
काठमाडौँ : विश्वभक्त दुलाल (अाहुती) नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालले नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला र अध्यक्ष ऋषि कट्टेल को गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीकी प्रवक्ता राजेश्वरी सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा हिजो फागुन ५ गते काठमाडौंबाट दुबै नेताहरूलाई विनाकारण पक्राउ गरिएको भन्दै कडा भर्त्सना गरिएको छ। विज्ञप्तिमा राष्ट्रियता, जनअधिकार र समाजवादको पक्षमा संघर्षरत नेताहरूको यस्तो गिरफ्तारीले लोकतान्त्रिक मूल्य–मान्यतालाई समेत चुनौती दिएको उल्लेख गरिएको छ।
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले सरकारलाई यस्ता दमनकारी कदमतर्फ नजान चेतावनी दिँदै महासचिव बास्तोला र अध्यक्ष कट्टेललाई विनाशर्त तुरुन्त रिहा गर्न माग गरेको छ।
