समाचार

यी दुई प्रदेशमा वर्षाको सम्भावना

यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ : सुदूरपश्चिम, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव तथा बाँकी भूभागमा मनसुनी वायु तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…
Read More
महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने

महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने

काठमाडाैँ : महिलाहरुको अन्तर्राष्ट्रिय सेमिनार नेपालमा नै हुने भएको छ । नोभेम्बर २७,२८ र २९ अर्थात मंसिर ११–१३ गते हुने भनिएको सेमिनार यो भन्दा अगाडि नेपालमा नै गर्ने तयारी भइरहेको अवस्थामा नेपालमा जेनजी आन्दोलनको कारण जर्मनीमा हुने भनिएको थियो । अन्तर्राष्ट्रिय महिलाहरुको संयुक्त छलफलबाट नेपालमा नै सम्पन्न गर्ने निर्णय बमोजिम यहाँ क्रियाशील महिलाहरुको संयुक्त बैठकले नेपालमा नै सेमिनार गर्ने निर्णय गरेको क्रान्तिकारी महिला संगठन नेपालका सह संयोजक शारदा महतले जानकारी दिनु भयो । सेमिनारमा अन्तर्राष्ट्रिय महिला आन्दोलन ,तथा साम्राज्यवाद विरोधी विषयवस्तु प्रस्तुत र छलफल हुने पनि वहाँले जानकारी दिनु भयो । सेमिनारको तयारी तीव्ररुपमा अगाडि बढेको छ । सेमिनारमा अन्तर्राष्ट्रिय…
Read More
अमेरिकाद्वारा नेपाली युवामाथि अर्बौ लगानी गरेको विदेशी मिडियाको दावी

अमेरिकाद्वारा नेपाली युवामाथि अर्बौ लगानी गरेको विदेशी मिडियाको दावी

 Abhinandan Mishra भर्खरै प्राप्त आन्तरिक रेकर्डहरूले कसरी वाशिंगटनले नेपालमा युवा परिचालन कार्यक्रमलाई चुपचाप वित्त पोषित र निर्देशित गर्‍यो भन्ने कुरा प्रकट गर्दछ – भारत र चीनको प्रभावको प्रतिरोध गर्न राजनीतिक प्रशिक्षण, विरोध रणनीति र भूराजनीतिक सन्देशको मिश्रण। नेशनल एन्डोमेन्ट फर डेमोक्रेसी (NED) द्वारा वित्त पोषित अमेरिकी संस्था, इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (IRI) का आन्तरिक कागजातहरूले नेपालमा $350,000 को राजनीतिक कार्यक्रमको संरचना प्रकट गर्दछ जसले युवा नेपालीहरूलाई राष्ट्रिय नीति निर्माणमा भारत र चीनको प्रभावको विरुद्धमा वकालत गर्न र अमेरिकी प्राथमिकताहरूसँग मिल्दोजुल्दो शासन सुधारहरूको लागि जोड दिन तालिम र परिचालन गर्‍यो। रेकर्डहरू – सम्झौताहरू, बजेटहरू, प्रस्तावहरू, अनुसन्धान रिपोर्टहरू, कोषकर्ता अद्यावधिकहरू र प्रशिक्षण संक्षिप्तहरू…
Read More
आगजनी, लुटपाटमा संलग्न र सुधन गुरुङलाई कारबाही गर्नुपर्छ – जेनजी अगुवा सहनी

