क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ५ नम्बर ब्युरोको प्रशिक्षण उदघाटन
काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँच नम्बर ब्युरोद्वारा आयोजित प्रशिक्षण नवलपरासीको बर्दघाटमा उदघाटन भएको छ । पार्टी स्थायी समिति सदस्य एवं स्कुल विभाग प्रमुख राम सिंं श्रीसले ब्यानर वाचन र पार्टीको झन्डा फहराएर उदघाटन गर्नुभयो । कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीली सुदर्शन, कृष्ण राज पौडेल , पोलिटब्युरो सदस्य परी थापा , सिताराम तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा ब्युरो इन्चार्ज प्रेम सुबेदी, केन्द्रीय सल्लाहकार युवराज न्यौपानेको आतिथ्यता रहेको थियो । दुई दिने प्रशिक्षणमा दर्शनशास्त्र,ऐतिहासिक भौतिकवाद, नेपालको कम्युनिस्ट आन्दोलन, तात्कालिक राजनैनिक परिस्थिति लगायतका विषय समावेश छन् । उदघाटन कार्यक्रम पार्टीका पार्टी नम्बर ब्युरो सचिव…