बिदेशि भूमिमा वर्षौंसम्म काम गरेर आर्जन गरेको सीप र अनुभवलाई आफ्नै देशमा प्रयोग गर्ने उद्देश्यसहित निर्मला तामाङ र गोविन्द गौतम दम्पतीले बार्दली रेस्टुरेन्ट एण्ड फरेस्ट भ्यु होमस्टे सञ्चालनमा ल्याएका छन्।
श्रीमान–श्रीमती दुवैले लामो समयसम्म पाँचतारे होटलमा काम गरी आतिथ्य सेवा, खाद्य परिकारको गुणस्तर, सरसफाइ तथा ग्राहक सेवाको महत्वपूर्ण अनुभव हासिल गरेका थिए। विदेशमा सिकेको सीपलाई नेपालमै प्रयोग गर्दै स्वरोजगार सिर्जना गर्ने र स्वदेशी पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरूले चिलाउनेमा यो रेस्टुरेन्ट तथा होमस्टे स्थापना गरेका हुन्।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिलाउनेको शान्त वातावरणमा रहेको बार्दली रेस्टुरेन्टमा स्थानीय तथा अर्गानिक परिकार, स्वादिष्ट दालभात, खाजा र पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ। यहाँ पुग्ने पाहुनाहरूले स्वादिलो भोजनसँगै आत्मीय सत्कार र हरियाली वनको मनमोहक दृश्यको आनन्द लिन सक्नेछन्।
सञ्चालकद्वयका अनुसार, “विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गरी केही नयाँ गर्ने र स्थानीय युवालाई पनि रोजगारीको अवसर सिर्जना गर्ने हाम्रो लक्ष्य हो।”
आन्तरिक पर्यटकहरूको रोजाइ बन्दै गएको बार्दली रेस्टुरेन्ट एण्ड फरेस्ट भ्यु होमस्टे अहिले पारिवारिक घुमफिर, साथीभाइको जमघट, समूहगत भोजन तथा छोटो बसाइका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।
बार्दली रेस्टुरेन्ट एण्ड फरेस्ट भ्यु होमस्टे
📍 गोकर्णेश्वर–१, चिलाउने, काठमाडौं
📞 सम्पर्क: ९७६५४९०१९१