नकुल चौलागाई

31 Posts
बिदेशको अनुभव आफ्नै देशमा: श्रीमान–श्रीमतीले सुरु गरे बार्दली रेस्टुरेन्ट एण्ड फरेस्ट भ्यु होमस्टे

बिदेशको अनुभव आफ्नै देशमा: श्रीमान–श्रीमतीले सुरु गरे बार्दली रेस्टुरेन्ट एण्ड फरेस्ट भ्यु होमस्टे

बिदेशि भूमिमा वर्षौंसम्म काम गरेर आर्जन गरेको सीप र अनुभवलाई आफ्नै देशमा प्रयोग गर्ने उद्देश्यसहित निर्मला तामाङ र गोविन्द गौतम दम्पतीले बार्दली रेस्टुरेन्ट एण्ड फरेस्ट भ्यु होमस्टे सञ्चालनमा ल्याएका छन्।श्रीमान–श्रीमती दुवैले लामो समयसम्म पाँचतारे होटलमा काम गरी आतिथ्य सेवा, खाद्य परिकारको गुणस्तर, सरसफाइ तथा ग्राहक सेवाको महत्वपूर्ण अनुभव हासिल गरेका थिए। विदेशमा सिकेको सीपलाई नेपालमै प्रयोग गर्दै स्वरोजगार सिर्जना गर्ने र स्वदेशी पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले उनीहरूले चिलाउनेमा यो रेस्टुरेन्ट तथा होमस्टे स्थापना गरेका हुन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण चिलाउनेको शान्त वातावरणमा रहेको बार्दली रेस्टुरेन्टमा स्थानीय तथा अर्गानिक परिकार, स्वादिष्ट दालभात, खाजा र पारिवारिक वातावरणमा गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ।…
Read More
नेपालमा कम्युनिस्ट आन्दोलन किन रक्षात्मक अवस्थामा पुग्यो र कम्युनिस्ट पार्टीहरू किन फुटिरहेका छन्?

नेपालमा कम्युनिस्ट आन्दोलन किन रक्षात्मक अवस्थामा पुग्यो र कम्युनिस्ट पार्टीहरू किन फुटिरहेका छन्?

नेपालको कम्युनिस्ट आन्दोलनले लामो संघर्ष, जनआन्दोलन र राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको छ। तर, पछिल्ला वर्षहरूमा यो आन्दोलन रक्षात्मक अवस्थामा पुगेको देखिन्छ भने कम्युनिस्ट पार्टीहरू बारम्बार विभाजित हुने क्रम जारी छ। यो अवस्थाको सही विश्लेषण गर्न वैचारिक, संगठनात्मक, राजनीतिक र सामाजिक पक्षलाई सँगसँगै हेर्नु आवश्यक हुन्छ। ​वैचारिक तथा मार्क्सवादी दृष्टिकोण ​मार्क्सवादी दृष्टिकोणअनुसार आन्दोलन कमजोर हुनुको प्रमुख कारण सिद्धान्त र व्यवहारबीचको बढ्दो दूरी हो। वर्गसंघर्ष, श्रमिक–किसानको नेतृत्व र समाजवादी रूपान्तरणको मूल लक्ष्यभन्दा संसदीय सत्ता, चुनावी प्रतिस्पर्धा र सरकार सञ्चालनमा बढी केन्द्रित हुँदा आन्दोलनको क्रान्तिकारी चरित्र कमजोर भएको तर्क गरिन्छ। पार्टीहरूमा बढ्दो संशोधनवाद, अवसरवाद र व्यक्तिवादी प्रवृत्तिका कारण पनि आन्दोलन रक्षात्मक बनेको…
Read More
लालभूमि यो, रक्तभूमि हो बढ्छ, अघि बढ्छ

लालभूमि यो, रक्तभूमि हो बढ्छ, अघि बढ्छ

लालभूमि यो, रक्तभूमि हो बढ्छ, अघि बढ्छ लाल–लालभूमि हो यो बुझ रक्तिभूमि होहजारौँ वर्षदेखि लडिरहेको तप्तभूमि होविचार, हिम्मत, शौर्य लाल, आदर्श छ लालयही लाल आन्दोलन, प्रतिक्रान्तिको हो काल ! कृष्णलाल–गङ्गालाल–पुष्पलाल हुन् लालशिवलाल–चन्द्रलाल–भक्तलाल हुन् लालरुकेनन् ती कहिल्यै–कहिल्यै झुकेनन् ती कहिल्यैअन्यायसँग पौँठेजोरी खेलिरहे ती जहिल्यै ! नाम मात्र होइन, यिनको काम झनै लाल–लालनिरङ्कुशताका विरुद्धमा जीवन अर्पिने लालदेशका भलो खातिर लड्ने महान् यी वीर लालजनमुक्तिका लागि लड्ने हाम्रा महान् लाल ! मालेमाको विचार दिने अन्तर्राष्ट्रिय लालजनतामा त्यो लागू गर्ने हाम्रा प्रिय लालमकैसँगै क्रान्ति रोप्ने हाम्रै कृष्णलालहाँसीहाँसी प्राण आहुत गर्ने यिनै गङ्गालाल ! तानाशाही ढाल्न हिँडेका प्रिय पुष्पलालअत्याचारसँग जुध्दै बलिदान दिने लालसमानता र न्यायको…
Read More
कम्युनिस्ट पार्टिहरुले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन

कम्युनिस्ट पार्टिहरुले गरे पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन

रातोपाटी संवाददाता रातोपाटी :गण्डकी प्रदेशमा क्रियाशील कम्युनिस्ट/वामपन्थी शक्तिले पुष्पलाल मार्क्सवादी विश्वविद्यालयलाई समर्थन जनाउँदै यथासम्भव छिटो देशभर प्रभावकारी बनाउन सुझाव दिएका छन् ।मार्क्सवादी विचार र कम्युनिस्ट आन्दोलनमाथि चौतर्फी आक्रमण भइरहेको समयमा विश्वविद्यालयको अवधारणा सान्दर्भिक र महत्वपूर्ण रहेको भन्दै यसको सफल कार्यान्वयनका लागि जोड दिइएको छ ।पुष्पलालको १०३औँ जन्मदिवसको सन्दर्भ पारेर पोखरामा आयोजित गोष्ठीमा विभिन्न कम्युनिस्ट पार्टीका नेताहरूले विश्वविद्यालयको सम्भावना र चुनौतीबारे चर्चा गरेका छन् ।पोखरा । पुष्पलाल मार्क्सवादी विश्वविद्यालयको आयोजना र समाजवादी कम्युनिस्ट पार्टी नेपाल तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको सहयोगमा पोखरामा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालयःसम्भावना र चुनौती’ विषयक बृहत् विचारगोष्ठीमा गण्डकी प्रदेशमा क्रियाशील नेपालका सम्पूर्ण कम्युनिस्ट/वामपन्थी शक्तिले समर्थन…
Read More
प्रकाश दाहालको गाउ बनाउने हुटहुटी

प्रकाश दाहालको गाउ बनाउने हुटहुटी

गाउँको अनुभुती= प्रकाश दाहाल जीवनमा धेरै ठाउँ घुम्ने अवसर पाएँ। अहिलेसम्म नेपालको ५० भन्दा बढी जिल्ला घुमिसकेको छु। तीमध्ये केही जिल्ला विकासका हिसाबले निकै अगाडि बढिसकेका छन् भने केही अझै पनि पछाडि परेका छन्। ती सबै ठाउँसँग तुलना गर्दा मेरो गाउँ चौंरीदेउराली प्राकृतिक सौन्दर्य, शान्त वातावरण र बसोबासका लागि अत्यन्त उपयुक्त गाउँपालिका हो। यहाँको भूगोल, हरियाली र स्वच्छ वातावरण साँच्चै लोभलाग्दो छ। तर आज यही सुन्दर गाउँ छोडेर जानेहरूको लर्को देख्दा मन निकै दुःखी हुन्छ। पहिले सीमित समस्या वा व्यक्तिगत कारणले केही मानिस मात्र गाउँ छोड्थे, तर पछिल्लो समय गाउँ छोड्नु धेरैको बाध्यता बनेको देखिन्छ। गाउँमा घर छन्, तर घरमा…
Read More
पुर्ब प्रधानमन्त्री प्रचण्ड लाइ खुल्ला पत्र

पुर्ब प्रधानमन्त्री प्रचण्ड लाइ खुल्ला पत्र

पुर्ब प्रधानमन्त्री प्रचण्ड लाइ चौलागाईंको मार्मिक पत्र समाननिय पुर्ब माओवादी अध्यक्ष दय प्रचण्ड ज्यु नमस्कारतत्कालीन यमाले र माओवादी पार्टी एकता र यकिकरन भएपनि वास्तमा त्यो दस बर्से जनयुद्ध र जन आन्दोलनको सम्पुर्ण प्रप्त उपलब्धि लाई माके कम्पनीले यमालेमा विलय र विलीन गरि माओवाद लाई पतनको दिशामा अगाडि बढाउनु हो भन्ने कुरा प्रमानित गरि सकोको छ। अब यस्को मुल्यांकन इतिहासले निर्ममता पुर्वक धिकार गर्नेछ । तथापि तपाईंको नामधारी पाटि नेकपा माओवादीले केन्द्र विघटन गर्नु पहिले छातीमा हात राखेर सहिद परिवार लगायत घाइते योद्धा खाडि मुलुकमा छरिएका हामी जस्ता तपाईंको झोले कार्यकर्ता र आम नेपाली जनताको अगाडि उभिएर यसको जवाफ किन दिन…
Read More
सुकुमवासीको तत्काल उचित व्यवस्थापन गर्न माग

