भाेली पुस ११ गते शुक्रबार १३३औँ माओ दिवस भब्य रूपमा खुलामञ्चमा मनाउँदै

काठमाडौं : १३३ औं माओ दिवसको सन्दर्भ पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पौष ११ गते निर्वाचन बहिष्कार सम्बन्धी जनसभा गर्ने भएको छ । । काठमाडौंको खुल्ला मञ्चमा जनसभाको आयोजना गरेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले फागुन २१ मा गर्ने भनिएको संसदीय निर्वाचन बहिस्कार सम्बन्धी पार्टीको धारणा स्पष्ट गर्ने भएको हो । जनसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुचेल गौरव लगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जनसभाको तयारीका लागि मंगलबार पार्टी कार्यालय कुपण्डोलमा पार्टीका जबस मोर्चा प्रमुखहरुको बैठक आयोजना गरिएको थियो ।

पौष ११ गते शान्तिबाटिकामा दिनको ११ बजे जम्मा भई बागबजार, पुतलीसडक, पद्मोदयमोड, भृकुटीमण्डप, सहिदगेट, न्यूरोडगेट, वीरअस्पताल हुँदै खुल्लामञ्चमा पुगेर जनसभामा परिणत हुने बताइएको छ । ।

नयाँ र पुराना संसदवादी दलहरु निर्वाचन कि विघटित संसदको पुनस्र्थापनाको बहसमा अल्झिरहेको बेला संसदीय व्यवस्थाको अन्त्य गरी मुलुकमा संघीय जनगणतन्त्रको स्थापना गर्नुपर्छ भनेर अगाडि बढिरहेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भने संसदीय निर्वाचन बहिस्कारको तयारीमा जुटेको छ । यो पार्टीले जेनजी विद्रोहपछि विकसित राजनीतिक परिस्थितिमा वर्तमान कठ्पुलती सरकारको विघटन गरी स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने माग अगाडि सारेको छ ।

विश्व कम्युनिष्ट आन्दोलनमा संशोधनवादका विरुद्ध माओ त्सेतुङले क्रान्तिकारी झण्डा उठाउनु भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा वि. सं. २०२० को दशकमा विभाजित कम्युनिष्ट समूहहरु मध्ये पुष्पलाल समूह , न्युक्लियस समूह (जो पछि चौ.म., मसाल, मशाल, माओवादीका रुपमा विकसित भयो),झापाली समूह (जो मा.ले. हुँदै एमालेको रुपमा विकसित भयो ) ले माओविचारधारा मान्न सुरु गरेका थिए । नेकपा(माओवादी) ले माओवादलाई पथप्रदर्शक सिद्धान्त बनायो । ती मध्ये धेरैले माओविचारधारा माओवादलाई परित्याग गरिसकेका छन् । आजको युगमा माओको योगदानलाई आत्मसात नगरिकन क्रान्तिकारी आन्दोलन अगाडि बढ्न सक्दैन भन्ने क्रान्तिकारी पार्टीहरुको विचार छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?