जन बिहानी

1502 Posts
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दियाे कृष्णवाला श्रेष्ठप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले दियाे कृष्णवाला श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाण्डौ : लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिको सदस्य भक्तपुर निवासी कृष्णवाला श्रेष्ठप्रति क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय प्रवक्ता सुदर्शनले भाद्र १२ गते एक शोक वक्तव्य प्रकाशित गर्दै पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ । कृष्णवालाको २०८१ साल भाद्र १२ गते बिहान ५ बजे ८२ वर्षको उमेरमा असामयिक निधन हुन पुगेको छ । शोक वक्तव्यमा कृष्णवाला क्रान्तिकारी आन्दोलनमा संधै सक्रिय र निष्ठावान रहने गरेको कुरा जनाईएको छ । शोक वक्तव्यको पूर्णपाठ यसप्रकार रहेको छ – “ क्रान्तिकारी कम्युनिष्ट…
Read More
एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक सम्पन्न : २० गते पत्रकार सम्मेलन गर्ने, प्रचार प्रसारलाई व्यापक बनाइने

एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक सम्पन्न : २० गते पत्रकार सम्मेलन गर्ने, प्रचार प्रसारलाई व्यापक बनाइने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको मंसिर १३ देखि २३ सम्म गरिने एकता महाधिवेशनको प्रचार प्रसारलाई व्यापक बनाउने तयारी गरिएको छ । महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न पार्टीको एकता महाधिवेशन प्रचार प्रसार समितिको जुम बैठक बुधबार साँझ सम्पन्न भएको छ ।समितिका संयोजक रामसिंह श्रीसको अध्यक्षतामा भएको बैठकमा पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली लगायत २२ जना नेताहरुको उपस्थिति रहेको थियो । बैठकले भदौं २० गते काठमाडौंमा पत्रकार सम्मेलन गर्ने, भदौ मसान्तसम्ममा झापाको काँकडभिट्टा, मोरङको जोगमुनी, सुनसरीको इटहरी, रसुवाको रसुवागढी, पर्साको वीरगञ्ज, रुपन्देहीको सुनौली, कृष्णनगर, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर, मुस्ताङको कोरला, काभ्रेको साँगा, काठमाडौंको नाकढुंगा, ललितपुरको कुलेखानी, एअरपोर्ट लगायतका स्थानमा होल्डिङ…
Read More
अस्पत्तालको लापरवाहीको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन

अस्पत्तालको लापरवाहीको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवन

चितवन : चितवन भरतपुर महानगरपालिका वडा नं. १०मा रहेको भरतपुर सरकारी अस्पत्तालमा गरिएको लापरवाहीका कारण एक विरामीको मृत्यु भएको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनव्दारा प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ । प्रेस विज्ञप्तीमा उक्त अस्पत्तालभित्र मौलाई रहेको भ्रष्टाचार र विचौलीयाको विगविगी हटाउन र त्यस्ता गतिविधिका कारण विरामीले अनाहकमा मृत्यु बरण गर्न परेका वाध्यतामाथि छानवीन गर्न सरकारसँग जोडदार माग गर्दै निम्न विज्ञप्ती प्काशित गरिएको छ :
Read More
गन्ध

गन्ध

लेखक : कृष्णभक्त महजर्जन कतै गन्ध क्रान्तिको छ कतै गन्ध प्रतिक्रान्तिको छ जुट्ने फुटने लुटने गन्धहरु पुराणको कथामा पिगलाको स्वभावको वेदको कथामा व्यासको चित्रको कम्युनिस्टको कथामा माओको चरित्रको दर्शनमा सिद्धान्तमा विचारमा लोकराज नभएपछी धुन्धुकारीहरु मष्ट गर्छ हसिया हथैडामा खिया लाग्यो सुर्यमा ग्रहण लाग्यो रुखमा धमिरा लाग्यो क्रान्तिको नाउमा प्रतिक्रान्तिको ज्वालामुखी फुटाउने कुल देवि कुल देवले ज्ञानको भण्डारमा अज्ञानको पोको थुपार्छ जनता जनार्धन श्रीलंकामा हेर बगलादेशमा हेर महादेवले त्रिनेत्र उघारी सत्ताधारी नेतृत्वमाथी धावा बोलेको बेला भयो प्रतिक्रान्ती विरुद्ध क्रान्तिकारीहरु गाउँ गाउबाट उठ वस्ती वस्तीबाट उठ प्रतिक्रान्ति गन्धहरुमा धावा बोल्न.....
Read More
यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम…
Read More
कमरेड पुष्पलालको सम्मानमा ऊर्जाशील कविता वाचन कार्यक्रम

कमरेड पुष्पलालको सम्मानमा ऊर्जाशील कविता वाचन कार्यक्रम

काठमाण्डौ: कमरेड पुष्पलालको जन्म शत वार्षिकीको सन्दर्भमा उहाँको सम्मानमा नवज्योति मा.वि.मा आयोजित कविता वाचन कार्यक्रम भदौ ८ गते सम्पन्न भयो।विभिन्न स्थापित नवोदित कविहरुले ऊर्जाशील कविता वाचन गर्र्दै र कमरेड पुष्पलालप्रति सम्मान गर्दै देश र समाजमा विद्यमान र विकसित विकृति, विसंगति र विचलनमाथि गम्भीर प्रहार गरेका थिए ।कार्यक्रमको आयोजना कमरेड पुष्पलाल जन्म शत वार्षिकी राष्ट्रिय समारोह समितिका संयोजक कमरेड शिवप्रसाद भटराईको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्षताको आसनबाट बोल्नु हुँदै कमरेड भटराई आज जुन कविता कविहरुले वाचन गर्नु भयो त्यसमा अन्याय, अत्याचार, असन्तुष्टी, अवसरवाद विरुद्ध कटाक्ष गरिएको छ र विद्रोह र आन्दोलनको माग गरिएको छ । यही कुरा कमरेड पुष्पलालले समग्र…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुर कावासोतीकाे नगर एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुर कावासोतीकाे नगर एकता अधिवेशन सम्पन्न

