Uncategorized

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकि नेत्री चन्द रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकि नेत्री चन्द रिहा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँ जिल्ला सचिवालय सदस्य तथा मजदुर नेता कमला चन्द आज सोमबार बेलुका रिहाई हुनुभएको छ ।उह चैत्र १७ गते बेलुकी सरकारका प्रहरीहरूले गिरफ्तार गरी बौद्ध चौकीमा राखेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौँले गिरफ्तारीको घोर विरोध गर्दै  रिहाइको लागि  माग गरेको छ ।
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा राजावादीहरुको हिंसात्मक गतिविधिको निन्दा

काठमाडौं । काठमाडाैँमा चैत्र १५ गते राजावादीहरुले गरेकाे आन्दोलनका क्रममा भएकाे हिंसात्मक गतिविधिककाे घटनालाई लिएर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निन्दा गरेको छ । साे पार्टीका कार्यबाहक गौरवले शनिबार एक प्रेस–वक्तव्य प्रकाशित गर्दै राजावादीहरूकाे आन्दाेलनमा क्रममा भएकाे हिंसात्मक गतिविधिकाे निन्दा गरेका हुन् । वर्तमान संकटपूर्ण स्थितिको निकास जनगणतन्त्रको स्थापना एक मात्र बिकल्प भएकाे उल्लेख गर्दै वक्तव्यमा भनिएको छ – “राजावादी शक्तिहरुद्वारा हिजो १५ गते आयोजित कार्यक्रम तोडफोड, लुटपाट, निजी व्यवसाय तथा राष्ट्रिय उद्योगमा आगजनी सहित हिंशामा बदलिएको छ । दुईजना युवाले अनाहकमा ज्यान गुमाएमा छन्, दर्जनौं व्यक्तिहरु घाइते भएका छन् । राजतन्त्रको पुनस्थापनाका नाममा भएका यी गतिविधिको हाम्रो पार्टीले तीव्र निन्दा तथा…
Read More
डडेल्धुरामा कोणसभा र पत्रकार भेटघाट कार्यक्रम

डडेल्धुरामा कोणसभा र पत्रकार भेटघाट कार्यक्रम

डडेल्धुरा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको पाचौँ दिन शुक्रवार डडेल्धुराको सदरमुकाम वागवजारमा कोणसभा सम्पन्न भएको छ ।कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा टोली प्रमुख हेमन्त प्रकाश ओली सुदर्शनले सम्वोधन गर्दै पार्टीले शुरू गरेकाे अभियान ४५ दिनमा ५६ जिल्लामा सञ्चालन हुने बताउँदै मे दिवसको सन्दर्भमा वैशाख १८ गते काठमाण्डौमा विशाल सभा गरिने जानकारी दिए । साथै उनले जनताकाे जीवनस्तर परिवर्तनका लागि जनवाद–बैज्ञानिक समाजवाद अनिवार्य भएकाे बताए । कोणसभालाई पिविएम लालवहादुर जाग्री, केवि गुरुङ, धनेश्वर पोखरेलले पनि सम्वोधन गरेका थिए । कोणसभाको सञ्चालन हरि सुवेदीले गरेका थिए ।डडेल्धुरा जिल्लाको सदरमुकामको तुफानडाडामा रहेको क्लासिक होटलको हलमा विहान क्रान्तिकारी कम्युनिस्ट…
Read More
म्याङ्लुङ बजारमा जनसभा, श्रमिक जनताको सत्ता ल्याउने अभियानकाे उद्देश्य हाे -रामसिहं

म्याङ्लुङ बजारमा जनसभा, श्रमिक जनताको सत्ता ल्याउने अभियानकाे उद्देश्य हाे -रामसिहं

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नंं अभियान टोलीले आज तेह«थुमको म्याङ्लुङ बजारमा जनसभा सम्पन्न गरेको छ । जनसम्बन्ध विस्तार अभियानको पाँचौ दिन अभियान टोलीले जनसभा सम्पन्न गरेको हो ।सभामा पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख नेतृत्व रामसिंह श्रीसले दलाल पुँजीपति वर्गको हातमा रहेको सत्तालाई श्रमिक जनताको हातमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको बताए। उनले नेपालमा पटक पटक आन्दोलन, संघर्ष, युद्ध भएपनि नेतृत्वको धोका र गद्दारीका कारण जनताले चाहेको राजनीतिक व्यवस्था अहिलेसम्म आउन नसकेको बताए । सभालाई पार्टीका पोलिटब्यूरा सदस्य चन्द्रहरि सुवेदी र महिला नेतृ शारदा महतले पनि सम्बोधन गरेका थिए । पार्टीका तेह«थुम इन्चार्जको अध्यक्षतामा सम्पन्न भएको…
Read More
संघीय निजामती सेवा ऐन इच्छा पूरा गर्ने दस्तावेज नबनोस्