आगजनी, लुटपाटमा संलग्न र सुधन गुरुङलाई कारबाही गर्नुपर्छ – जेनजी अगुवा सहनी

काठमाडौँ : जेनजी अगुवा कृष्णमोहन सहनीले नक्कली जेनजीको नामा आगजनी, लुटपाट र अराजकता मच्चाउनेलाई कारवाहीको दायरामा नल्याएसम्म स्थिरता बन्न नसक्ने बताएका छन् । उनले जेनजीको नाममा अराजक कार्य गरिरहेको भन्दै सुधन गुरुङ र डा .निकोलस भुसाललाई कानुनको दायरमा ल्याउनुपर्ने बताए । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन आयोजना गर्दै सहनीले भने, ‘जेनजीको नाममा अराजकता मच्चाइरहेका सुधन गुरुङ र निकोलस भुसाललाई कानुनको दायरामा ल्याउनुपर्छ, नत्र स्थिरता आउँदैन । त्यस्तै, जेनजीको नाममा अगजनी र लुटपाट गर्नेलाई कारवाही गर्नुपर्छ ।’ प्रधानमन्त्री सुशीला कार्कीले जेन वाईको दबाबमा जेनजीको पक्षमा काम नगरेको बताए । उनले जेनजीको पक्षमा काम गर्न नसक्ने भए प्रधानमन्त्री कार्कीले तुरुन्त राजिनामा दिनुपर्ने…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नं. ब्युरोले भन्याे ‘बाढी, पहिरो पीडितहरुलाई राहत, उद्धार र निशुल्क उपचार तथा बेपत्ताको खाेजी गर !’

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६ नं. ब्युरोले भन्याे ‘बाढी, पहिरो पीडितहरुलाई राहत, उद्धार र निशुल्क उपचार तथा बेपत्ताको खाेजी गर !’

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६नं व्यूरोले बाढी, पहिरो पीडितहरुलाई राहत, उद्धार र निशुल्क उपचार तथा वेपत्ताको शीघ्र खोजी गर्न माग गरेको छ ।१६नं व्यूूरोका सेक्रेटरी विद्राहीले २०८२ असोज २० गते एक वक्तव्य जारी गरी सो माग गर्नु भएको हो । वक्तव्यको पूर्णपाठ यसप्रकार छ– “यहि २०८२ असोज १८ देखि परेको भारी वर्षाका कारण ,बाढी ,पहिरो र डुुबानबाट भएको ठूलो जनधनको क्षतिप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १६नं व्यूरो गहिरो दुःख व्यक्त गर्दछ । बाढी पहिरोमा परेर इलाम जिल्लामा मात्रै३७ जना ,पाँचथर र मोरङमा २,२ जना मृत्युभैसकेको तथ्याङक सार्वजनिक भैसकेकोे छ । यस्तै असोज १८ गते गाडी दूूर्घटनाबाट ६जनाको मृत्यु…
Read More
स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ११ दलको पत्रकार सम्मेलन

स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसहित ११ दलको पत्रकार सम्मेलन

काठमाडौं : २०८२ असोज १२ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी र संगठनहरूले रिपोर्टस क्लबमा एक पत्रकार सम्मेलन सम्पन्न गरेका छन् । त्यस अवसरमा एक प्रेस वक्तव्य पनि तिरण गरिएको थियो । वक्तव्यमा धर्मेन्द्र बास्तोला कञ्चन(नेपाल कम्युनिष्ट पार्टी बहुमत), सीताराम तामाङ (क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल), राजकुमार हिङमाङ (वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल), बसन्त बोगटी (नेपाल कम्युनिस्ट पार्टी) ,लोकनारायण सुवेदी (नेपाल कम्युनिस्ट पार्टी), माधव गौतम, दुर्गा बराइली (श्रमिक जनता पार्टी नेपाल), अरुण घिसिङ (नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी), कमरेड मुक्ति (ग्रेटर नेपाल कम्युनिस्ट पार्टी), प्रतिवाद ,नेकपा विद्रोही ,मार्सल (रेडफोर्स नेपाल पार्टी ) लगायतले वक्तव्यमा हस्ताक्षर गरेका छन् । वक्तव्यमा भनिएकको छ – “साम्राज्यवाद परस्त, नोकरशाही…
Read More
नेपालमा अबको राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन

