Uncategorized

सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत।, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीहरुको केन्द्रीय संघर्ष समितिघाट सरकारले उठिबास बनाएर उपत्यका र वरिपरि बिभिन्न होन्डीड सेन्टरमा राखेका सुकुम्बासीहरुको अवस्थाका बारेमा हालै अनुगमन गरियो । अनुगमनको क्रममा होल्डीङ सेन्टर यथार्थमा अत्यन्त दयनीय र अत्यन्तै अपमानजनक भएको देखा पर्यो। मुकुम्वासी बस्तीमा डोजर आतक चलाईरहेको समयमा २ जनाले आत्महत्या समेत गरेका छन् । त्यसपछि वास भत्काईदिएकै कारण ४ जनाको मृत्यु भैसकेको छ। होल्डीङ सेन्टरमा बुढाबुढी, वालबालीका, सुत्केरी, नवजात शिशु अत्यन्त कष्टकर र जोखिमपूर्ण अवस्थामा छन्। यी नागरिकको स्वतन्त्रतापूर्वबक बाँच्ने अधिकार सरकारबाटै हनन भएको छ। विवसतापूर्वक नदी किनारमा बसेर गुजरा गरेका…
Read More
जनक्रान्तिको अवधारणा माथि बहस

जनक्रान्तिको अवधारणा माथि बहस

काठमाडौं । वर्तमान बालेन सरकारको विकल्पका लागि सबै कम्युनिस्टहरु एक भएर संघर्षको तयारीमा लाग्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । आइतवार राजधानीको संवाद डबलीमा समाजवादी कम्युनिस्ट पार्टीद्वारा ‘नेपाली जनक्रान्तिको अवधारणा’ विषयक अन्तरक्रियामा वक्ताहरुले बालेन सरकार अमेरिकी कठपुतली रहेकोसमेत आरोप लगाए । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले विशिष्ट भूराजनीतिक अवस्थाको कारण अहिले नेपालको शत्ता र शक्तिको चाबि प्रत्यक्षरुपमा अमेरिकी हातमा पुगेको दबी गरे । “धेरै पहिलेबाटै रवि– बालेनहरु अमेरिकी योजनामा सिंचित रहेछन्, फ्रि तिब्बतवाला गृहमन्त्री छन्, अनि कसरी उत्पीडितहरुको रक्षा हुन्छ” ओलीले प्रश्न गरे । “लेनिन विष्ट जस्ताहरुलाई क्रान्तिविरुद्ध अमेरिकाले उचालिरहेको थियो, सुदन गुरुङ त्यत्रो आरोपबाट सहजै मुक्त गराएर गृहमन्त्रीमा…
Read More
साहित्य

साहित्य

मुटुभित्र पीडाले गर्दा पोल्न थालो मन  के कस्तो हुन थालो देसको शान्ति ऐन देस हाम्रो युद्ध भुमी मैदान बन्दै गयो चारै तिर बाट अब युद्ध सुरु भयो आँखा भरी आउँछ आसु मनमा पीडा पर्दा देसमा शान्ति छैन अब लडाइँले गर्दा  लडाइमा जान भनी काधमा झोला भिरी मरे मर्छु भनीकन युद्ध मैदान तिर छिरी हजारौं देशको जनताले खाय  तातो गोलि  धेरैको ज्यान गयो हिजो यकै शब्द नबोलि गोलिको मुस्लो चारै तिर छुटन थालो कालो देशमा शान्ति ल्याउन खिज्दा रगत बग्न थालो युद्ध कैल्यै सकियन दिन रात गन्दै  धेरै मरे मैदानमा पानी पानी भन्दै लडाइँमा लडदा लड्दै गारो हुन्थ्यो भनी मैदानमा उठनु…
Read More
सुशासन, पारदर्शिता र थिति बसाल्ने एजेन्डामा समानता रहेको छ बर्षमान पुन

