साहित्य

मुटुभित्र पीडाले गर्दा पोल्न थालो मन 

के कस्तो हुन थालो देसको शान्ति ऐन

देस हाम्रो युद्ध भुमी मैदान बन्दै गयो

चारै तिर बाट अब युद्ध सुरु भयो

आँखा भरी आउँछ आसु मनमा पीडा पर्दा

देसमा शान्ति छैन अब लडाइँले गर्दा 

लडाइमा जान भनी काधमा झोला भिरी

मरे मर्छु भनीकन युद्ध मैदान तिर छिरी

हजारौं देशको जनताले खाय  तातो गोलि 

धेरैको ज्यान गयो हिजो यकै शब्द नबोलि

गोलिको मुस्लो चारै तिर छुटन थालो कालो

देशमा शान्ति ल्याउन खिज्दा रगत बग्न थालो

युद्ध कैल्यै सकियन दिन रात गन्दै 

धेरै मरे मैदानमा पानी पानी भन्दै

लडाइँमा लडदा लड्दै गारो हुन्थ्यो भनी

मैदानमा उठनु पर्यो गोलि लागे पनि

लाला बालालाइ राम्रो सग पढ्न लेख्न दिनु

युद्धमा परेर मरे भने चिन्ता कैले नलिनु

घरपरिवारको याद आउथ्यो रात दिन भरी

यात्रा गर्दा सम्झे आम तिमलाइ घरी घरी

अशान्तिको आवाज आउथ्यो भयन मन आसामा

दुश्मनको गोलि लाग्यो कता बाट मेरो छातिमा

चारै तिर हेर्दै थिय बाठो बनी बनि 

अन्तिम लाडाइ जितेर आय म घरमा पनि

पिर नलिनु नेपाल आमा म मरे भने अब

नेपाली लाई राम्रो गर्ने प्रयास गर्नु तब

छ मेरो अन्तिम संदेश युद्ध मैदान बाट

म मरे पछि लियर जानू आम सहिद घाट

मरेको लासलाइ भुत भनी कैल्यै नछोडनु

मरनको झन्डा सहिदको सालिक भनी रोप्नु

स्वाधीनताको नारा बोक्ने मान्छे अझै युद गर्न गय

शान्ति हुने थियो देशमा गोलि गठा अनि छहरा नभय

यो पापि दैबले म दुखिको छिटै तोडिदिय साथ 

अब अन्तिम पत्र लेखे आम युद्ध भुमी बाट

मलाई पनि ल्यायो आमा दुश्मनले घेर्दै

चिन्ता नलिनु भन्दै हुन्छु बिदा अन्तिम सास फेर्दै 

               नकुल चौलागाईं यर्दन 

                   काभ्रे कोसिपार

                       गोठ्पानी

received_356779671732925.jpeg
By नकुल चौलागाई

Related Posts