नयाँ प२o८३ असार १९ शुक्रबार १४:२o:ooहोल्डिङ सेन्टरमा रहेका सुकुमवासीको अवस्था नाजुक भएको भन्दै केन्द्रीय संयुक्त संघर्ष समितिले तत्काल उचित व्यवस्थापनको माग गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारद्वारा सुकुमवासीमाथि अमानवीय व्यवहार भइरहेको आरोप लगाउँदै संघर्षको चेतावनी दिएको हो।
समितिले होल्डिङ सेन्टरको अवस्था अत्यन्त दयनीय रहेको दाबी गर्दै सुरक्षित आवास, रोजगारी, जमिन, क्षतिपूर्ति, मृतकका परिवारलाई राहत, बालबालिकाको शिक्षा, निःशुल्क उपचार तथा खानेपानी–सरसफाइको व्यवस्था गर्न माग गरेको छ। साथै विस्थापित परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
संघर्ष समितिले पक्राउ परेका डम्बर तामाङलाई तत्काल रिहा गरी मुद्दा फिर्ता लिनसमेत माग गरेको छ। समितिका नेताहरूले सरकारमाथि दमन र विभेदको आरोप लगाउँदै तत्काल समाधान नभए आन्दोलन चर्काउने चेतावनी दिएका छन्।