सुशासन, पारदर्शिता र थिति बसाल्ने एजेन्डामा समानता रहेको छ बर्षमान पुन

चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच सुशासन, पारदर्शिता र थिति बसाल्ने एजेन्डामा समानता रहेको भन्दै यस्ता विषयमा रास्वपासँग सहकार्य गर्न तयार रहेको बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पुनले नेपाली राजनीतिक परिवर्तनको यात्रा सहज नभएको उल्लेख गर्दै लामो संघर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताए । ‘नेपाली परिवर्तनको कथा सहज छैन । लामो सङ्घर्षपछि यो अवसर प्राप्त भएको हो’, उनले भने । पुनले माओवादी केन्द्र र रास्वपा दुवै स्थापित राजनीतिक निरन्तरताको क्रमभङ्ग गर्दै उदाएका शक्तिहरू भएको उल्लेख गरे । ‘निरन्तरतालाई क्रमभङ्ग गरेर आएका…
Read More

क्रान्तिकारी प्रेस संगठले गर्यो प्रेस बिग्यप्ति जारि

क्रान्तिकारी प्रेस संगठनको तेस्रो राष्ट्रिय भेला २०८३ असार ६ गते ललितपुरको कुपण्डोलमा सम्पन्न भयो । संगठनका संयोजक नारायण पंगेनीको अध्यक्षता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलको प्रमुख आतिथ्यता र प्रेम कडेलको सञ्चालनमा सम्पन्न भएको भेलाले गरेका निर्णयहरु सार्वजनिक जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।१– उद्घाटन सत्रक) महान सहिद कृष्णसेन इच्छुक लगायत जनवादी, समाजवादी तथा राष्ट्रिय मुक्ति आन्दोलनमा अमूल्य जीवनको बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति १ मिनेट मौन धारण गरियो ।ख) प्रमुख अतिथि सीपी गजुरेलले व्यानर पढेर भेलाको उद्घाटन गर्नुभयो । भेलालाई गोविन्द काफ्लेले स्वागत गर्नुभयो । भेलामा प्रमुख अतिथिसहित क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति…
Read More
हेमन्त प्रकाश ओलिको दर्शनशास्त्र को पुस्तक माथि परिचर्चा

हेमन्त प्रकाश ओलिको दर्शनशास्त्र को पुस्तक माथि परिचर्चा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शनको पछिल्लो पुस्तक दर्शनशास्त्रको इतिहासमाथि परिचर्चा सम्पन्न भएको छ । असार ३ गते बुधबार अनामनगरस्थित संवाद डवलीमा सम्पन्न भएको कार्यक्रममा वक्ताहरुले प्रस्तुत पुस्तकमाथि चर्चा गर्दै ऐतिहासिक भौतिकवादी दर्शनको क्षेत्रमा प्रस्तुत पुस्तकमार्फत् लेखक तथा नेता सुदर्शनले ठूलो योगदान पुर्याएको बताएका छन् । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेलले दार्शनिक तथा वैचारिक अध्ययनको खडेरी परेको बेला नेता सुदर्शनको यो पुस्तकले नेपालको कम्युनिस्ट तथा वापमन्थी आन्दोलनमा महत्वपूर्ण खुराकसहित आन्दोलनलाई सही रुपले दिशाबोध गर्ने बताउनु भयो । त्यसैगरी नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपा…
Read More
पूर्णबहादुर खड्कालाई बिनासर्त रिहा गर : महासचिव गौरव

पूर्णबहादुर खड्कालाई बिनासर्त रिहा गर : महासचिव गौरव

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्णबहादुर खड्कालाई महासचिव गौरवद्वारा बिनासर्त तत्काल रिहाई गर्न जोडजाड माग राख्नु भएको छ । पार्टीका महासचिव गौरवले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त माग गर्नु भएको हो । नेता खड्कालाई सिन्धुली जिल्लाको दुधौलीबाट आज दिनको करिब १२ बजे आगामी संसदीय निर्वाचन बहिष्कार कार्यक्रमको प्रचारप्रसारमा दुधौली चोकमा कोणसभा गरी पर्चा वितरणका क्रममा हिँडिरहेको बेला पक्राउ गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महसचिव गौरवले एक प्रेस—वक्तव्यमार्फत जानकारी दिनु भएको छ । प्रेस—वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :
Read More
‘जेन-जी बिद्रोहबाट पाठ सिक्दै क्रान्तिकारीले नयाँ बिद्रोहको तयारी गर्नुपर्छ’

