पार्टीका पत्रपत्रिकाहरुले के गर्न हुन्छ, के गर्नु हुँदैन ?
लेनिन३६ . पार्टीले अथक परिश्रम गरेर कम्युनिष्ट पत्र पत्रिकाहरुको विकास गर्र्नु पर्दछ । कुनै पनि पत्रिकाले जबसम्म आफूलाई पार्टीको मातहतमा राख्दैन ,तबसम्म त्यसपत्रिकालाई कम्युनिष्ट मुख पत्रका रुपमा मान्यता दिन सकिँदैन । पार्टीले धेरै पत्रिका प्रकाशित गर्नुको सट्टा राम्रा पत्रिका प्रकाशित गर्ने तर्फ बढी ध्यान दिनुपर्छ । प्रत्येक कम्युनिस्ट पार्टीसँग एउटा अति नै राम्रो र सम्भव भएसम्म त दैनिक केन्द्रीय मुखपत्र नै हुनुपर्दछ ।३७.एउटा कम्युनिस्ट पत्रिका कुनै पनि अवस्थामा पुँजीवादी प्रतिष्ठान बन्नु हुँदैन । जस्तो – वुर्जुवा पत्रिका र धेरै जसो समाजवादी पत्रिकाहरु बन्दछन् । हाम्रा पत्रपत्रिकाहरु विभिन्न किसिमका पुँजीवादी ऋण –संस्थाहरुबाट स्वतन्त्र वा टाढा नै रहनुपर्दछ , विज्ञापन बटुल्न सक्ने…