नेपालमा अबको राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन

काठमाडाैँ : नेपालमा अबको विकल्प राजनीतिक विकल्प क्रान्तिकारी आन्दोलन भएको एक कार्यक्रममा विभिन्न कम्युनिष्ट पार्टीहरुका नेतृत्वहरुले बताएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समितिको आयोजनामा घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानमा आयोजित “वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले नेपालमा जेन्जी आन्दोलनपछि राजनीति निकै विषम स्थितिमा रहेको भन्दै यो विषम परिस्थितिमा देशका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु संवाद,सहकार्य,संयुक्त मोर्चा निर्माण गर्दै एकता,ध्रुवीकरणमा गएर देशको विकल्पको रुपमा अगाडि आउनु पर्ने र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउनु बताए ।देशमा पटक पटक क्रान्ति र परिवर्तनकोलागि नेपाली जनताहरुले संघर्ष र वलिदान गरेपनि नेपाली जनताको वास्तविक मुक्ति हुन नसकेको वक्ताहरुको भनाई रहेको थियो । भाद्र…
Read More
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस

एजेन्सी रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भिटाे अधिकार भएको स्पष्ट पारेको छ। रुसको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा जारी युद्ध, रक्तपात र सर्वसाधारण जनताको पीडा अन्त्य गर्न सुरक्षा परिषद्ले अहिलेसम्म कुनै ठोस निर्णय लिन नसक्नु अत्यन्तै दुःखद र निराशाजनक विषय हो।” बिहीबार, सुरक्षा परिषद्का केही अस्थायी सदस्य राष्ट्रहरूले गाजामा युद्धविराम कायम गर्न, बन्धकहरूको सुरक्षित रिहाइ र मानवीय सहायता सहज रूपमा प्रवेश गराउन प्रस्ताव पेश गरेका थिए। सबै सदस्य…
Read More
ऋषि कट्टेल नेतृत्वकाे नेकपाका सहसंयाेजक मोहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रा.क.पा.नेपालमा प्रवेश

ऋषि कट्टेल नेतृत्वकाे नेकपाका सहसंयाेजक मोहन वैद्य ‘किरण’ नेतृत्वकाे क्रा.क.पा.नेपालमा प्रवेश

काठमाडौँ : ऋषि कट्टेलले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक शम्भु कट्टेल, केन्द्रीय सदस्य तथा मकवानपुर सचिव कुलबहादुर सुवेदीलगायत ३ नेताहरु मोहन वैद्य 'किरण'ले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गर्नुभएको छ । २०८२ असोज २ गते बिहीबार दिउँसो ललितपुरको कुपण्डोल स्थित पार्टीको सम्पर्क कार्यालयमा उहाँहरुलाई पार्टीका कार्यबाहक महासचिव सिपी गजुरेलले अविर लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य हरिभक्त कडेल र नेता शम्भु कट्टेलले बाेल्नुभएकाे थियाे । उक्त कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो सेक्रेटरी चिन्तामणी पौडेलले गर्नुभएको थियो ।
Read More
नमस्ते सायमीकी ममतामयी आमा विमला मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

नमस्ते सायमीकी ममतामयी आमा विमला मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडौँ : मोेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट नेवाः राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य नमस्ते सायमीकी ममतामयी आमा विमला मानन्धरको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ ।२०८२ असोज २ गते बिहीबार काठमाडौँको बशन्तपुरमा सम्पन्न भएको श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो इन्चार्ज दिनेश शर्मा, ९ नम्बर ब्युरो सेक्रेटरी चिन्तामणी पौडेल, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रविन्द्र श्रेष्ठ र पारिवारिक सदस्यहरुको आतिथ्यता गर्नुभएकाे थियाे ।कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्माले ममतामयी आमा विमला मानन्धरकी छोरी ममता सायमीलाई श्रद्धाञ्जली पत्र हस्ताणतरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि दिनेश शर्माले भन्नुभयो, “मोर्चाका…
Read More