‘जेन-जी बिद्रोहबाट पाठ सिक्दै क्रान्तिकारीले नयाँ बिद्रोहको तयारी गर्नुपर्छ’

काठमाडौं : जेन्जी बिद्रोहबाट पाठ सिक्दै नेपालका कम्युनिस्टहरुले वर्तमान संसदीय व्यवस्थालाई विस्थापनको तयारी गर्नुपर्नेमा वक्ताहरुले जोड दिएक छन् । शक्रबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नौ नम्बर ब्युरोले आयोजना गरेको अन्तरक्रियामा सबै कम्युनिस्ट एक नभए देश युक्रेन बन्नेसमेत चेतावनी दिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव सिपि गजुरेलले देश गम्भीर संकटतिर जान थालेको र त्यसको हल गर्न सबै कम्युनिस्ट एकता, धुर्बिकरण नभए मोर्चाबन्दी गर्नुपर्न बताएका छन् । गजुरेलले आफूहरुले वर्तमान संसदीय व्यवस्थाको विस्थापनका लागि आफूहरुले निकै प्रयास नगरे पनि जेन्जीले पहल लिए पनि त्यसको संस्थागत नहुनु दुर्भाग्य भएको बताए । जेन्जी बिद्रोहको बलबाट प्रधानमन्त्री बनेकी शुसिला कार्कीले क्रान्तिकारीहरुलाई वार्तामा…
Read More
माओवादी केन्द्रबाट ३४ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

माओवादी केन्द्रबाट ३४ जना क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश

घाेराही : साउन १८ मा अन्य पार्टी परित्याग गरी ३४ जना कार्यकर्ताले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला कार्यसमिति दाङले आईतबार आयाेजना गरेको भ्रष्टाचार विराेधी अभियान अन्तरगतकाे पत्रकार भेटघाट कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी कार्यकर्ताहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन् । सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चार नम्बर ब्युराे सेक्रेटरी तथा पाेलिट व्युराे सदस्य समीर केसीले अहिलेकाे संसदीय व्यवस्थाकाे विकल्प नयाँ जनवाद तथा वैज्ञानिक समाजवाद रहेकाे बताउनु भएको छ । देशमा लामाे संघर्ष र बलिदानीबाट नयाँ व्यवस्था स्थापना भएपनि अहिले सिंगाे व्यवस्था अरुकाे कब्जामा पर्दा नेपाली जनताको उत्पीडन अन्त्य हुन…
Read More
श्री जनता मावि कोलन्जोरले गर्यो सस्थापक सदस्य लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा

श्री जनता मावि कोलन्जोरले गर्यो सस्थापक सदस्य लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा

काठमाडौं : रामेछाप नगरपालिका -५ चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित श्री जनता माध्यमिक विद्यालय कोलन्जोरका संस्थापक सदस्य तथा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकृष्ण श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली सभा व्यक्त गरिएको छ । शुक्रबार बिहान मृतक श्रेष्ठको जेठा छोरा पृथ्वीनारायण श्रेष्ठको निबासमा उक्त सभा गरिएको हो । सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवकुमार श्रेष्ठ र प्रधानाध्यापक श्यामकुमार मगर र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठ, शिक्षक शिक्षिका, विद्यालयका लेखापाल सन्त श्रेष्ठ र विद्यालयका सहयोगी गिता श्रेष्ठ सहभागी र फूलहरू दिएको थियो । कार्यक्रमको सन्चालन पूर्व विद्यलय व्यवस्थापन समितिका अध्यक्ष कमलदाश श्रेष्ठले गर्नु भएको थियो । भावपूर्ण श्रद्धाञ्जली १९९८/०४/०१ स्वर्गारोहणः-२०८२।०१।०७ स्व. लालकृष्ण…
Read More