काठमाडौं : रामेछाप नगरपालिका -५ चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित श्री जनता माध्यमिक विद्यालय कोलन्जोरका संस्थापक सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा व्यक्त गरिएको छ ।





शुक्रबार बिहान मृतक श्रेष्ठको जेठा छोरा पृथ्वीनारायण श्रेष्ठको निबासमा उक्त सभा गरिएको हो ।
सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार श्रेष्ठ र प्रधानाध्यापक श्यामकुमार मगर र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठ, शिक्षक शिक्षिका, विद्यालयका लेखापाल सन्त श्रेष्ठ र विद्यालयका सहयोगी गिता श्रेष्ठ सहभागी र फूलहरू दिएको थियो । कार्यक्रमको सन्चालन पूर्व विद्यलय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठले गर्नु भएको थियो ।
भावपूर्ण श्रद्धाञ्जली
१९९८/०४/०१
स्वर्गारोहणः-२०८२।०१।०७
स्व. लालकृष्ण श्रेष्ठ
रामेछाप नगरपालिका वडा नं. ५ स्थित श्री जनता माध्यमिक विद्यालय कोलन्जोरका संस्थापक सदस्य तथा पूर्व वि व्य.स. अध्यक्ष लालकृष्ण श्रेष्ठको मिति २०८२ साल वैशाख ७ गतेका दिन ८३ वर्षको उमेरमा भएको असामयिक दुःखद निधनप्रति हामी अत्यन्तै मर्माहत र स्तब्ध भएका छौं। यस दुःखद् घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।
श्यामलाल मगर
प्रधानाध्यापक
केशवकुमार श्रेष्ठ अध्यक्ष
श्री असता माध्यमिक विद्यालय परिवार रामेछाप नगरपालिका रामेछाप