ऐन–कानून नमान्ने विदेशी सम्बन्धन प्राप्त कलेजहरुलाई बन्द गर : अखिल (क्रान्तिकारी)

काठमाडौं : सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल(क्रान्तिकारी)ले देशको शिक्षा क्षेत्रमा बढ्दो ब्यापारिकरणलाई अन्त्य गर्न संघर्ष गर्ने बताएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी बारबरा फाउण्डेसन र अमेरिकी युथ काउन्सिललाई खारेज गर्नसमेत माग गरेको छ ।

संगठनका अध्यक्ष महेश श्रेष्ठले हालै फागनु १ देखि ३ गतेसम्म काठमाडौं भएको एकता राष्ट्रिय सम्मेलनले देशको शिक्षा क्षेत्रको बेथितिविरुद्ध संघर्ष गर्ने निर्णाय गरेका जानकारी दिए । पछिल्लो समयमा द ब्रिटिश कलेज लगायतका विदेशी सम्बन्धन प्राप्त कलेजहरुले विभिन्न सपना देखाएर विद्यार्थीलाई ठगेको भन्दै रोष व्यक्त गरे । “नेपालको ऐन–कानून भन्दा माथि रहेर सञ्चालित विदेशी सम्बन्धन प्राप्त कलेजहरु बन्द नगरिए हामी कारवाही गर्छौं” श्रेष्ठले भने । उनले सेना दिवसको अवसरमा टुडिखेलमा अमेरिकन सेनाको परेडले देशको स्वाधीनता र सर्वभौमसत्तामाथि ठाडो हस्तक्षेपको संकोत गरेको बताएका छन् । उपाध्यक्ष नेत्र शाहीले अखिल(क्रान्तिकारी) टुटफुट र विभाजन मात्रै नभएर एकता हुन पनि जान्दछ भन्ने सन्देश दिएको बताए ।

संगठनका उपाध्यक्ष नेत्र शाहीले भन्नुभयो, “शिक्षा बेचबिखनको साधन बनाएर श्रमजीवी वर्गका छोराछोरीले पढ्नै नसक्ने अवस्थाबाट मुक्त गराउन अब अखिल (क्रान्तिकारी) सडकको सिंह बनेर गर्जने छ ।” उहाँले शैक्षिक रंगमञ्चमा शिक्षा बजार दलाल तथा नोकरशाही बर्ग लागि नयाँ लुटिखाने सुरक्षित लगानी क्षेत्र बनेको भन्दै शिक्षामा भएको निजीकरण, व्यापारीकरण र माफियाकरणको अन्त्य गरेरै छाड्ने बताउनु भयो ।

महासचिव नविन खड्काले एकता राष्ट्रिय सम्मेलनले पारित गरेका निर्णयहरु बाचन गर्दै समग्र शिक्षा क्षेत्रमा व्याप्त बेथितिविरुद्ध आफ्नो संगठनले संघर्ष गर्ने बताए । खड्काले प्रिमियर, युलेन्स र विदेशी सम्बन्धन कलेजहरु नेपालको ऐन–कानूनभन्दा बाहिर रहेका सञ्चालन गरिरहेको जनाउँदै उनिहरु तत्काल नसिच्चिए कारबाही गर्ने चेतावनी दिए ।

अर्का सचिव प्रवेश रुम्बाले साम्राज्यवादद्वारा प्रायोजित निर्वाचनको रापताप चलिरहेको बेला एकथरी युवा विद्यार्थीहरु भोट बैंकको भुमिका निभाउन मरिहत्ते गरेर लागिरहेको टिप्पणी गर्दै फागुन २१ को कथित निर्वाचनले कुनै समस्याको समाधान नगर्ने भएकोले अखिल (क्रान्तिकारी)को सम्मेलनले सशक्त रुपमा बहिस्कार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी संगठनका सचिव दिनेश जोशी शैक्षिक विकृतिक विसंगतिका विरुद्ध अब अखिल .(क्रान्तिकारी)ले व्यवस्थित रुपमा आन्दोलन अगाडि बढाउने बताउनु भयो ।

त्यसैगरी अर्का सचिव सचिव नरबहादुर कुमालले नेपालको सही र वैज्ञानिक शिक्षा प्रणालीको रोड्म्याप आफूहरुसँग रहेको भन्दै शिक्षा क्षेत्रलाई आमूल रुपले परिवर्तन गर्न अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।

कोषाध्यक्ष लक्ष्मण विकले देशमा बढ्दो शैक्षिक व्यापारिकरणलाई अन्त्य गर्नुपर्ने धारणा राखे । संगठनले चुनाव वहिस्कारको आन्दोलनमा रहेका धर्मेन्द्र बास्तोला, ऋषि कट्टेललगायत देशभरीका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई तत्काल स–सम्मान रिहा गर्न माग गरेको छ । साथै संगठनले वर्तमान निर्वाचनमार्फत देशले राजनीतिक निकास नपाउने तथा वैदेशीक हस्तक्षेप बढ्ने ठहर गर्दै, स्वाधीन संयूक्त सरकार निर्माण गरी जनसंविधान लागु गरी गरिने निर्वाचनले मात्रै राजनीतिक निकास दिने जनाएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?