पुर्ब प्रधानमन्त्री प्रचण्ड लाइ चौलागाईंको मार्मिक पत्र
समाननिय पुर्ब माओवादी अध्यक्ष दय प्रचण्ड ज्यु नमस्कार
तत्कालीन यमाले र माओवादी पार्टी एकता र यकिकरन भएपनि वास्तमा त्यो दस बर्से जनयुद्ध र जन आन्दोलनको सम्पुर्ण प्रप्त उपलब्धि लाई माके कम्पनीले यमालेमा विलय र विलीन गरि माओवाद लाई पतनको दिशामा अगाडि बढाउनु हो भन्ने कुरा प्रमानित गरि सकोको छ। अब यस्को मुल्यांकन इतिहासले निर्ममता पुर्वक धिकार गर्नेछ ।
तथापि तपाईंको नामधारी पाटि नेकपा माओवादीले केन्द्र विघटन गर्नु पहिले छातीमा हात राखेर सहिद परिवार लगायत घाइते योद्धा खाडि मुलुकमा छरिएका हामी जस्ता तपाईंको झोले कार्यकर्ता र आम नेपाली जनताको अगाडि उभिएर यसको जवाफ किन दिन सक्नु भयन कमरेड प्रचण्ड ज्यु?
कमरेड प्रचण्ड अब देखि तपाईं हामी फागुन एक गते लाइ जनयुद्ध दिवस मनाउछौ कि आतंककारी दिवस ? अनि तपाईंको नामधारी पार्टी कार्यालयमा जनयुद्धको महान हस्ती सहिदहरुको तस्बिरले प्रवेश पाउछ या निक्षेद ? जनयुद्धका बेला मर्नु भयका सहिद मरेडहरु लाई राष्ट्रिय सहिद घोषित गरिन्छ या गरिदैन? जनयुद्धको बेलामा प्रतिपक्षबाट सुराकी लगाइ हत्या गरिएका सहिदका छोराछोरीले के सुर्य चिन्हमा मतदान गर्न मानेनन् भने कस्तो प्रकारको कारबाही हुन्छ ?
बेचिरहेका नदिनाला रास्ट्रघाति सम्झौता खारेज विरुद्ध आन्दोलन गरि राष्ट्रबादी सुचीमा सर्छ कि सर्दैन कमरेड प्रचण्ड ।जनयुद्ध ताक प्रचण्ड यौटा छबिलाल प्रचण्ड राफ ताप थिय आझ आयर प्रचण्ड यौटा जनयुद्धको ब्रान्डमा परिनत भयो ।हिजोको दश बर्से जनयुद्ध र जन आन्दोलन तपाइकै आदेशमा भएको थियो आज आयर तेहि दश बर्से जनयुद्ध र जन आन्दोलनमा बलिदान गरेका सहिदको जिम्मा कुन बिदेशी दलाल ढेगेदार लाई जिम्मा लगायर यमालेमा जानु भयो कमरेड? प्रचण्ड भन्ने कम्पनी (‘ब्राण्ड’ )आज आयर बिदेशी दलाल यजेन्टहरुको हातमा धरौटी दिदै विलीन हुनुभयो ?
इतिहासले कठोर सजाय अब पिके कम्पनी प्रचण्ड लाई दिने छ तो सजाय भोग्न प्रचण्ड आफै बाध्य हुन्ने छन आज आयर बिदेशी दलालहरुको आडमा, सत्ता र कुर्सीको भरमा,आफ्नो अनगिन्ती अकुत सम्पतिको लोभमा हिजोको दश बर्से जनयुद्ध र जन आन्दोलन यो देशको जनता लाई घात गरेपनि समयले हजुर लाई एउटा जटिल कठघरामा उभ्याउनेछ ।
जब तपाईंले गल्ती त्यतिबेला महसुस गर्नुहुने छ अनि तेतिबेला न अगाडि न पछाडि फर्किने पुल हुनेछ तपाईंको लागि अगाडि बढ्ने कुनै अवसरको भर्याङ बाकी हुने छैन, र तपाईंको भैतिक सम्पत्ति र तपाईंको सुरक्षामा कोहि हुने छौन जनयुद्धताका बलिदान गर्ने महान हस्ति र घाइतेको परिवारले एक दिन तपाईलाई जनताको जन अदालतमा उपस्थित गराइ छाडने छ तेति बेला तपाईंले कुनै आम माफी पाउनुहुने छैन भन्दै बिदा मागे कमरेड प्रचण्ड ज्यु ।
नकुल चौलागाईं