नेपाल कम्युनिष्ट पार्टी (बहुमत।, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीहरुको केन्द्रीय संघर्ष समितिघाट सरकारले उठिबास बनाएर उपत्यका र वरिपरि बिभिन्न होन्डीड सेन्टरमा राखेका सुकुम्बासीहरुको अवस्थाका बारेमा हालै अनुगमन गरियो ।
अनुगमनको क्रममा होल्डीङ सेन्टर यथार्थमा अत्यन्त दयनीय र अत्यन्तै अपमानजनक भएको देखा पर्यो। मुकुम्वासी बस्तीमा डोजर आतक चलाईरहेको समयमा २ जनाले आत्महत्या समेत गरेका छन् । त्यसपछि वास भत्काईदिएकै कारण ४ जनाको मृत्यु भैसकेको छ। होल्डीङ सेन्टरमा बुढाबुढी, वालबालीका, सुत्केरी, नवजात शिशु अत्यन्त कष्टकर र जोखिमपूर्ण अवस्थामा छन्। यी नागरिकको स्वतन्त्रतापूर्वबक बाँच्ने अधिकार सरकारबाटै हनन भएको छ। विवसतापूर्वक नदी किनारमा बसेर गुजरा गरेका भूमिहीन, निम्नस्तरको काम गरेर भएपनि जीबीका चलाएका सुकुम्बासीहरु र नजिकको स्कुलमा पठनपाठनकालागि जोहो गरेका उनका बालबालीकाहरु, अहिले सरकारको गैर जिम्मेवार र अमानबिय व्यवहारबाट नारकीय जीवन बिताउन विवस भएका छन्, बालबालीकाको पठनपाठन अन्योलमा छ सुकुम्बासीको भविस्य अन्धकार तिर धकेलीएको छ ।
यो नारकीय जीवन बाहिरी ससारमा नजाबस भनेर सरकारले एकातिर सामाजिक संजालमा उनीहरुको सम्पूर्ण व्यवस्थापन सहि-सलामत गरेको भ्रामक सूचना संप्रेशण गर्दै आएको छ भने होल्डीङ सेन्टरको नाममा चलाईका कैदखानामा भेटघाट गर्न राजनीतिक पाटी, सामाजिक सस्थाहरु र सर्वसाधारणलाई प्रतिबन्ध जस्तै गरिएको छ। त्यहां रहेका पीडित मानिसहरुलाई बाहीर निस्कंदा र भित्र पस्दा गरिने निगरानीमा सख्त कडाई गरिएको छ। पत्रकाग्मम बोल्ने कममा सरकारको फासीवाद विरुद्ध आक्रोस पोख्दा सुकम्बासी डम्बर तामाङलाई गिरफ्तार गरी झूठा मुद्धा लगाउँदै हिरासतमा राखिएको छ। राष्ट्रिय झण्डा बोकेर सिंहदरबार जलाउनेहरु एकातिर सरकारमा असिन भएर देशको झण्डा हल्लाईरहेका छन् भने अर्कोतिर सर्वसाधारण, भूमिहीन, गाम बासबाट बन्चीत सुकुम्बासी माथि डण्डा चलाएका छन् । यो भन्दा निकृष्टि फासीबाद अर्को केही हुन सक्दैन ।
केन्द्रीय संघर्ष समिति सुकुम्बासीको पक्षामा तत्काल गर्नकालागि निम्न कुराहरुको जोडदार माग गर्दछ ।
भूमिहीन सुकुम्बासीलाई तत्काल गास बासको व्यवस्था गर, रोजगारीको व्यवस्था गर, उत्पादनकालागि जमिन उपलब्ध गर।
भत्काईएका छापा, टहरा, र घरहरुको उचित क्षतिपूति उपलब्ध गर।
सरकारी दमन र विस्थापनका कारण मृत्यु भएका व्यक्तिहरुका परिवारलाई उचित राहतको व्यवस्था गर।
गिरफ्तार डम्बर तामाङलाई तत्काल रिहा गर। उनीमाथि लगाईएको झुटा मुद्धाको विरुद्ध उचित क्षतिपूर्ति देउ ।
सुकुम्बासीका वालवालीकाहरुकालागि तत्काल पढ्ने व्यवस्था गर ।
विरामी परेका सुकम्वामीलाई देशका कुनै पनि अस्पतालमा निशुल्क उपचारको व्यवस्था गर।
स्वरोजगार नहुँदा सम्म सबै सकम्बासीकालागि खाने, वस्ने यातायात खर्च उपलब्ध गर
पत्रकार, सामाजिक अभियन्ता र राजनीतिक पार्टीका मानिसहरुलाई सुकुम्बासी भेट्ने छलफल गर्ने व्यवस्था गर
- विस्थापित सुकुम्वासीहरुलाई उचित जमिन उपलब्ध गराई तत्काल जग्गाधनि पूजां । लालपूजों। प्रदान गर
केन्द्रीय संघर्ष समिति
१९ असार २०८३