सुकुमवासीको तत्काल उचित व्यवस्थापन गर्न माग

नयाँ पत्रिका,  नयाँ प२o८३ असार १९ शुक्रबार १४:२o:ooहोल्डिङ सेन्टरमा रहेका सुकुमवासीको अवस्था नाजुक भएको भन्दै केन्द्रीय संयुक्त संघर्ष समितिले तत्काल उचित व्यवस्थापनको माग गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सरकारद्वारा सुकुमवासीमाथि अमानवीय व्यवहार भइरहेको आरोप लगाउँदै संघर्षको चेतावनी दिएको हो। समितिले होल्डिङ सेन्टरको अवस्था अत्यन्त दयनीय रहेको दाबी गर्दै सुरक्षित आवास, रोजगारी, जमिन, क्षतिपूर्ति, मृतकका परिवारलाई राहत, बालबालिकाको शिक्षा, निःशुल्क उपचार तथा खानेपानी–सरसफाइको व्यवस्था गर्न माग गरेको छ। साथै विस्थापित परिवारलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा)उपलब्ध गराउन पनि आग्रह गरिएको छ। संघर्ष समितिले पक्राउ परेका डम्बर तामाङलाई तत्काल रिहा गरी मुद्दा फिर्ता लिनसमेत माग गरेको छ। समितिका नेताहरूले सरकारमाथि दमन…
Read More
ओडा नम्बर ३ को काम अब नया भवन बाट सुरु

ओडा नम्बर ३ को काम अब नया भवन बाट सुरु

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका–३, माझीफेदास्थित वडा कार्यालय अबदेखि नवनिर्मित आधुनिक भवनबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। यसअघि वडा कार्यालयले पुरानो गाविस भवनमार्फत स्थानीय नागरिकलाई सेवा प्रदान गर्दै आएको थियो। वडा अध्यक्ष चित्रप्रसाद चौंलागाईंका अनुसार नयाँ भवनमा कार्यालय स्थानान्तरण भएसँगै सम्पूर्ण प्रशासनिक तथा स्थानीय सरकारी सेवाहरू अब यही सुविधासम्पन्न संरचनाबाट नियमित रूपमा सञ्चालन गरिनेछ। उहाँले नयाँ भवनले सेवा प्रवाहलाई थप व्यवस्थित, सहज र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। नवनिर्मित भवन सञ्चालनमा आएसँगै जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, नागरिकता सिफारिसलगायतका अत्यावश्यक स्थानीय सरकारी सेवाहरू एकै स्थानबाट सहज रूपमा उपलब्ध हुने भएका छन्। यसले सेवाग्राहीलाई लामो समयदेखि…
Read More
सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

सरकारले सुकुमबासी बस्ति माथि गरेको ज्यादती बारे चार कम्युनिस्ट पार्टिको प्रेस बिग्यप्ति।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत।, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र नेपाल कम्युनिष्ट पार्टीहरुको केन्द्रीय संघर्ष समितिघाट सरकारले उठिबास बनाएर उपत्यका र वरिपरि बिभिन्न होन्डीड सेन्टरमा राखेका सुकुम्बासीहरुको अवस्थाका बारेमा हालै अनुगमन गरियो । अनुगमनको क्रममा होल्डीङ सेन्टर यथार्थमा अत्यन्त दयनीय र अत्यन्तै अपमानजनक भएको देखा पर्यो। मुकुम्वासी बस्तीमा डोजर आतक चलाईरहेको समयमा २ जनाले आत्महत्या समेत गरेका छन् । त्यसपछि वास भत्काईदिएकै कारण ४ जनाको मृत्यु भैसकेको छ। होल्डीङ सेन्टरमा बुढाबुढी, वालबालीका, सुत्केरी, नवजात शिशु अत्यन्त कष्टकर र जोखिमपूर्ण अवस्थामा छन्। यी नागरिकको स्वतन्त्रतापूर्वबक बाँच्ने अधिकार सरकारबाटै हनन भएको छ। विवसतापूर्वक नदी किनारमा बसेर गुजरा गरेका…
Read More
आमा नहुनेहरुमा समर्पित कविता

आमा नहुनेहरुमा समर्पित कविता

आमा बिनाको जीवन हुन्छ मरेतुल्य !!!!! १•दु:ख हुँदो रैछ हजुर आमा बिनाको चोलाआमा भाको भय देखि धेरै माया गर्थिन होलातिर्खा लाग्दा सम्झी दिन्थिन के खान्छौ भन्दैजीवन यात्रा गार्‍हो भयो दिन रात गन्दै २•दुख सारै पर्दा हुन्छ छाती रोपे झै छुरालेमेरि आमालाइ चुडेर लग्यो तो पापी दैबलेअभागी रैछु म आफै भाग्य चिरेकोआमाको यादमा मेले अनगिन्ती आँसु भिरेको ३•दुख छ आमा तिमिलाइ देख्न नपाईपापी दैबले चुडेर लग्यो ती मेरि आमालाईगित गाउदै बोलाउछु आमा यात्राको बेलामाकेही कुरा थाहा छौन दैबले चुडी लादामा ४•घुडाटेकी हिड्न नपाई त्यागी दियौ मलाईदुखै दुःख गरि बित्दै छ भित्री मन जलाइआमा हजुरले छोडी गयौ म अभागी लाईमाया दिन सकिन…
Read More