कावासोती : क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपाल नवलपुर जिल्ला अन्तरगत कावासोती नगरको नगर एकता अधिवेशन साउन ६ गते २०८१ का दिन भव्यताको साथ सम्पन्न भएको छ ।रक्तिम हर्केको सञ्चालन तथा सितलको अध्यक्षता ,शहिदहरुको सम्मानमा १मिनेट मौन धारण पछि दुर्गा अधिकारीको स्वागत मन्तव्य पश्चात् केन्द्रीय सचिवालय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज अनुकूलले यानर पढेर नगर एकता अधिवेशनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा मिलनले केन्द्रीय सर्कुलर वाचन गर्नु भएको थियो भने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक प्रतिक्रियावादी जन विरोधि भ्रष्ट सरकार एवम् कहालीलाग्दो देशको अवस्था ,बाढीपहिरो आदिबारे प्रष्टाउदै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण तथा पार्टी एकताको महत्त्वबारे प्रकाश पारेका थिए । मिलनले…
Read More
प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग बन्द गर

प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग बन्द गर

काठमाण्डौ : प्यालेष्टाइनमाथि इजरयलले गरिरहेको जातीय नरसंहारलाई अमेरिकी सहयोग जारी छ ।यो सहयोगलाई तत्काल बन्द गर्नुपर्ने माग राख्दै आयरल्याण्डको राजधानी डब्लिनस्थित बर्नाडो स्क्वायरमा प्रर्दशन भएको छ । स्वतन्त्र प्यालेष्टाइनको पक्षमा तथा इजरायली आक्रमणको विरोधमा सो प्रदर्शन भएको हो । आयरल्याण्ड प्यालेष्टाइन सोलिडारिटी क्याम्पइनले सो कार्याक्रमको आयोजना गरेको हो । प्रदर्शनकारीहरुले अमेरिकी हतियार गाजा क्षेत्रमा नरसंहारकोलागि प्रयोग भैरहेको बताउँदै अमेरिकाले इजरायललाई हतियार सहयोग गर्न बन्द गर्नुपर्नेकुरामा जोड दिएका छन् । प्यालेष्टाइनमाथि अमेरिकी सहयोगमा निरन्तर आक्रमण भैरहेको दश महिला भैसकेको छ ।गत वर्षको अक्टोबर सातदेखि निरन्तर रुपमा आक्रमण जारी रहेको छ। यो आक्रमणमा परी प्यालेष्टाइनी भूभाग र यहाँको भौतिक संरचना ध्वस्त हुन…
Read More
माक्र्सवादी दर्शन र यसको विकास

माक्र्सवादी दर्शन र यसको विकास

माक्र्सवाद एक वैज्ञानिक दर्शन, राजनीति अर्थशास्त्र र सच्चा क्रान्तिकारी समाज निर्माणको विज्ञान हो । यसले जीवन र जगतलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आधारमा हेर्ने, बुझ्ने र व्याख्या गर्दछ । माक्र्सवादले संसारलाई जस्तो छ त्यस्तै बुझ्ने बुझाउने र परिवर्तन गर्ने काम गर्दछ । प्रकृति समाज राज्य व्यवस्थाका बारेमा कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले गरेको महान् खोज र प्रयोगद्वारा बनाइएको वैज्ञानिक तथ्य तथा क्रान्तिकारी विचार, सिद्धान्त र व्यवहारको संयुक्त योगलाई माक्र्सवाद भनिन्छ । माक्र्सवादको उदय हुनुभन्दा पूर्वका प्रगतिशील विचारधाराहरुले अगाडि सारेका वैचारिक उपलब्धीहरुलाई पनि माक्र्सवादले समेटेर आफ्नो दृष्टिकोण अगाडि सारेको छ । सन् १७८९ को फ्रान्सेली राज्य क्रान्ति पहिलो पूँजीवादी क्रान्ति थियो…
Read More
युएई नेपाली एकता समाजको विगत र यसको भूमिका

युएई नेपाली एकता समाजको विगत र यसको भूमिका

संयुक्त अरब ईमिरेट्स नेपाली एकता समाजको स्थापना भएको पनि २६ वर्ष पुगिसकेको छ । यसको स्थापना गर्दा १९९८ मा तुलसीराम खनाल अध्यक्ष र कृष्ण भूसाल महासचिव रहने गरी ५ सदस्यीय समिति बनाइएको थियो । यो संगठन सुरुमा अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहने गरी स्थापना भएको थियो । २००१ जनवरी महिनामा भेला गर्ने निर्णय समाजले गरेको थियो । २००१ जनवरी अन्तिमतिर यसको प्रथम भेला गरियो । युएई छुट्टै देश भएकोले अखिल भारत नेपाली एकता समाज अन्तरगत रहेर काम गर्नु अप्ठ्यारो हुने भएकोले युएई नेपाली एकता समाज केन्द्रीय समिति बेग्लै हुने र युएईव्यापी संगठन विस्तार गर्ने निर्णय गर्दै मानबहादुर थापा…
Read More