संघीय निजामती सेवा ऐन इच्छा पूरा गर्ने दस्तावेज नबनोस्

लेखक : कुमार दाहाल निजामती सेवाको कोसेढुङ्गो २०१३ सालको ऐन हो। निजावती सेवा ऐन र नियमावली २०४९ सालसम्म कायम रह्यो। यो अवधिमा पनि कर्मचारी सन्तुष्ट थिएनन्। नीतिगत असन्तुष्टि थुप्रै थिए। २०१७/ १८ २०२४/२५ र २०२८/२९ मा लोकसेवा आयोग निलम्बन गरी सोझै पदपूर्तिको व्यवस्था समेत भयो। त्यतिखेर योग्यता होइन , शासकलाई देखाइने इमान्दारिता प्रमुख थिए। यद्यपि त्यतिखेरका शासक, प्रशासकहरु कर्मचारी चिन्दथे र योग्यताको कदर र सम्मान गर्थे। शासनभित्र कर्मचारी अनुशासित थिए। तर २०३२ सालमा शाखा अधिकृतमा भर्ना भएको अफिसर २०५५ सालसम्म शाखा अधिकृतमै अवकाश भएका तीतो अनुभव अहिले कतिपय भूतपूर्व प्रशासकहरूलाई सम्झिन समेत गाह्रो पर्छ। यस्ता गुम्सिएका पीडा नेपालको कर्मचारीतन्त्रका पूरानै…
Read More
एकताले संघर्षमा गति दिने छ : मेरियम, टर्की कम्युनिस्ट पार्टी माक्र्सवादी–लेनिनवादी

एकताले संघर्षमा गति दिने छ : मेरियम, टर्की कम्युनिस्ट पार्टी माक्र्सवादी–लेनिनवादी

१) कमरेड, तपाईंले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निमन्त्रणा स्वीकार गर्नुभयो र अहिले बन्द शत्रलाई पनि नजिकबाट हेर्दै हुनुहुन्छ। हाम्रो पार्टीको राष्ट्रिय महाधिवेशनमा कस्तो महसुस गर्दै हुनुहुन्छ?– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनमा सहभागी हुन र बन्द शत्र अवलोकन गर्न पाउँदा हामी गौरवान्वित छौं। कम्युनिष्ट पार्टीहरूको एकीकरण महाधिवेशनको अवलोकन गर्नु भनेको सङ्घर्षमा संलग्न व्यक्तिहरूका लागि मात्र होइन, अन्तर्राष्ट्रिय क्रान्तिकारी आन्दोलनहरूको लागि महत्वपूर्ण क्षण हो। ऐतिहासिक रूपले, क्रान्तिकारी शक्तिहरूको एकता पुँजीवाद, साम्राज्यवाद र सबै प्रकारका शोषणहरू विरुद्धको लडाइँमा सधैं महत्त्वपूर्ण हुन्छ। यसले वैचारिक विभाजनलाई परास्त गर्न र जनतालाई उनीहरूको मुक्तिको सङ्घर्षमा नेतृत्व गर्न सक्ने एकताबद्ध, अनुशासित शक्तिको निर्माणमा एक कदम अगाडि बढ्ने…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई दियाे भाइचारा पार्टीहरुले शुभकामना

क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई दियाे भाइचारा पार्टीहरुले शुभकामना

