दक्षिण भोपाल नगर सम्मेलन सम्पन्न

भारत : अखिल भारत नेपाली एकता समाज दक्षिण भोपाल नगरको १७ औ सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। २८ दिसेम्बर २०२५ मा अखिल भारत नेपाली एकता समाज दक्षिण भोपाल नगर सम्मेलन सम्पन्न भएको हो । सम्मेलन बिभिन्न खाले मुक्तिआन्दोलनका ज्ञात–अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धांजली अर्पित गर्दै सुरु गरिएको थियो । तीन सदस्य अध्यक्षमण्डल विष्णु रानाभाट, पूनम हमाल र सकिला थापा रहनु भएको भव्य उद्घाटन समारोहलाई संचालन समितिका सल्लाकार नरेश थापाले गर्नु भएको थियो ।

सम्मेलनमा शब्दद्वारा गीता थापाले स्वागत गर्नु भएको थियो भने गीतबाट जागृति सांस्कृतिक टोलीले स्वागत गरेको थियो । १७औ सम्मेलनलाई संगठनका केन्द्रीय उपाध्यक्ष एमंबी हमालले दीपक प्रज्वलित गर्दै नगर सम्मेलन उद्घाटन गर्नु भयो । वहाले आफ्नो मन्तव्यमा भारत स्थित प्रवासी र आप्रवासी नेपालीहरुको स्थितिबारे र भारतमा नेपालीहरुको संगठनको औचित्य र आवश्यकताबारे अन्य नेपाली संगठनको स्थिति बारेमा आफ्नो भनाई राख्नु भएको थियो । नेपालको असाधरण राजनीतिक तरलता र जेन जेड विद्रोह त्यसको जिम्मेवार यथास्थितिवादीहरुको कुशासन भ्रष्टाचार अनयमितता नै हो भन्न्े भनाइ राख्नुभएको थियो । जेन जेड विद्रोहपछि देशमा विदेशी शक्तिकेन्द्रको कठ्पुतली सरकार सुशिला कार्कीको नेतृत्वमा बनेको छ र यसले जनताको जल्दाबोल्दा समस्यालाई संवोधन गर्न नसक्ने बताउनु भयो । उहाँले स्वाधीन संयुक्त सरकार गठन गर्दै जनगणतन्त्रको यात्रामा अगाडि बढ्दा मात्र जनताको अवस्था परिवर्तन हुने दावी गर्नुभयो । वरिष्ठ सल्लाकार नरेश थापाले प्यानल घोषणा गर्नु भएको थियो । प्यानल प्रस्ताव ध्वानिमत बाट पारित गरिएको थियो । सम्मेलनले ११ सदसीय दक्षिण भोपाल नगर समिति गठन गरेको छ । जसमा अध्यक्ष विष्णु रानाभाट, उपाध्यक्ष राम बहादुर गिरी, सन्तोष थापा सचिव गीता थापा, सह सचिव प्रिती क्षेत्री, कोषाध्याक्ष सृजना मुखिया, सदस्यहरुमा मनिता थापा, राधिका गुरुङ, मीना थापा, दुर्गा परियार र गीता थापा रहनु भएको छ ।

नव निर्वाचित समितिलाई बधाई एवं कार्यकाल सफलताको शुभ कामना पूनम हमाल, सकिता थापा , रेश्मा थापाले दिनु भएको थियो । त्यस पछि जागृती सांस्कृतिक टोलीद्वारा रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । अध्यक्ष मण्डलका विष्णु रानाभाट कार्यक्रमको समापन गर्नु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?