समाचार

शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर : क्रान्तिकारी युवा संघ नेपाल

शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर : क्रान्तिकारी युवा संघ नेपाल

काठमाडौँ : क्रान्तिकारी युवा संघ नेपालले सङ्गठनका केन्द्रीय सचिवालय सदस्य शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संघ नेपालका संयाेजक सुर्य तिमल्सिनाले शनिबार प्रेस विज्ञप्तिमार्फत सङ्गठनका युवा नेता शंकर शाहीलाई तत्काल स-सम्मान रिहा गर्न जोडदार माग गरेका हुन् । क्रान्तिकारी युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य शंकर शाहीलाई प्रहरीले पुस ११ गते काठमाडौँको रत्नपार्कबाट गिरफ्तार गरेको थियो ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘१३३औँ माओ दिवस समारोह’ सम्पन्न(फोटोफिचर)

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘१३३औँ माओ दिवस समारोह’ सम्पन्न(फोटोफिचर)

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ‘१३३ औं दिवस समारोह’ भव्य रुपमा सम्पन्न गरेको छ । पार्टीको केन्द्रीय समितिको आयोजनामा जुलुस र जनसभासहित माओदिवस समारोह भव्य रुपमा सम्पन्न गरिएको हो । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएको जुलुस बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सुन्धरा, सहिदगेट, न्यूरोड, वीरअस्पताल हुँदै खुल्लामञ्चमा पुगेर जनसभामा परिणत भएको थियो । पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलको अध्यक्षता र स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली सुदर्शनको सञ्चालनमा सम्पन्न माओदिवस समारोहलाई प्रमुख वक्ताको रुपमा पार्टीका महासचिव सीपी गजुरेल गौरवले सम्बोधन गर्नुभएको थियो । उहाँले अहिले चौतर्फीरुपमा मालेमावादी सिद्धान्त र विचारमाथि हमला भइरहेको चर्चा गर्दै सिद्धान्त र विचारविना क्रान्ति सम्भव नहुने र…
Read More
१३३औँ माओदिवसमा ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवादको महान यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता’

१३३औँ माओदिवसमा ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवादको महान यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता’

काठमाडौँ : विश्व सर्वहारावर्गका नेता माओ त्सेतुङको १३३ औं जन्म दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले एक ऐतिहासिक महत्वको वक्तव्य जारी गर्दै ‘नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता’ व्यक्त गर्नुभएको छ ।वक्तव्यमा भनिएको छ, “आजको यस महत्वपूर्ण दिनमा विश्व सर्वहारा वर्गको एउटा टुकडी हाम्रो पार्टीले नेपालको विशिष्ट सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई सिर्जनात्मक ढङ्गले लागु गरेर नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी वैज्ञानिक समाजवाद हुँदै साम्यवाद तर्फको महान् यात्रामा अविचल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।” यस्तो छ– वक्तव्यको पूर्ण पाठ : प्रेस–वक्तव्यआज डिसेम्बर २६, तदनुसार पुष ११, विश्व सर्वहारा वर्गका…
Read More
भाेली पुस ११ गते शुक्रबार १३३औँ माओ दिवस भब्य रूपमा खुलामञ्चमा मनाउँदै

भाेली पुस ११ गते शुक्रबार १३३औँ माओ दिवस भब्य रूपमा खुलामञ्चमा मनाउँदै

काठमाडौं : १३३ औं माओ दिवसको सन्दर्भ पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पौष ११ गते निर्वाचन बहिष्कार सम्बन्धी जनसभा गर्ने भएको छ । । काठमाडौंको खुल्ला मञ्चमा जनसभाको आयोजना गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन २१ मा गर्ने भनिएको संसदीय निर्वाचन बहिस्कार सम्बन्धी पार्टीको धारणा स्पष्ट गर्ने भएको हो । जनसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुचेल गौरव लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जनसभाको तयारीका लागि मंगलबार पार्टी कार्यालय कुपण्डोलमा पार्टीका जबस मोर्चा प्रमुखहरुको बैठक आयोजना गरिएको थियो । पौष ११ गते शान्तिबाटिकामा दिनको ११ बजे जम्मा भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सहिदगेट, न्यूरोडगेट, वीरअस्पताल…
Read More
सुर्खेतमा निर्वाचन बहिस्कारबारे पत्रकार सम्मेलन

सुर्खेतमा निर्वाचन बहिस्कारबारे पत्रकार सम्मेलन

सुर्खेत : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुर्खेतले आसन्न फागुन २१ को निर्वाचन बहिष्कार सम्बन्धी पत्रकार सम्मेलन सम्पन्न गरेको छ । उक्त कार्यक्रम संवाद क्लवमा भएको थियो । कार्यक्रम जिल्ला सचिव रत्न वलीक‍ो अध्यतामा भएको थियो भने केन्द्रीय सदस्य कर्ण बि सि ले उदघोषण गर्नु भएको थियो । पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी तीन न ब्युरो इन्चार्ज शेर बहादुर देउवाले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य विरेन्द्र सुनार बरुन र केन्द्रीय सल्लाहकार सदस्य स्याम कार्कीको उपस्थिति रहेको थियो ।
Read More
चुनाव बहिष्कारबारे नुवाकोटको बट्टारमा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे नुवाकोटको बट्टारमा पत्रकार सम्मेलन

