समाचार

धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ सर्वोच्चकाे आदेश

धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ सर्वोच्चकाे आदेश

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडाैँ : नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले २०८२ फागुन ११ गते सो आदेश जारी भएको हो । आदेशमा निवेदकको बन्दी प्रत्यक्षीकरणको आदेश के कति कारणले आदेश जारी हुनु नपर्ने हो आदेश जारी हुनु नपर्ने भए कारण सहित बाटोका म्याद बाहेक २४ घण्टाभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न प्रत्यर्थी काठमाण्डौ उपत्यका अपराध कार्यालय टेकुसमेतलाई आदेश दिइएको छ । म्यादभित्र लिखित जवाफ परे वा नपरे नियमानुसार गर्न आदेश आदेश दिइएको छ ।निवेदक सावित्री कुमारी वलीको तर्फबाट उपस्थित विद्वान…
Read More
सर्वाेच्चकाे आदेश : लिखित कारणसहित नेकपा अध्यक्ष ऋषि कट्टेललाई उपस्थित गराउ

सर्वाेच्चकाे आदेश : लिखित कारणसहित नेकपा अध्यक्ष ऋषि कट्टेललाई उपस्थित गराउ

काठमाडाैँ : नेकपा अध्यक्ष ऋषि कट्टेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले फागुन १० गते कारण देखाउ आदेश जारी गरेको छ । माननीय न्यायधीश टेकप्रसाद ढुङ्गानाबाट विपक्षी नेपाल सरकार गृह मन्त्रालयलाई के कति कारणले निवेदकको माग बमोजिमको आदेश जारी हुनु नपर्ने हो सोको कानुन बमोजिमको कारण भए लिखित जवाफसहित महान्यायधिवक्ताको कार्यालय मार्फत २०८२ फागुन १२ गते १० बजे सुनुवाइकोलागि अदालतमा उपस्थित गराउन आदेश जारी भएको हो । सो सम्बन्धमा अधिवक्ताहरु एकराज भण्डारी, रमेश बडाल, कपिलचन्द्र पोख्रेल, भोजराज आचार्य,पुन्यप्रसाद खतिवडा धर्मराज रेग्मी ,धनञ्जय खनाल, दीपक विक्रम मिश्र,फर्णिन्द्र कार्की लगायतको बहस रहेको थियो ।नेकपा अध्यक्ष ऋषि कट्टेल फागुन ६ गते कीर्तिपुरस्थित आफ्नै कार्यालयबाट…
Read More
नेकपा अध्यक्ष ऋषि कट्टेलकाे रिहाइकाे माग राख्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

नेकपा अध्यक्ष ऋषि कट्टेलकाे रिहाइकाे माग राख्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

काठमाडाैँ : नेकपाका अध्यक्ष ऋषि कट्टेललाई सरकारले पक्राउ गरी गैरकानुनी रुपमा हिरासतमा राखिएकोमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । ऋषि कट्टेलको छोरा रुपेश कट्टेलले फागुन ८ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको हो । कट्टेललाई फागुन ६ गते नेकपाको केन्द्रीय कार्यालय कीर्तिपुर अफिसबाट विनाकारण पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौमा राखिएको छ कट्टेललाई गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनमा र जिल्ला प्रशासन कार्यालय काठमाण्डौ जिल्ला प्रहरी परिसर काठमाण्डौको समेत आदेशमा पक्राउ गरिएको हो । सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनको बहिस्कार गर्ने निर्णय गरेको थाहा पाएर पक्राउ गरिएको निवेदनमा उल्लेख छ । निवेदनमा अध्यक्ष…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिव पक्राउपछि रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका जिल्ला सचिव पक्राउपछि रिहा

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला सचिव अर्घाखाँचीका जिल्ला सचिव राजेन्द्र नेपालीलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर थापाले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला सचिव राजेन्द्र नेपालीलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । अर्घाखाँची सन्धिखर्कमा निर्वाचन बहिस्कार सम्बन्धी पर्चा बाँडिरहेको अवस्थामा पर्चा सहित पक्राउ गरिएको डिएसपीको भनाइ रहेको छ । उहाँलाई जिल्ला प्रहरी कार्यालय सन्धीखर्कमा राखिएकोमा आजै रिहा गरिएको जानकार प्राप्त भएको छ ।
Read More
प्रधानमन्त्री सुशीला कार्कीकाे नवलपरासीमा पुत्ला दहन

प्रधानमन्त्री सुशीला कार्कीकाे नवलपरासीमा पुत्ला दहन

प्रधानमन्त्रीको राजिनामा माग नवलपरासी १० फागुन : ‘कठपुतली’ सरकारको प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन बहिष्कार गर्ने दलहरु प्रति गरेको गैरराजनीतिक टिप्पणी प्रति आपत्ति जनाउदै उनको पुत्ला दहन गरिएको छ । संयुक्त संघर्ष समिति नवलपरासीले जेनजी आन्दोलनको दमनकर्ता र दुरुपयोगकर्ता दलालहरु लाई जिताउन आन्दोलनको जनभावना बिपरित साम्राज्यवादको प्रायोजनमा गरिएको जनाएको छ । संसदीय निर्वाचनको सशक्त बहिष्कार एवं कठपुतली प्रधानमन्त्री कार्कीको राजीनामा माग गर्दै नवलपरासीको -१२ जमुनिया चोकमा संयुक्त संघर्ष समिति नवलपरासीले प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो। प्रधानमन्त्री कार्कीले सुरक्षा समितिको बैठकमा बहिष्कार गर्ने दलहरुको संगठन  र जनमत नभएकोले चुनाव बहिष्कार गरेको टिप्पणी गरेका थिए । संयुक्त संघर्ष समिति नवलपरासीमा बहिष्कारवादी चारदल आबद्व…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक

काठमाडाैँ : सिपी गजुरेल गाैरव नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्दीय समितिद्वारा निर्वाचन बहिस्कारकाे पाेष्टर सार्वजनिक सार्वजनिक गरेकाे छ । बिहीबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकाे पाेष्टरमा 'संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ !, मार्क्सवाद-लेनिनवाद-माओवाद - जिन्दावाद !, नयाँ जनवाद-वैज्ञानिक समाजवाद - जिन्दावाद ! साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौँ !, स्वाधीन संयुक्त सरकार गठन गरौँ !' भन्ने नारा उल्लेख गरिएकाे छ । पाेस्टर यस प्रकार रहेकाे छ
Read More
महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर : प्रवक्ता राजेश्वरी सुवेदी

महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर : प्रवक्ता राजेश्वरी सुवेदी

काठमाडौँ : विश्वभक्त दुलाल (अाहुती) नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र अध्यक्ष ऋषि कट्टेल को गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा हिजो फागुन ५ गते काठमाडौंबाट दुबै नेताहरूलाई विनाकारण पक्राउ गरिएको भन्दै कडा भर्त्सना गरिएको छ। विज्ञप्तिमा राष्ट्रियता, जनअधिकार र समाजवादको पक्षमा संघर्षरत नेताहरूको यस्तो गिरफ्तारीले लोकतान्त्रिक मूल्य–मान्यतालाई समेत चुनौती दिएको उल्लेख गरिएको छ। वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारलाई यस्ता दमनकारी कदमतर्फ नजान चेतावनी दिँदै महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर्न माग गरेको छ।
Read More
धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई बिनासर्त रिहा गर : केन्द्रीय संयुक्त संघर्ष समिति

संयुक्त संघर्ष समितिले गर्याे निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल नेतृत्वको केन्द्रीय संयुक्त संघर्ष समितिले निर्वाचन बहिस्कार आन्दोलनको दुई चरणका कार्यक्रमहरु घोषणा गरेको छ ।संयोजक गजुरेलले जारी गरेको वक्तव्यमा पहिलो चरणमा क) फागुन ८ देखि १२ गतेसम्म आगामी संसदीय निर्वाचन बहिष्कारको पक्षमा गाउँ, टोल र वडासम्म पर्चा वितरण, घरदैलो र कोणसभाहरु गर्ने । र, दोस्रो चरणमा– ख) फागुन १३ देखि १८ गतेका बीचमा स्थानीय अनुकूलता हेरी इटहरि, जनकपुर, चितवन, काठमाण्डौ, बुटवल, दाङ्, बर्दिया, धनगढी लगायतका शहरहरुमा बहिष्कार सभाहरु आयोजना गर्ने । कार्यक्रम तय गरिएको उल्लेख गरिएको छ ।वक्तव्यमा सुशीला कार्की नेतृत्वको…
Read More
नेताहरु धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई विनाशर्त तत्काल रिहा गर : संयुक्त संघर्ष समिति

नेताहरु धर्मेन्द्र बास्तोला र ऋषि कट्टेललाई विनाशर्त तत्काल रिहा गर : संयुक्त संघर्ष समिति

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित चार राजनीतिक दलहरू सम्मिलित ‘केन्द्रीय संयुक्त संघर्ष समिति’ले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेललाई पक्राउ गरिएको भन्दै सरकारको विरोध गरेको छ । समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका दुवै नेताको तत्काल र बिनाशर्त रिहाइको माग गरेको छ । संयुक्त संघर्ष समितिका संयोजक सीपी गजुरेलद्वारा जारी विज्ञप्ति अनुसार, अध्यक्ष ऋषि कट्टेललाई आज दिउँसो करिब १२ बजे कीर्तिपुरको ट्याङ्लास्थित पार्टी कार्यालयबाट पक्राउ गरिएको हो । प्रहरीले बिना कारण र बिना पक्राउ पुर्जी उनलाई नियन्त्रणमा लिई हाल टेकुस्थित अपराध महाशाखामा राखेको जनाइएको छ । त्यस्तै,…
Read More
ऐन–कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई बन्द गर : अखिल (क्रान्तिकारी)

ऐन–कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई बन्द गर : अखिल (क्रान्तिकारी)

काठमाडौं : सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी)ले देशको शिक्षा क्षेत्रमा बढ्दो ब्यापारिकरणलाई अन्त्य गर्न संघर्ष गर्ने बताएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बारबरा फाउण्डेसन र अमेरिकी युथ काउन्सिललाई खारेज गर्नसमेत माग गरेको छ । संगठनका अध्यक्ष महेश श्रेष्ठले हालै फागनु १ देखि ३ गतेसम्म काठमाडौं भएको एकता राष्ट्रिय सम्मेलनले देशको शिक्षा क्षेत्रको बेथितिविरुद्ध संघर्ष गर्ने निर्णाय गरेका जानकारी दिए । पछिल्लो समयमा द ब्रिटिश कलेज लगायतका विदेशी सम्बन्धन प्राप्त कलेजहरुले विभिन्न सपना देखाएर विद्यार्थीलाई ठगेको भन्दै रोष व्यक्त गरे । “नेपालको ऐन–कानून भन्दा माथि रहेर सञ्चालित विदेशी सम्बन्धन प्राप्त कलेजहरु बन्द…
Read More