क्रान्तिकारी युवा संघ नेपालका नेता शंकर शाही १३ दिनपछि रिहा

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य शंकर शाही आज रिहा हुनुभएको छ । शाहीलाई माओ दिवसका दिन पौष ११ गते रत्नपार्कबाट प्रहरीले गिरफ्तार गरेको थियो । सर्बोच्च अदालतको आदेशमा उहाँ बुधबार १३ दिन पछि हिरासत मुक्त हुनुभएको हो । शाहीलाई काठमाडौंको जिल्ला प्रहरी कार्यालयमा स्वागत गर्न सुकुम्बासी मोर्चाका संयोजक भीम चापागाई, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल रसुवाका बद्रि चापागाई र युवा मोर्चाका संयोजक सुुर्य तिमिल्सीना प’नुभएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?