नुवाकोट : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नुवाकोटको आयोजनामा पत्रकार सम्मेलन बट्टारमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्युरो सदस्य तथा ८ नं. ब्युरो इञ्चार्ज रमेश पौडेल (सरोज) को प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटकाको जिल्ला सेक्रेटरी अर्जुनलाल श्रेष्ठ लगायतको समेत उपस्थिति थियो । प्रमुख अतिथि रमेश पौडेलले फागुन २१ मा हुने निर्वाचन बहिष्कार गर्नु पर्ने बताउनु भएको थियो । उहाँले वर्तमान राजनीतिक व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गर्दै नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद स्थापना र जनताको पक्षमा संविधान निर्माणमा जोड दिनु भयो । पत्रकार सम्मेलनमार्फत…
Read More
चुनाव बहिष्कारबारे रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलन

बुटवल : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति रुपन्देहीको आयोजनामा पत्रकार सम्मेलन बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्ण पौडेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देहीको जिल्ला सेक्रेटरी लक्ष्मीकान्त पौडेलको अध्यक्षता र बाबुराम आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । प्रमुख अतिथि कृष्ण पौडेलले फागुन २१ मा हुने निर्वाचन सशक्त रुपमा बहिष्कार गर्नु पर्ने बताउनु भएको छ । अहिलेको अवस्थामा हुने निर्वाचनले जनताका चाहाना पुरा गर्न नसक्ने र पुरानै संसदवादी दलहरु नै हावी हुने भएकाले यो निर्वाचनको कुनै अर्थ नभएकाले बष्किार गरिने बताउनु भयो। क्रान्तिकारी कम्युनिष्ट…
Read More
चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन

बाँके : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति बाँकेले चुनाव बहिष्कारबारे बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन सम्पन्न गरेको छ । आगामी फागुन २१ गते सरकारले घोषणा गरेको निर्वाचनमा भाग नलिने घोषणा कार्यान्वयनका लागि उक्त पार्टीद्वारा देशव्यापी अभियान सुरु गर्दै पत्रकार सम्मेलन आयोजना गरिएको हो । सोमबार पत्रकार सम्मेलनमा गत मंसिर १६ र १७ गते पार्टीको केन्द्रीय चौथो पूर्ण बैठकबाट संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराइएको थियो । पार्टीका पोलिटब्यूरो सदस्य दिपक बहादुर शाहीले बहिष्कारको चरणबद्ध आन्दोलनमा पार्टी जुटेको बताउनु भयो । ’ बाँकेका पार्टी जिल्ला सेक्रेटरी पि.टी.को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा भेरी कर्णाली इन्चार्ज समेत रहेका शाहीले त्यसबीच भ्रष्टाचार…
Read More
चुनाव बहिष्कारबारे नवलपरासीको बर्दघाटमा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे नवलपरासीको बर्दघाटमा पत्रकार सम्मेलन

नवलपरासी: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले आगामी चुनाव बहिष्कारबारे पत्रकार सम्मेलन सम्पन्न गरेको छ । निर्वाचनलाई साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन भएको ठहर गर्दै सशक्त रुपमा बहिष्कार गर्न सो पार्टीले आब्हान गरेको छ । जेनजी बिद्रोह पछि बनेको सुशिला कार्की सरकारलाई कठपुतलीको संज्ञा दिदै पार्टीले स्वाधीन संयुक्त सरकार गठनको माग गरेको हो ।सोमवार बर्दघाट प्रेस क्लबको कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले दलाल, भष्ट्र संसदीय ब्यवस्थालाई जोगाउन साम्राज्यवाद र विस्तारको इशारामा कठपुतली सरकार बनाएर निर्वाचनको नाटक मञ्चन गरिएको बताए । उनले साम्राज्यवाद तथा विस्तारवाद विरोधी सम्पूर्ण राजनीतिक दल, संगठन,…
Read More
चुनाव बहिष्कारबारे पोखरामा पत्रकार सम्मेलन

चुनाव बहिष्कारबारे पोखरामा पत्रकार सम्मेलन

कास्की : २०८२ पुष ७ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति कास्कीको आयोजनामा पत्रकार सम्मेलन पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य राम सिंह श्रीसको प्रमुख आतिथ्यता थियो । कार्यक्रम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्की जिल्ला सेक्रेटरी विक्रम थापाको अध्यक्षता र आकाश गौतमको सञ्चालनमा सम्पन्न भएको छ। प्रमुख अतिथि राम सिंह श्रीसले साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचनलाई “जनविरोधी षड्यन्त्र”को संज्ञा दिँदै त्यसलाई सशक्त बहिष्कार गर्न, आगामी प्रतिनिधि सभाको निर्वाचनमा सहभागी नहुन जनतालाई अनुरोध गर्नु भयो । श्रीसले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको इशारामा सञ्चालन हुने निर्वाचन प्रक्रियाले दलाल, नोकरशाही पुँजीपति र सामन्तवादी शक्तिलाई सत्तामा…
Read More