देशका प्राकृतिक सा्रेत साधनहरु लुट्ने भएकाले युद्ध चलिरहन्छ भन्नुभयो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले एक दिने अगुवा कार्यकर्तालाई दियो वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले एक दिने अगुवा कार्यकर्तालाई दियो वैचारिक प्रशिक्षण

प्रदिप अस्तानी बनेपा /काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले अगुवा कार्यकर्ताहरुको बिचमा बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ। काभ्रे जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थाइ समिति सदस्य राम सिङ श्रीसको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक रुपमा कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नु भएको हो । प्रमुख अतिथि श्रीसले संगठन निर्माण र परिचालन सम्बन्धि विषयमा प्रशिक्षण दिनु भएको हो। प्रशिक्षणमा बोल्दै नेता श्रीसले अनुशाशीत कार्यकर्ताले मात्र संगठन राम्रो र बलियो हुने हुँदा त्यस तर्फ काम गर्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो। नेपालमा थुप्रै कम्युनिस्ट पार्टी भएको तर कुन असली कम्युनिस्ट हो भनेर चिन्न…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यी पार्टीहरूको यस्ताे गर्याे विश्लेषण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यी पार्टीहरूको यस्ताे गर्याे विश्लेषण

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा महाधिवेशन आयोजक समितिका संयोजक कमरेड किरणद्वारा प्रस्तुत र पारिति राजनीतिक प्रतिवेदनको “राजनीतिक पार्टीहरूको विश्लेषण” खण्ड ) ५. राजनीतिक पार्टीहरूको विश्लेषणआज नेपालमा संसद तथा सरकारमा आबद्ध र संसद तथा सरकार बाहिर विभिन्न राजनीतिक पार्टीहरु तथा समूहहरू क्रियाशील रहिआएका छन् । तिनको सही मापदण्डका आधारमा विश्लेषण गर्न आवश्यक छ । वर्गीय, विचारधारात्मक तथा राजनीतिक मान्यता, तदनुरुप बनाइएका नीति, कार्यक्रम तथा कार्यदिशा र व्यावहारिक गतिविधिलाई मापदण्ड बनाई त्यसप्रकारका राजनीतिक पार्टीहरूको विश्लेषण गर्नुपर्दछ । यस प्रकारका मापदण्डहरूमा वर्गीय मापदण्डलाई प्रधानता दिनु पर्दछ । विभिन्न राजनीतिक दलहरूमा विभिन्न समयमा…
Read More
तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित

तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित

रोशन राउत,चन्द्रपुर, रौतहट : रौतहट जिल्लामा पछिल्लो समय काठ चोरी, कटानी र वन अतिक्रमणका घटना दिनप्रतिदिन तीव्र रुपमा बढ्दै गएका छन् । स्थानियवासी तथा संरक्षणकर्मीहरू काठ तस्करीको श्रृंखलाबद्ध घटनाबाट चिन्तित छन् । तर, यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न जिम्मेवार डिभिजन वन कार्यालय भने कारबाही भन्दा पनि कोठे बैठक र कागजी प्रतिवेदनमै सीमित रहेको आरोप लागेको छ ।रौतहटका विभिन्न वन क्षेत्रहरू — जस्तै गैडाटार,गढीमाई, फतुवा बिजयपुर, गुजरा, चपुर, रंगपुर लगायतका स्थानहरूमा रातारात काठ चोरी हुने क्रम बढ्दो छ । स्थानीय स्रोतका अनुसार सुनियोजित रुपमा वन माफियाहरूले रातिको समयमा साईकल तथा ठेला गाडाबाट काठ निकासी गर्ने गरेका छन् । वन रक्षकहरू मूकदर्शक बनेका छन्…
Read More
उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग

उद्धार र राहत कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ८ नं. ब्युराेले चीनको तिब्बतबाट २०८२ असार २४ गते मंगलबार आएको बाढीबाट हुन गएको क्षतिमा उद्धार र राहतको कार्यमा सक्रिय भूमिका खेल्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । ८ नं. ब्युराे सेक्रेटरी सरोजले २०८२ असार २४ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढीमा परी वेपत्ताहुनु भएकाहरु प्रति गहिरो समवेदना प्रकट गर्नुका साथै वेपत्ता जनहरुको उद्धारकार्य लाई तीव्र पार्न माग गरिएको छ । वक्तव्यमा पार्टी पङ्क्तिलाई उद्धार र राहतको कार्यमा जुट्नन समेत माग गर्नुका साथै त्रिशुली नदी किनारआसपास बसोबास गर्नेहरुलाई सुरक्षा अपनाउन पनि अनुरोध गरिएको छ । वक्तव्यको…
Read More