भाकपा (मा.ले.) रेड स्टारकमरेडहरु,कमरेड तुहिन र व्यक्तिगत रुपमा मेरो तर्फबाट र हाम्रो पार्टी भाकपा (माक्र्सवादी) रेड स्टारको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (आरसीपीएन) को एकता महाधिवेशनको सफलताको कामना गर्दछु । यस ऐतिहासिक महाधिवेशनमा हामीलाई निमन्त्रणा दिनुभएकोमा हामी तपाईप्रति कृतज्ञ छौं ।कमरेड,आज तपाईको महाधिवेशन यस्तो समयमा भइरहेको छ, जतिबेला फासिवाद र युद्धको खतरा विश्वको शिरमा छाएको छ । अमेरिकी राजनीतिको फासीवादी अनुहार डोनाल्ड ट्रम्पले आफ्नो गुमेको सत्ता पुनः प्राप्त गरेका छन् र दोस्रो पटक सत्तामा फर्केका छन् । यो घटनाले विश्वभरी नै फासीवादका लागि उर्वर भूमि छ भन्ने प्रमाणित गर्छ । जबसम्म साम्राज्यवादी र पुँजीवादी अर्थतन्त्रको गम्भीर संकट रहिरहन्छ र त्यसको…
Read More
प्यालेष्टाइनी जनताको सार्वभौम सत्तासम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग

प्यालेष्टाइनी जनताको सार्वभौम सत्तासम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग

काठमाण्डौ : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले प्यालेष्टाइनी जनताको सार्वभौम सत्ता सम्पन्न स्वाधीन राज्यको मागलाई सम्मान गर्न जोडदार माग गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका संयोजक लोकनारायण सुवेदीले २०८१ मंसिर ७ गते एक प्रेस वक्तव्य प्रकाशित गर्दै सो माग गरेका हुन् । वक्तव्यमा अगाडि भनिएको छ ।“नाटोको नेतृत्व गरिरहेको अमेरिकी साम्राज्यवादको आडधाप र उक्साहटमा आज प्यालेस्टिनी जनतामाथि कथित आत्मरक्षाको नाममा इजरायलले घोर आततायी अत्याचार र बिध्वंश मच्चाइरहेको छ । संयुक्त राष्ट्र संघका प्रावधान, अन्तराष्ट्रिय कानुन सबैको धज्जी उडाउँदै इजरायलले भर्खर जन्मेका प्यालेस्टिनी शिशु,विद्यालयमा पढ्दै गरेका बाल बालिका, अस्पतालमा उपचार गराइरहेका बिरामीहरु तथा निर्दोष मानबीय बस्तीहरुमा जथाभावी बम बर्षागरेर मानबीयताका सबै…
Read More
लेनिनको शिक्षाबारे जर्मनमा अन्तर्राष्ट्रिय ,गोष्ठी सम्पन्न

लेनिनको शिक्षाबारे जर्मनमा अन्तर्राष्ट्रिय ,गोष्ठी सम्पन्न

संगीत स्रोता, जर्मनी: कम्युनिस्ट पार्टी र संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ( आइसिओआर) को आयोजनामा जर्मनमा लेनिनको शिक्षा सम्बन्धी एक अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीका वक्ताहरूले समाजवाद र साम्यवाद विश्वको भविष्य हो भनेका छन् । गत सेप्टेम्बर १३ देखि १५ ( २०८१ भाद्र २८– ३०) मा भव्यतापूर्वक सम्पन्न उक्त गोष्ठीमा ४५ देशका ,४० संगठनका ७०१ जना सहभागी भएकाथिए । विभिन्न शीर्षक माथि गोष्ठी सम्पन्न भएको थियो । “लेनिन र साम्राज्यवाद ” “लेनिनको विश्वदृष्टिकोण र द्वन्द्वात्मक भौतिकवाद ” “लेनिन, युद्ध र शान्तिको प्रश्न तथा सर्वहारा अन्तर्राष्ट्रवाद” ,“लेनिन र राष्ट्रिय मुक्तिका निम्ति संघर्ष” ,“लेनिन र युवा” “लेनिन , महिला मुक्तिका अग्रणी…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे बाग्लुङमा मशाल जुलुस कार्यक्रम सम्पन्न

बागलुङ : बागलुङ जिल्लाको तीन ठाउँमा भाद्र १७ गते बेलुकी मसाल जुलुस गरी विरोध तथा भण्डाफोरको कार्यक्रम सम्पन्न गरिएकोछ । मशाल जुलुस पछि वक्ताहरूले आ –आफ्नो धारणा राखेका थिए । भुस्कातमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन अयोजक समिति सदस्य पूर्ण गुरुङले , राङ्खानीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एकता महाधिवेशन आयोजक समिति सदस्य मनबहादुर श्रीसले र ब्यार्थलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य रेशम गिरीले मन्तव्य राखेका थिए । वक्ताहरूले संसदीय व्यवस्था औचित्यहीन भैसकेकाले नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु पर्ने बताएका थिए ।
Read More